अपडेट

आमा बनेपछी झन हट : नीलम ढुंगाना

२०६४ सालको माघ २३ गते नीलम ढुंगानाको लागि कहिल्यै नबिर्सिने दिन थियो । घरबाट सेन्टअपको परीक्षा दिन साथीसँग इटहरी आउने क्रममा बाटोमा मालबाहक ट्रकले उनीहरूलाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट नीलमसँगै हिंडिरहेकी उनकी साथी अञ्जना राईको घटनास्थलमै मृत्यु भयो भने नीलमको देब्रे खुट्टा त्यही नै चुडियो ।


सानैदेखि नृत्यमा पारङ्गत नीलमले यौटै खुट्टाको सहाराले भएपनि नृत्य गर्न छाडिनन । देब्रे खुट्टाको घुँडामुनि पुरै भाग गुमाएर वैशाखीको सहाराले हिंडडुल गरिरहेकी नीलम एउटै खुट्टाको भरमा नृत्य प्रस्तुत गर्छिन् । व्यवसायिक नृत्यांगनाका रूपमा विशेष आकर्षण बनेकी निलम देश र विदेशका विभिन्न स्टेज सोहरु गरिरहेकी छ्न। सुन्दर र हसिँलो मुहार अनि एउटै खुट्टाले पनि नाच्न सक्ने सीपले उनलाई अरुभन्दा विशेष बनाएको छ ।


स्टेज शो को लागि देशका धेरै जिल्ला घुमिसकेकी निलमले नृत्यकै लागि थुप्रै विदेश यात्रा समेत गरिसकेकी छन् । केहि समय देखि उनको नृत्य यात्रा छोटो समयको लागि रोकिएको थियो । भर्खरै छोरी  लाइ जन्म दिएकी नीलमले आफ्नी छोरीको नाम ‘नेहान्सी नीलम’ राखेकी छन् । आमा बनेपछि झन् सुन्दर देखिएकी नीलम फाट्टफुट्ट सार्वजानिक समारोह हरुमा देखा पर्न थालेकी छन् । अब छिट्टै स्टेज शो हरुको लागि नृत्य यात्रामा निस्कने तयारि भईरहेको कुरा हामी संगको छोटो कुराकानी मा नीलम ले बताईन । 









नीलमलाइ टुइटरमा फलो गर्न यहाँ क्लिक गर्नुहोस

कोई टिप्पणी नहीं