सोनीका संग अन्तर्वार्तामै डाको छोडेर रोएका गायकलाई जुट्यो दुर्गेश थापा संग काम गर्ने अवशर
वाओ नेपाल टिभी को अन्तर्वार्ता मा अवशरको लागि डाको छोडेर रोएका कलाकार लाइ कामको अवशर जुरेको छ । लोकप्रिय मोडल एबं गायक दुर्गेश थापा ले उनि संग सहकार्य गर्ने कुरा जनाएका छन् ।
भनिन्छ ‘हिड्ने मान्छे लड्छ’ । लडेपछी उठ्दाको सफलताले आनन्द प्राप्त हुन्छ । यस्तै भएको छ अहिले सन्तोष परियारलाई । सनै देखि गीत गायनमा निकै रुचि भएका सन्तोषले युट्युब च्यानल ‘वाउ नेपाल’मा मा सोनिका संग अन्तरबार्ता गरेपछि सफलताको स्वाद चाख्न थालिसकेका छन् । निकै नै मिठो स्वर भएका उनी अन्तरबार्तामा आफ्नो दुख र जिन्दगिका ठक्करहरु सम्झिदै सुनाउदै धुरुधुरु रोएका छन् ।
हेर्नुस् सोनिकाले सन्तोष संग लिएको अन्तरबार्ता ।
सबैलाई भावुक बनाउने उनको जीवन कहानीले सो अन्तरबार्तामा सोनिकाको प्रस्तुतीकरणमा पनि परिवर्तन आएको देख्न सकिन्छ । वाउ नेपालबाट यो अन्तरबार्ता सार्बजनिक भएपछि लोक गायन बिधाका चर्चित गायक तथा मोडल दुर्गेश थापाले सन्तोषलाई ‘हातका मैला सुनका थैला’ बोलको गीत गाउने अवसर दिएका छन् । अब सन्तोषको जिन्दगीमा रेकर्ड भएर सार्बजनिक हुने यो पहिलो गीत हुनेछ ।
हेर्नुस् दुर्गेश थापाले उनलाई अवसर दिएपछि सार्बजनिक गरेको भिडियो ।
बुटवल घर भएका सन्तोष बिबाहित हुन् । जिन्दगीको लामो यात्रा पार गरेका उनी ४१ बर्ष पुगिसकेका छन् । यो ४१ बर्षे यात्रामा साङितिक यात्राका ठक्करहरु उनिमाथी धेरै छन् । सपना पूरा गर्न हिड्ने क्रममा उनले गीत रेकर्डिङ स्टुडियोबाट समेत नमज्जाको धोका खाए । आफ्नि जीवन संगीनले गहना समेत बेचेर गीत रेकर्ड गर्न पैसा जुटाइदिएकि थिइन् । तर त्यो सबै पैसा संगीतका दलालहरुले खाईदिए पछि अहिलेसम्म उनले श्रीमतिलाई गहना किन्दिन सकेका छैनन् । उनी भाग्य भन्दा पनि आफ्नो प्रतिभा माथी धेरै बिश्वास राख्छन् । यसैले नै अहिले उनले सफलताको पाईला चाल्न थालेका छन् । यता यो अन्तरबार्ता सार्बजनिक पश्चात् सोनिकाको प्रसंशा गर्नेहरू पनि निस्किन थालेका छन् । उनका प्रायः भिडियोहरुमा नकारात्मक प्रतिक्रियाहरु आइरहेका हुन्छन् । तर यसमा उनको तारिफ गरेको प्रतिक्रियाहरु देख्न सकिन्छ ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें