अपडेट

गजल


गजल 

सपनामा बैरी बाट म घेरीएको देखें
विषधारी मेरै ज्यानमा बेरीएको देखें


लेखी छोडें कहानी पढनु तिमीले भनी
पन्ना पन्ना ध्वस्त बनाई केरीएको देखें 


बाच्ने दिन अव धेरै छैनन क्याहो मेरा
अभागी ती भिमसेन झैं सेरीएको देखें 


झरी जस्तै तिम्रा आँशु मेरो काँध बलेंसी
नयाँ मौसम संगै झरी फेरीएको देखें।।


-दुर्गा पंगेनी 
स्वरेक -३ स्याङ्गजा 

कोई टिप्पणी नहीं