अपडेट

पोखरेलको ‘अविरल’ सांगीतिक यात्रा



अष्ट्रेलिया बाटै निकाले नयाँ गीत ‘कति बज्यो सोधौं कि’

पदम गीरी : काठमाडौं । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक ईश्वर ‘अविरल’ पोख्रेलको नया गीत ` कति बज्यो ´को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा एकनारायण भण्डारीको शब्द ,संगीत रहेको छ भने कृष्ण बिकेले एरेन्ज गरेक छन ।

अस्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीतमा सक्रियता पूर्वक लागिरहेका गायक ईश्वरका यसअघि पनि थुप्रै गीत सार्वजनिक भइसकेका छन् भने चर्चित गीत रातो रिबन, काली मोरी आदी हुन । २ वटा सोलो एल्बम निकाली सकेका उन्ले भर्खर मात्रै नयाँ गीत रिलिज गरेका हुन ।

सार्वजनिक यस गीतको भिडियोलाई क्यामेरामेन बुद्ध थापाले छायांकन गरेका हुन ।गीतको म्युजिक भिडियोमा नायिका बर्षा सिवाकोटी र आकाश श्रेष्ठ फिचरिङमा रहेका छन । रुपेश खड्काको सम्पादन अनि राजिव समरको कोरियोग्राफर रहेको यस गीतको भिडियोलाई चर्चित एवम् प्रख्यात चलचित्र निर्देशक निकेश खड्काले निर्देशन गरेका छन ।

 

कोई टिप्पणी नहीं