अपडेट

सन्ध्या केसीको अर्को नयाँ गीत “स्वर्णपदक” सार्वजानिक

काठमाडौं । गीत लेखनमा निकै तिखारिदै गाइरहेकी गीतकार सन्ध्या केसीको अर्को नयाँ गीत “स्वर्णपदक” सार्वजानिक भएको छ । चर्चित गायिका विष्णु माझी र राम गोपालीको समुधुर आवाजमा रहेको गीत म्युजिक नेपालको युट्युब च्यानल मार्फत बजारमा आएको हो । मालति डिजिटल प्रालिको प्रस्तुती रहेको गीतमा चर्चित मोडल द्वय महेन्द्र गौतम र सगुन शाहीको जोडदार अभिनय देख्न सकिन्छ ।

रामु खड्काको सुन्दर लय तथा सन्ध्या केसीको उत्कृष्ट शब्द रचनामा तयार पारिएको गीतको भिडियो चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेका छन् । सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका भिडियोका दृश्य हरु लाइ अमर शाक्यले सम्पादन गरेका हुन् ।

लामो समय पछी मोडल महेन्द्र गौतम र सगुन शाहीको जोडी गीतमा संगै आएको देखिएको छ, साथै गीतमा रविन नाथ र बाल कलाकार सन्ध्या गोपालीको अभिनय समेत देख्न सकिन्छ ।

कोई टिप्पणी नहीं