अपडेट

तनहुँ सेवा समाज द्वारा मिर्गौला पिडित लाइ आर्थिक सहयोग


“सबल र सम्वृद्ध जिल्ला निर्माणमा प्रवाशीहरुको योगदान, सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ २००४ मा कतारमा स्थापित तनहुएली हरुको साझा सस्था तनहुँ सेवा समाज द्वारा तनहुँ जिल्ला भीमाद नगरपालिका ९ रिठ्ठाभञ्ज्याङ्गकी मृगौला पिडित मिना परियारलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । चैत्र १८ आइतबारका दिन भिमाद नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर पिडित परियारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

केहि समय पहिले पिडित मार्फत गरिएको सहयोगको अपिल लाइ समाजले गम्भीरता पुर्वक लिएको र तनहुँ सेवा समाजका पूर्व कार्यसमिति सदस्य तथा आजिबन सदस्य याम बिसीको नेतृत्वमा कतारमा रहेका तनहुँका ब्यक्तिहरु मार्फत सहयोग संकलन गरेको थियो । उक्त संकलित रकम नेरु. ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक रुपमा विपन्न रहेकी पिडित परियारलाई उपचारको लागी टेवा पुगोस् भन्ने उदेश्यले प्रदान गरिएको समाजका महासचिब पदम गिरीले बताउनु भयो ।

उक्त रकम हस्तान्तरण गर्दै भीमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाले प्रवासीहरुले गरेको सहयोग प्रति खुशी ब्यक्त गर्दै एकको पिडामा अर्कालाई पनि दुख्छ भन्ने उदाहरण समाजले दिएको बताए । करिब १ वर्ष अघि देखी दुवै मृगौलाले काम गर्न छाडे पछि आर्थिक अभावकै कारण परियार मृगौलाको डायलोसिस गर्दै आएकी छन् ।

चिकित्सकले करिव ९ लाख रुपैया जम्मा गर्न सके मृगौला प्रत्यारोपण गर्न सकिने बताए पनि आर्थिक विपन्नताका कारण सम्भव हुन नसकेको पिडित परियारले बताइन् । उनको ३ छोरा र २ छोरी रहेका छन् । आर्थिक रुपमा आम्दानीको स्रोत नहुदाँ परियार चरम आर्थिक संकटका विच दिनचर्या विताउन बाध्य भएकी छन् । उनले आफुलाई सहयोग गर्ने सहयोगी संस्थालाई धन्यवाद दिदै अन्य ब्यक्ति, शुभेच्छुक र संघसस्थाबाट उपचारको लागी सहयोग प्राप्त हुने अपेक्षा रहेको बताएकी छन् ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै तनहुँ सेवा समाज कतारका पूर्व अध्यक्ष मनिराज थापाले १५ वर्ष अघि देखी नै यस सस्थाले तनहुँका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको जनाए । उनले जिल्लाका एकल, असाहय, र आर्थिक रुपले विपन्न भएकाहरुलाई स्वास्थ्य उपचार देखी शैक्षिक विकास गर्नको लागी सहयोग गर्दै आएको बताए ।

वडा न ९ का वडाध्यक्ष इमान थापाले आफ्नो वडामा आर्थिक रुपमा उपचारमा समस्या झेल्दै आएकी परियारलाई सहयोग गरेको प्रति खुशी ब्यक्त गर्दै बास्तविक पिडितलाई पहिचान गरेर प्रदान गरिएको सहयोगको सदुपयोग हुने बताए र प्रबासमा रहेर जिल्ल्लाका हरेक गतिबिधी सित जोडीरहने यस तनहुँ सेवा समाजको सामाजिक जिबनमा एउटा उधारण बन्ने बताउनु भयो ।

तनहुँ सेवा समाज कतारका सल्लाहकार सदस्य बलराम गैह्रेको अध्यक्षतामा भएको यस कार्यक्रमलाइ आवस्यक सम्पूर्ण समन्यव कार्यसमिति सदस्य द्वय बिकास भुजेल र मधुराम पौडेलले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पत्रकार अशोक विश्वकर्मा र समाजीक कार्यकर्ता गणेश गैह्रे लगायतले विरामीलाइ स्वास्थ्य लाभको कामना गर्दै थप सहयोग उपलब्ध गराउनको लागी पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

तनहुँ सेवा समाज कतारका अध्यक्ष केश गुर्माछान मगर लगायतका कार्यसमिती सदस्यहरुले आफुहरु बैदेशिक रोजगारमा रहेर पनि जिल्लामा सहयोग गर्न पाउदाँ खुशी लाग्ने गरेको बताउदै आफुहरुको सहयोगलाई सहि रुपमा सदुपयोग गरे अन्य सहयोगहरुको लागी थप पहल गरिने प्रतिवद्दता ब्यक्त गरिएको जानकारी तनहु सेवा समाजका माहासचिब पदम गिरीले बताउनु भयो ।

समाज द्वारा यस आर्थिक संकलनमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु कृतज्ञता प्रकट गर्दै सहयोग संकलन को संयोजक याम बि सी र नेपालमा हस्तान्तरण कार्यक्रममा सहभागी हुने सबैलाई धन्याबाद ज्ञापन गरेको छ ।

समाजका बरिस्ठ उपाधक्षय नारायण ढुंगानाले बताए अनुसार समाज द्वारा केहि दिन लगतै जिल्लाका थप २ मिर्गौला पिडितलाइ पनि सहयोग गरिने कार्यक्रम रहेको र समाज द्वारा गरिने बार्षिक कार्यक्रम मार्फत जिल्लाका एकल, असाहय, र आर्थिक रुपले विपन्न भएकाहरुलाई राहत बितरण गरिने कार्यक्रम रहेको र उक्त कार्यक्रम लाइ रुपमा सफल बनाउनका लागि समाजले आवस्यक तयारि गरिरहेको छ ।

स्मरण रहोस तनहु सेवा समाजले बिगतमा प्रबास मा रहेका सम्पूर्ण नेपालीहरुलाई परेको समस्यामा विभिन्न किसिमका सहयोग गर्दै जिल्लामा पनि आफ्नो सामाजिक कार्यक्रम हरु गर्दै आएको छ ।

कोई टिप्पणी नहीं