अपडेट

आमा सम्झेर रोएँ

आज म मलाइ जन्मदिने
आमा सम्झेर रोएँ
आज म मलाइ कर्मदिने
आमा सम्झेर धन्य भएँ
रोएँ भक्कानिएर एकान्तमा
आफ्नो सिंगो उमेर
मेरोलागि बिताउने आमालाई सम्झेर रोएँ
ती रातहरु मेरो लागि
बिताउने आमालाई सम्झेर रोएँ ।

गर्भको पीडालाई सन्तान सुख मानेर
मुस्कुराएकी मेरी जन्मदाता लाइ
कति पिडा दिएकी थिएँ होला मैले
हो त्यहि गर्भको भार सम्झेर रोएँ
हो म पटक पटक भक्कानिएँ आज
जन्मदात्रि आमाको अभावमा भक्कानिनु
सबै भन्दा ठुलो पिडा हो
फेरि कर्मदात्री आमाको काख सम्झेर रोएँ
रोएँ भक्कानिएर एकान्तमा
आमाका भोका पेट गर्भले भरिएर जन्मेकी म
उनलाई सम्झेर भक्कनिनु मात्र
मेरो अधिकार भयो
हो त्यसैले उनिलाइ सम्झेर रोएँ ।

बिझाउछ हरेक रात मेरो ओछ्यान
ती याद हरु बोकेर रोएँ
रोए ए आमा,
तिमिले छोडेर हिंडेको पल सम्झेर रोएँ
मन त मेरो नि थियो
तिम्रो पछ्यौरीमा हरेक रात दिन
लडिबडी गर्न लाई,
तर दुर्भाग्य
मेरो हातबाट फुत्किएको पछ्यौरी कुना
समझेर रोए,
ए आमा,
मैले खोल्न नपाएको तिम्रो
चोलीको तुना सम्झेर रोएँ !

समयले मलाइ टुहुरी बनायो
त्यो दिन दिन सम्झेर रोएँ
थिएन मलाइ कुनै कमि
तर पनि म त्यहि शब्दको भिकारी भएँ
आज त्यहि शब्द सम्झेर रोएँ
ए आमा, म तिमिलाइ सम्झेर रोए !!

मोनिका नगरकोटी

कोई टिप्पणी नहीं