अपडेट

धर्म, धर्मगुरु र धोकाहरु –टिप्पणी

नेपालमा केहि यस्ता 'धर्मभिरु' हरु छन् जसले हिन्दुधर्मको ठेक्का आफैले लिएको जस्तो गर्छन र कुनै युवा धर्मगुरुले आफै केहि गर्ने सोच्यो भने अथवा आफ्नै बलबुता र विद्वताले चर्चा पाउदै गयो भने उसलाई कसरि निस्तेज पार्न सकिन्छ भनेर योजना बनाइहाल्छन् ।

वाचन सिरोमणी पण्डित नारायण प्रसाद पोखरेलको विश्व हिन्दु परिषद, शिवसेना र यस्तै अन्य हिन्दुवादी संगठन हरु संग बिमति थियो । 'भौतिक बिकासका लागि धार्मिक कार्यक्रम' बाट चर्चाको शिखरमा पुगेका थिए पोखरेल । हिन्दु धर्म भित्र विद्यमान रहेको छुवाछुत प्रथाको बिरोधि थिए उनि । उनका यज्ञ हरुमा कैयौं पटक दलित युवा हरुको ब्रतवन्ध गराएर जनै धारण गराएका थिए । कथा भनेर स्कूल, क्याम्पस, अस्पताल, वृद्धाश्रम, सामाजिक भवन, बाटो, पुल र खानेपानी आदि दर्जनौं निर्माण कार्य गराउदै र कथाको माध्यमबाट छुवाछुत निर्मुल गर्ने कार्यलाई अभियानको रुपमा संचालित गरेका थिए ।

हिन्दुधर्म भित्र उनको यो नयाँ प्रयोग थियो । कर्मकाण्डी परम्परा बाट माथि उठेर उनले हिन्दु धर्म भित्र क्रान्तिको बिजारोपण गरेका थिए । उनको अगुवाईमा कति स्कुल बने कति जिर्ण बनेका क्याम्पस हरु पुननिर्माण भए । कति शैक्षिक संस्था हरु बन्द हुने संघार बाट माथि उठे त्यसको लेखाजोखा धेरै ठुलो छ । चढ्दै गएको उनको लोकप्रियतालाई पुर्णबिराम नलगाए हिन्दुधर्मका ठेकेदार हरु ओझेलमा पर्ने निश्चित थियो तसर्थ उनीमाथि गोलि हानियो र उनको मृत्यु लाइ रहस्यको गर्भमा धकेलियो ।

पोखरेलले नै कुनै समय नेतृत्व गरेको विश्व हिन्दु महासंघ र विश्व हिन्दु परिषदको बिचमा द्वन्द थियो उनको कार्यक्रमको लोकप्रियता संग अत्तालीएको बिहिप कै अगुवाइमा पोखरेल लाइ गोलि हानिएको आरोप पनि लागेकै हो । अपजस माओवादी माथि थोपरियो । गोलि हान्न माओवादी लाइ नै प्रयोग गरियो होला तर त्यो काण्डको मास्टरमाइन्ड को थियो भन्ने कुरा प्रहरीले अहिले सम्म पत्ता लगाउन सकेको छैन । न माओवादीले नै त्यो हत्याको जिम्मा लिएको छ ।

अहिले आएर फेरी उस्तै अर्को घटना घटना पुगेको छ । हिन्दु धर्म, हिन्दु राष्ट्र र हिन्दुत्वको रक्षाको लागि लडिरहेका युवा धर्मगुरु ‘आचार्य श्रीनिवास’ आफैलाई गोली हान्न लगाएर हिंसा भड्काउन खोजेको आरोपमा प्रहरी हिरासतमा छन् ।

उनलाई साम्प्रदायिकतामा खलल पार्ने प्रयस गरेको आरोपमा पक्राउ गरेको प्रहरी अहिले पक्राउ गर्दाको आरोप भन्दा बाहिर गएर हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबारै दस दिनको म्याद समेत थप गरेको छ ।

यता आचार्य श्रीनिवास भने आफु माथि लागेको आरोप अस्विकार गर्दै आइरहेका छन् । उनि माथि आश्रम भित्र आफ्नो अनुपस्थितिमा भक्तजन र अनुयायीहरुलाई आफ्नै खराउमा पुजा गराउथे भन्ने आरोप समेत लगाइएको छ । खराउ पुजन हिन्दु परम्पराको यौटा पाटो हुन सक्छ । खराउलाई नै राजा मानेर राजकाज चलाइएको दृष्टान्त हिन्दुग्रन्थ हरुमा उल्येख भएको पाइन्छ ।

आचार्य श्रीनिवास माथि उनकै अंगरक्षक द्वारा गोलि प्रहार भएको थियो र त्यो हतियार श्रीनिवाशले नै उपलब्ध गराएर आफुलाई गोलि हान्न अह्राएका थिए भन्ने आरोप प्रहरी र गोलि प्रहार गर्ने हरुले लगाइरहेका छन् तर त्यो आरोपमा कति सत्यता छ यसको खोजबिन हुनु अति आवस्यक छ ।

हिन्दु राज्य स्थापनाको खातिर श्रीनिवाशले यो काण्ड गराएका हुन् भने उनि दया या सदासयताको पात्र कदापि हुनेछैनन् उनलाई कानुनले तोकेको हदै सम्मको कारवाही हुनु पर्दछ किनकि हिन्दु राष्ट्र कायम गराउनको खातिर उनीद्वारा चालिएको यो कदमले समाजमा साम्प्रदायिक द्वन्द निम्तिने ठुलो खतरा थियो । उनकै ज्यान समेत जोखिम मा थियो । तर यदि पण्डित नारायण प्रसाद पोखरेलको हत्यामा जस्तै कुनै शक्तिको चलखेल या धोका द्वारा उनको लोकप्रियता लाइ निश्तेज पार्न खोजिएको हो भने त्यो कुराको सतह सम्म पुगेर अनुसन्धान गरि दोषीलाई कारवाही गरिनु पर्दछ ।

प्रेस समक्ष उनको कुरा राख्न पाउने अधिकारको सुनिश्चितता गरियोस र सत्य निरुपण गरियोस । लागेका आरोप हरु सत्य नहुन पनि सक्छन त्यसैले अदालत बाट मुद्दाको छिनोफानो नहुन्जेल आचार्य श्रीनिवाश लाइ अपराधीको जस्तो ब्यबहार नगरियोस ।

दुर्गा पंगेनी

कोई टिप्पणी नहीं