अपडेट

स्याङ्जा सहयाेग समाज कतार द्वारा मैत्रीपुर्ण भलिबल खेल सम्पन्न


अर्जुन घिमिरे / दोहा - स्याङ्जा सहयाेग समाज कतार द्वारा ईस्लाम धर्मावलम्बीहरुको पबित्र पर्व ईद उल फित्रको अवसरमा शुभकामना आदानप्रदान सहित "स्वस्थ्य, सहकार्य र युवा प्रोत्साहनका लागि खेलकुद" भन्ने मुल नाराका साथ मैत्रीपुर्ण भलिबल प्रतियाेगिता प्रतियोगिता सम्पन्न भएको छ ।

सनैया स्थित ५२ नम्बरमा १४ जुन देखि लगातार तीन दिन सम्म संचालन भएको उक्त खेलमा औपचारिक उद्घाटन समारोह समाजका अध्यक्ष धनञ्जय लम्सालकाे अध्यक्षता, नेपाली राजदुताबासका प्रथम सचिब नितेश सापकोटा ज्यूकाे प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् नेकपा केन्द्रिय सदस्य समिम अन्सारीको विशेष उपस्थिति एन आर एन पुर्ब उपाध्यक्षहरु टि बि कार्की सागर नेपाल मानार्थ सदस्य बिल गुरुङ, समाजका सस्थापक एवम् एन आर एन पुर्ब गल्फ सहसमयोजक उपाध्यक्ष पुर्ण केसि, एन आर एन एन सि सी कतार अध्यक्ष नबिन पोख्रेल प्रबासि नेपाली मञ्च अध्यक्ष चानक पोख्रेल मंचका पुर्ब अध्यक्ष रामहरि गैर पत्रकार महासंघ का करिमबख्स मिया श्यङ्जा समाजका प्रमुख सल्लाहकार गाेप सुनार समाजसेबि नरेश श्रेष्ठ ,क्रान्ति शिह होमनाथ शर्मा के बि हमाल नन्द ढुङ्गाना पदम गिरि ,देब परियार समीर के सि नारायण ढुङ्गाना नारायण समाज सेबि आश बहादुर गुरुङ बिष्णु लाल श्रेष्ठ बिश्वबन्धु थापा क्षेत्री लगायत बिभिन्न सँघ सँस्थाका प्रतिनिधि तथा खेलाडि लगायत खेलप्रेमि दर्सकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि नितेश सापकोटाले खेलको शुभारम्भ गर्दै नेपाली समाज लाइ प्रबासमा समेत अन्य मुलुकहरू बिच चिनाउन महत्त्वपूर्ण भुमिका रहेको जिगिर गर्दै खेलकुद क्षेत्रको स्थरबृदि गर्न दूतावास सधै तत्पर रहेको बताए ।

विभिन्न समुह एवम् जिल्ला स्तरीय सस्था सहित ३७ टिमकाे सहभागिता रहेको थियो । उक्त खेलमा प्रथम स्थान स्याङ्जा सहयोग समाज टिम B ले हासिल गरेको थियो भने दितिय स्थान पाल्पा सहयोग समाज B प्राप्त गरेको थियो । तेस्तै तेस्रो स्थान स्याङ्जा सहयाेग समाज टिम A जित्न सफल भएको थियो ।

बिजयी टिमहरु लाई प्रथम पुरस्कर नेपाली रुपैया एक लाख एघार हजार एक सय एक(१,११,१११) सहित सिल्ड मेडल र प्रमाणपत्र साथै दोस्रो पुरस्करमा नेपाली रुपैया एकत्तर हजार एक सय एघार(७११११), मेडल र प्रमाणपत्र रहेको थियो भने तेस्रो पुरास्करमा नेपाली रुपैयाँ एकचालीस हजार एक सय एघार (४१,१११) सहित सिल्ड मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

साथै उत्कृष्ट बिधाहरुमा सर्बाेत्कृष्ट खेलाडि, उत्कृष्ट ब्लकर, सटर लिफ्टर र क्विकर लाइ पनि पुरस्कृत गरिएको थियो ।

सस्थाका अध्यक्ष धन्न्जय लम्साल ज्यु ले खेल लाइ सफल पार्न आर्थिक, भाैतिक, नैतिक सहयाेग गर्नुहुने सम्पुर्ण सहयाेग दाता शुभेच्छुक एवम् अफिसियल टिम साथै खेलाडि, दर्शक सबै लाइ धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कोई टिप्पणी नहीं