आयो माकुरी गीत - अभिनयमा पनि सुहायो रमेश बिजी लाइ
पदम गीरी : कालजयी गीतहरु सिर्जना गरेर सबैको मन मुटुमा बस्ने सफल रमेश विजी ले सिर्जना गरेको नयाँ गीत "माकुरी" भर्खर मात्र सार्वजनिक भएको छ ।
चर्चित लोक गायीका जमुना राना र कुमार पुनको स्वर रहेको माकुरी को लय खेम सेन्चुरीले बनाएका हुन् । गीत एक पटक मात्र सुनेर धित मर्दैन। पटक पटक सुन्न मन लाग्छ ।
रमेश वि.जीले सिर्जना गरेका गीत सुनेर र हेरेर मात्र हुँदैन । उनका गीतले सोच्न बाध्य बनाउछ । मन टोलाउने बनाउछ त्यति मात्र होइन मन एकोहोरो पनि बनाउछ ।
गीतमा रमेश वि.जीको अभिनय देख्दा सबैको आँखाबाट आँसु आउछ । तिजको गीतमा धनि भएकी दिदीको गरिब भाइको भूमिकामा अभिनय गरेर सबैको मनमा बसेका बिजी को माकुरिमा गरेको अभिनय पनि सम्झन योग्य देखिएको छ साथै जमुना रानाले पनि त्यस्तै मुटु छुने अभिनय गरेकी छन ।
अहिलेकी चर्चित निर्देशक स्मृति तिमिल्सीनाको निर्देशनमा बनेको भिडियोले बोछोड को पिडा लाइ सम्बोधन गर्न खोजेको छ ।
भिडियो हेर्नुहोस
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें