गायक सुशील पंगेनीको ‘तिमी जाँदै छौ’ बोलको गीत सार्वजनिक
गायक सुशील पंगेनीको ‘तिमी जाँदै छौ’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म लेखकको रुपमा परिचित पंगेनीले आफ्नै स्वर, शब्द र संगीतमा उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।
पंगेनीको गीतमा मायाँ प्रेमको भावनालाई समेटीएको छ । झण्डै एक दशकदेखि फिल्म लेखन र गीत रेकडिङमा सकृय रहेका पंगेनीले यस पटक आफ्नै स्वरमा गीत रेकर्ड गराएका हुन् ।
उनको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युट्युब मार्फत सार्वजनिक गरिएको हो । उनले यस अघि पनि गीतमा स्वर भरिसकेका छन् ।
‘तिमी जादैछौ’ गीतको भिडियोमा रन्जन रिजाल र उषा खनालले अभिनय गरेका छन । ज्ञानेन्द्र शर्माले खिचेको भिडियो निशान शर्माले सम्पादन गरेका हुन् भने चर्चित म्युजिक भिडियोको निर्देशन शिब विकले निर्देशन गरेका गरेका छन् ।
गायक पंगेनीले लेखेको यस अघि लक्ष्य फिल्ममा समावेश अन्जु पन्तको स्वर रहेको ‘तिमिले टेकेको दैलो’ बोलको गित चर्चित भएको थियो ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें