अपडेट

दशनामी समाजको नयाँबर्ष शुभकामना कार्यक्रम सम्पन्न


हिजो मिति २७/४/२०१८ शुक्रबार को दिन नेपाल दशनामी समाज कतार शाखाको नेपाली नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा आन्तरिक भेटघाट कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष पदम गिरीको सभापतित्वमा सम्पन्न भएको छ ।

संस्थाका प्रमुख सल्लाहकार बसन्त राज पुरि दशनामीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम दोहाको समुन्द्रमा डुंगा सवार गर्दै सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सल्लाहकार हरु राम गिरी र आशीष गिरि विशेष अथिथी रहेको उक्त कार्यक्रम संस्था कि महिला उपाध्यक्ष माया गिरीको स्वागत मन्तव्य बाट सुरु भएको थियो ।

दशनामी समुदायको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरुको मनोरन्जनको लागि बिबिध सांस्कृतिक कार्यक्रम साथै रात्री भोजको पनि ब्यव्स्था गरिएको कुरा कार्यक्रम संयोजक रमेश भारतीले जानकारी गराए ।

कार्यक्रममा उपस्थित सल्लाहकार समितिका सबै सदस्य हरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने केन्द्रिय सदस्य हरु बसन्त राज गिरी, अरुण गिरी, उपाध्यक्ष रमेश भारती आफ्नो बिचार ब्यक्त गरेका थिए ।

कार्य ब्यस्थाका कारण कार्यक्रममा केहि ढिलो गरि उपस्थित हुनुभएका संस्थाका संरक्षक रामजी गिरी र गायिका साबित्रा गिरी लगायत सबैले आउँदा दिनहरूमा सबैले हातेमालो गर्दै यस संस्थालाई चिनाउन आफ्नो समुदायको पहिचान संरक्षणका निमित्त सबै बन्धुहरु एकताबद्ध भएर लाग्नु पर्ने धारण राख्नु भएको थियो ।

कार्यक्रमको अन्तमा संस्थाका कार्यबाहक अध्यक्ष पदम गिरीले आफ्नो मन्तव्य राख्दै दसनामी समाजका सदस्य हरु अन्य विभिन्न संघ संस्थाहरुका कार्यसमिति सदस्यहरु समेत आबद्ध रहेको हुँदा संस्थाले आवस्यक समय पाउन नसकेको कारण संस्था गतिशील हुन नसकेको गुनासो गरेका थिए । अब आउँदा दिनमा नेपाल देखी आफ्नै दशनामी राष्ट्रियकलाकार लगायत अन्य कलाका लिएर भव्य रुपमा समाज सेवा मुलुक कार्यक्रम गर्ने तयारि गरि रहेको सबैलाई जानकारी समेत गराए ।

कार्यक्रममा उपस्थित जनाउनु हुन सम्पुर्ण दशनामी बन्धुहरुलाई धन्यवाद व्यक्त गर्दै नयाँ बर्षमा शुभकामना ब्यक्त गर्दै आउँदा दिनहरूमा संस्थाले दोहामा स्थापित हरेक जिल्ला बासी सामाजिक बैचारिक जातीय संघ संस्था संग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका महासचिव अजय गिरीले गर्नु भएको थियो ।

कोई टिप्पणी नहीं