अपडेट

मौनताको कथा


उनीसंग मेरो चिनजान भएको उस्तो धेरै समय पनि भएको छैन | उनको नाउँ मौनता | उनि एक संघर्षशिल जनजाति विवाहित नारि हुन् | बिवाह भएको चानचुन दुइ बर्ष पुगेर ३ लाग्नै आँट्यो | उनको माईत घर उता सुदुर | जिल्ला, ठाउँको नाउँ अनि आफ्नो थर बताउन उनले इन्कार गरिन | यसको मतलब कथामा सम्मेलित नगर्न मलाई आग्रह गरिन बिहे भने उता भोजपुरको एकजना छेत्री संग भएको रैछ | उनका बारे मलाई यहाँ भन्दा केहि बढी नै थाहा छ | तर मैले उनको गोपनियताको अधिकार को कारण सबैथोक लेखेको छैन | हाल उनि काठमाडौंमै बस्छिन | कलंकीमा अहिले बन्दै गरेको अन्डर ग्राउण्ड नजिकै उनि फ्ल्याट भाडामा लिएर बसेकी छिन | उनका श्रीमान् अहिले अस्ट्रेलियामा बस्दै आएका छन् | उनि त्यहाँ स्थित सिड्नी मा रहेर बिगत डेढ बर्षदेखी एउटा होटेलमा काम गर्दै आएका छन् | उनीसंग अहिले उनकी बैनी पनि संगै बस्छिन | उनको नाम शालिना | उनि हेर्दै शालीन लाग्छिन | अझ भनौं, आफ्नो नाउँलाई पुरै न्याय गर्ने कोशिष गर्छिन | मौनता का एउटा भाई पनि छन् | उनि अहिले बिद्यालय स्तरको पढ़ाईमै छन् | उनीहरु तिन बैना अनि बुवाआमा | जम्मा पान जनाको परिवार | उनका हजुरबा उनि सानै छदाँ खस्नुभो | "उहाँलाई छालाको क्यान्सर थियो" भन्छिन, उनि | हजुरमा पनि परार साल मुटुको व्यथाले च्याँपेर अस्पताल लैजादै गर्दा बाटोमै बित्नुभयो | उनका बुवा हर्कमान मगरले उनि बस्ने ठाउँ बाट पहिलो पटक उक्त गा.वि.स. को प्रतिनिधित्व गरेर २०४५ सालमा एस.एल.सी. पास गरेर पुरै इलाकामा नाउँ चलाएका रे ! पछी कृषि बिषय लिएर सदरमुकाम बाट बाह्र पास गरेका उनि गाउँका चल्ता-फिर्ता र नामी मानिने मान्छे हुन् | मौनताका अनुसार उनका बाबा गाउँमा हुने सभा-समारोह ईत्यादिमा पहिलो नम्बरमा गनिने व्यक्ति हुन् रे ! "मुवांपनि आमा समूह र गाउँको सहकारीमा माथिल्लै पोस्ट मा रहेर काम गर्नुहुन्छ |" उनले थपिन | मध्यम बर्गीय परिवारका उनीहरुमा तुलनात्मक रुपमा भाईसमाजका अन्य दाजुभाइको तुलनामा शिक्षित र सम्पन्न परिवार छ उनीहरुको |

मौनाता संग मेरो परिचय त्यति पहिले देखिको होइन | जेस्ठ महिनाको कुनै शुक्रबार म कक्षा बाह्रको डक्युमेन्ट सच्याउन भनिं रास्ट्रीय परिक्षा बोर्ड सानोठिमी जानको लागि बागमती यातायातको गाडी समाएँ | मौनता पनि त्यहि गाडीमा सवार थिईन तर बाटोमा कुनै त्यस्तो खालको पारस्परिक चिनजान भएन | म कानमा हेडफोन कोचेको थिएँ, अझ भनौ संगीत धुनमा अन्त कतै रमाएको हुँदो हुँ | कालिमाटी, टेकु, त्रिपुरेश्वर,रत्नपार्क, माईतिघर, बानेश्वर, कोटेश्वर र मनोहरा हुँदै दुईवटा गाडी बदलेर म रास्ट्रीय परिक्षा बोर्डको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुर पुग्छु | संयोग बस उनि अर्थात मौनता पनि त्यहि गाडीमा सवार छिन | पहिलो गाडीबाट दोस्रो गाडी चेन्ज गरियो तर चिनजान गरिएन | म अलि अन्तर्मुखी स्वाभाबको मान्छे, उस्तो देखेकै भरमा त्यति छिटै यित्रिने बानिनै थिएन | उनले पनि चिनजान गर्ने चेस्टा गरिनन् | गाडीबाट ओर्लेर करिब पांच मिनेट दायाँ को बाटो हिडेपछी हामि सम्बन्धित कार्यालय पुग्यौं | त्यहाँ बाटोमा फलफुल बेच्ने, लस्सी बेच्नेहरुका ठेला तथा बोर्डको बाहिरपट्टि फोटोकपी सेन्टर थियो | जहाँ, प्रक्रिया पुर्याउन चाहिने आवशेकिय डक्युमेन्ट हरुको फोटोकपी तथा स्क्यान हुने बुझेपछि मैले र उनले 'नाउँ परिवर्तन सहित मार्कसिट बुझी पाउँ' | भनि एक-एकओटा निवेदन लेख्यौं | समस्या दुबैको उस्तै | एस.एल.सीका कागजात, नागरिकता र कक्षा बाह्रका डक्युमेन्टको असली कागजमा एकै व्यक्ति को नाममा पनि एकरुपता थिएन | मैले कुनै संस्था संग सम्बन्धित काम चलाउन जिल्ला प्रशासन मार्फत एउटा कागज बनाएको थिएँ | जसमा 'नागरिकतामा फलानो नाउँ भएको व्यक्तिको एस.एल.सी. प्रमाण-पत्र मा केहि अक्षर छुटेका ले सोहि नाम भएको उसलाई नागरिकताका आधारमा सम्पूर्ण प्रक्रिया पुराई काम गर्न गराउन जिल्ला प्रशासन कार्यालय अनिरोध गर्छ | "लेखेर प्रमुख जिल्ला अधिकारीको तोक सहित छाप लगाएको एउटा पत्र ले आफ्ना बाधा अड्काउ हरु फुकाउ गर्दै आएको थिएँ | करिब एक बजे त्यहाँ पुगेका हामी ठ्याक्कै खाजा समयमै पर्यौ | कर्मचारीहरु खाजा खाना एक घण्टा जस्तो ट्याम लिंदा रैछन | त्यहाँ सेवाग्राही बिद्यार्थीहरु काम ढिलो हुने भयो भनेर कर्मचारी र बोर्ड प्रशासन सित रिस साँधेर बसेका थिए | अझ एकजना ले त "प्रशासन् को यो हालत ?" भनेर भिडियो नि खिच्न समेत भ्याएका थिए | केहि बेरमा खाजा समय सकिए लगत्तै कर्मचारीहरुले एक जत्था हुल बाँधेर कार्यकक्ष मै आए | अनि आफु सम्बन्धित फाँटको काममा संलग्न भए | एघार सयको रसिद काटेर एक नम्बर फाँटमा दिएँ | उनले हामीलाई अब एक हप्ता पछी रसिद लिएर आउने अनि मार्कशिट लैजाने भनेर अहर्याए | त्यति बेला बल्ल मौनता र मेरो बोलचाल भयो | थोरै चिनाजानिकै भरमा हामीले पुग्ने ठाउँ लगभग नजिकै भएकाले एकै गाडीमा फर्कने निधो गर्यौ |
कोटेश्वर सम्मका लागि भक्तपुर यातायातको गाडी चढेर हामि त्यहाँ बाट फेरी बाग्मतीयातायातको गाडी समाएर कलंकी सवार भयौं | बाटोमा थुप्रै गफ भए, उनका र मेरा | परिचय साटासाट देखि लिएर व्यक्तिगत जीवन सम्मका | मैले आफुलाई लेखक भनेर उनलाई धाक दिएको थिएँ, हल्का-फुल्का लेखे पनि त्यस्तो लेखक भने म थिइन | पछी आफै देखि चुक्चुकाएं | किन भनेछु ?, भन्ने भान भयो | उनले मेरो बोलि भुइँमै खस्न नपाउंदै " म संग पनि एउटा कथा छ, लेख्न भ्याउनुहुन्छ ?" भनेर सोधिन | "अवश्यै लेख्छु, तपाईं सुनाउनुहोस् न मात्रै |" उनले थपिन, "उसोभए एकदिन समय निकाल्नुस न त, हुँदैन ?"
"कथा कस्तो हो ? यदि मैले त्यसको न्याय गर्न सकिन भनें ?" मैले भनें |
उनले भनिन, "कथा मेरो आफ्नै हो, कथा भन्दा पनि कथा संगैको ब्यथा भनेर बुझ्नुस् न अहिलेलाई | तपाईलाई कथा सुनाउने जिम्मा मेरो भयो | त्यसमा शब्द सम्मेलन गर्ने काम त तपाईंको हो नि, होइन र ?"
मैले हो को भावमा मुन्टो हल्लाएँ | अनि त्यतिकैका आधारमा उनले मेरो फोन नम्बर मागिन अनि भनिन, "आउँदो सनिवार समय मिलाएर मेरै फ्ल्याटमा आउनुहोस्, अनि सुनाउँछु म तपाईंलाई मेरो आफ्नै कथा |"
मैले हवस् म हजुरलाई कल गर्छु नि त, भनेर आउँदो सनिवार म उनको कोठामा आउने आश्वासन दिएँ |
शनिवारको दिन ठिक बाह्र बजे उनको फोन आयो | " सुमन जी कतिबेला आउनुहुन्छ ?
मैले जवाफमा अझै एकछिन लाग्ने बताएपछि उनले सक्दो छिटो आउन म संग आग्रह गरिन | साताभरिका कामलाई निमिट्यान्नै पारिवारी म अनि छिमेकी भाई भएर मौनता को रुमतिर जाने तयारि गर्यौं |
उनको कोठा हाम्रो लागि नयाँ र नौलो थियो | त्यसैले हामीले उनलाई कलंकीको अन्डर ग्राउण्ड निर आउन लगायौं | हामि जाँदा उनि त्यहाँ अईसकेकी थिईन | त्यसपछी हामि उनको कथा सुन्न उनकै कोठामा हाजिर लगायौं | मैले आफुसंग धेरै ट्याम नभएको बताएपछि उनि आफ्नो बैनीलाई चिया बनाउन लगाईन | उनकी बैनी शालिना अलि हतारमा देखिन्थिन | "किन यति हतार ?" भन्ने प्रश्नमा उनको जवाफ : "आज सनिवार साथीहरु संग QFX फिल्म हेर्न जान लाई | टिकट हिजो अनलाईन बाटै बुक गरेका छौं | यदि गएन भने पैसा रिफण्ड हुँदैन, त्यहि भएर" भनिन | अनि केहि हालखबर सोधपुछ पश्चात मौनताले आफ्नो कथा सुरु गर्न लागिन |

कथा उनले दस कक्षा पढ्दाको हो | घरबाट करिब डेढ घण्टाको पैदल यात्रा पछाडी स्कुल पुगिन्थ्यो | मैले पढेको विद्यालयको नाउँ श्री सरस्वति सामुदायिक शिक्षा सदन | जुन गा.बि.स.कै एकमात्र माध्यामिक बिद्यालय थियो | समाजका सबैमा पढ्नुपर्छ भन्ने चेतना थिएन | भौगोलिक विकटता र सुदुरको दुर- दराजमा पर्ने उक्त बिद्यालयमा कुल मिलाएर १२ जना शिक्षक र २ जना परिचर गरि चौध जनाको कर्मचारी संगठन थियो | करिब ४०० सयको हाराहारीमा बिद्यार्थी | हेडमास्टर थिए, ओमनारायण  | मान्छे नाम जस्तै धार्मिक स्वभावका थिए उनि | उनि ब्यान-ब्यानै मैरिको डिलैमा दुई हातले अन्जुली भरेर ढाड पछाडी तिन- तिन पटक पानि छार्किंन्थे | बिद्यालयमा गम्भीर शैलीमा प्रस्तुत हुने उनि बाहिर भने ठिक उल्टा थिए | सबैसंग हासिमजाक गर्ने उनलाई सबैले मास्टसाप भनेर चिन्दथे | अर्का मास्टर थिए श्रवण कुमार  डोटेल, उनि श्रवण कुमार भन्दा बढी सरम कुमार देखिन्थे | उनि हामीलाई स्वस्थ,जनसंख्या तथा वातावरण शिक्षा पढाउँथे | सबै पाठ समयमै सक्थे तर किशोरावस्था, यौन तथा प्रजजन शिक्षा भन्ने पाठ पढाउन सधै लाज मान्थे उनि | यो पाठ उनले एकपटक पढाउने कोशिष पनि गरेका थिए अरे, तर कक्षामा भएका छात्रा जति घोप्टो मुन्टो लगाएर हाँसेको हाँस्यै अनि केटा हरुले उल्टा-उल्टा प्रश्न शोधेर हैरान पारेकाले उनले त्यो सबै पढ्न विद्यार्थी आफैलाई जिम्मामा छाडेका रैछन | केटाहरुले किशोराबस्ता के हो ? भनेर सोधे भने उनले " किशोरावस्था आँधीबेहरी को अवस्था हो, जसमा तिमीहरु नि पर्छौ |" भनेर भन्थे रे !
एकदिन खच्चड उपनाउँ पाएको एक जनाले सोधेछ, "सर महिनावारी भनेको के हो ?"
उनले सजिलै भनेछन्, "महिना वारी भनेको हरेक २८ दिनमा एकपटक आउने नारीहरुको चाड हो |"
अनि उसले थपेछ, "यो हुँदा के के लक्षण देखा पर्छन सर ?"
उनले भनेछन्, " त्यो त भाई मलाई भन्दा तिम्रो आमा वा दिदीबैनीलाई सोध्यो भने तथ्य जवाफ पाउन सक्छौ |"
त्यसपछि क्लास भरि हाँसो फैलिएछ् | श्रवणकुमार फेरी एक पटक सरम कुमार बनेछन् |
अनि अर्का मास्टर थिए, लिलाधर उपाध्याय | उनि विवाहित थिए तर मास्टर भन्दा पनि बढी स्त्री लम्पट थिए | केटिहरुलाई देख्यो कि, शिर देखि पैताला सम्म आँखा कर्के पारिपारि हेर्थे | आफु एक्लो हुँदा यदि उनलाई देखेभने केटीहरु आफै संयमित भएर अर्कै बाटो हिड्थे | तिनको एउटा उपनाउँ गाउँ भरि खुबै चर्चित थियो त्यस ताका, उनलाई सबैले 'समुहको बोको' भन्थे | स्कुल पढ्ने केटा हरु उनीप्रति व्यंग्य गर्दै भन्थे, "यो मान्छेलाई बाख्राबाख्री देख्ने हुन्न, बाघ जस्तै गरि झम्टिन खोज्छ | त्यसैले यसको नाम लिलाधर होइन सामुहिक बोको |"

असोजको महिना, न जाडो न धेरै गर्मि | ठिक चार बजे पिएनले सोह्र पटक जति घन्टीलाई टिंगटिंग पारे | हुलका-हुल बिद्यार्थी कक्षा बाट बाहिर निस्के | अक्सर सानो कलासका बिद्यार्थी छुट्टी...! भन्दै बाहिर निस्कन्थे | ठुलो क्लासका पनि रम्दै घर फर्किन्थे | आज मौनताको गाउँमा खेतिबलिको काम छ | त्यसैले गाउँका अरु बिद्यार्थी स्कुल आएका छैनन् | उनले दस पढ्दैगरेकी र यसपाली एस.एल,सी दिने भएकाले उनका बाबाले काम आफुहरुले गर्ने तर तिमि पढ्न जाउ भनि छोरीलाई अर्हयाए | त्यो गाउँमा दश पढ्ने उनि एक मात्रै थिईन् | आवाजको कोलाहाल र विद्यार्थीको भिड बाट अलि पर पुगिन उनि | आकाशे रंगको कमिज, निलो कलरको मुज्जे मेड्डी र कपाल को चुल्ठामा रातो रंगका एक जोर रिबन | त्यसमा उनि एकदम राम्री देखिन्थिन | त्यसैले पनि होला त्यो पोसाक उनलाई बिध्नै सुहाउँथ्यो छाती देखि नाईटो सम्म किताब लाई टाईट अंकमाल गरेकी थिईन |  खुट्टामा फित्ते चप्पल अनि दाहिने खुट्टामा एउटा कालो रस्सी | उनि कुनै मोडेल भन्दा कम थिइनन्, त्यो उमेरमा | उमेरले पन्ध्र पुगेकी उनलाई बढ्दै गरेका छातीका पहाडले अझै मनमोहक देखाईरहेथ्यो | केटाहरु कक्षामा खुब जिस्काउँथे उनलाई |
गोरेटो बाटो हुँदै केहि पर पुग्छिन | पछाडी उनलाई कसैले पिछा गरिरहेछ | त्यो अरु कोहि थिएन | सामुहिक पाठो को उपमा पाएको सामाजिक शिक्षक लिलाधर उपाध्याय थियो | उ र मौनता बिचको दुरी करिब ३०-३५ मिटरको मात्रै थियो | उसले मौनतालाई बोलायो | हातले ईसारा पनि गर्यो | मौनता केवल डर मिश्रित आँखाले उसलाई पछाडी फर्केर एक टल्कन हेरिन मात्रै | किनकि उसले असल नियतले बोलाएको छैन भन्ने उनलाई भान भैसकेको थियो | किनकि उसको नियत माथि धेरैले शंका गर्थे तर भन्न मात्र सक्दैनथे | उनि सरासर अगाडी बढीरहिन् | उ अर्थात् लिलाधर तिब्र गतिका साथ् पाईला सार्दै उनलाई पिछा गरि रहयो | बाटोमा जंगल थियो | उनीहरु चार पांच मिटरको को अन्तरमा जंगल सम्म पुग्छन | त्यहाँ पुग्दा लिलाधर ले आफुलाई बिर्सियो | अनि उनको नाडी छाम्यो | उनि डरले अनुहार रातो बनाउंदै छोड्न आग्रह गरिन | तर उ झन् सल्बलाउन थाल्यो | हात छुटाउन खोज्दा उनका किताब हरु सबै भुइँ भरि पोखिए | उ नाडी देखि कुइनो र कांध हुँदै कपाल सम्म पुग्यो | उनि अझै पनि मर्यादा क्रम नभुली सर सम्झेर "छाड्नुस मलाई" भन्दै छिन | तर उ झन् पछी झन् सुलसुले बन्दै गयो | घाम डुब्ने लागेको थियो | सांझ नपर्दै मौनताको जीवनमा अँध्यारो छायो | उसले उनलाई काहींकतै पनि छोडेन | छाति, पिठ्यु ओंठ र अन्य संयमित स्थल | उनले बचाउ को आवाज निकाले पनि त्यो अनकन्टार जंगल मा उनको चित्कार लाई सुन्ने रुखका बाँदर बाहेक अरु कोहि भएनन् | एक त उनि डरले गर्दा मुख बाट धेरै आवाज निकाल्न नै नसक्ने भएकी थिईन | त्यस बखत लिलाधरले मौनताको मौन ब्याबहार माथि नाङ्गो नाच खेल्यो र यौनलिला देखायो |
अन्तत: उनि उसको अनेक हर्कत बाट केहि भए पनि बच्न सफल भैन | किताबहरु भुइँ भरि छरपस्ट छन् | उनि बिना किताब कापी आफ्नो दौड लाई अझ बढी गति दिईन | उनि घर पुग्दा रातोपिरो अनुहार र एक जना जिम्मेवार तर गैर- जिम्मेवार यौन पिपासुको कुप्रयास बाट बाँचेर लज्जित हुँदै अड्कि-अड्कि रुँदै आमाको काखमा पुगिन | शिक्षक त्यहीं बाट भाग्न खोज्यो, तर जिम्मेवार पद भएको मान्छे भएकाले कतै गए पनि समातिने ठानेर सुस्त-सुस्त आफ्नो बाटो घर तिर लाग्यो |
उसका दुई सन्तान थिए | उसकी श्रीमती उसको बिपरित लिंगी प्रतिको नकारात्मक हेराईले बर्षौं देखि आदित थिईन | त्यसको अर्को दिन गाउँ मा गाईंगुंई हल्ला सुरु भो | लिलाधरले हर्कामान को छोरी माथि यौन अत्याचार गर्यो अरे ! | गाउँका सबैजना मिलेर लुकेर बसेको लिलाधरलाई हर्कमानको आँगनमा ल्याई छाडे | अनि मान्छेको भिडले हर्कमानको घर कुनै सभा-सम्मेलन भन्दा कम भएन | मान्छेहरु धेरैका टिका-टिप्पणी हरु अलग-अलग थिए | महिला हरु फाँसी हुन पर्छ भन्दै थिए | तर देशमा फांसीको कानुन नै थिएन | पुरुष हरु आजिबन काराबास हुनु पर्छ भन्दै माग राख्दै थिए | त्यसै बिचमा बिद्यालयका प्र.अ . ओम नारायण आए | अर्थोक केहि नबोली लिलाधर को मुखमा एकमुठी थुक थुकिदिए | "थुक्क नालाएक तिमि, तिमीले सामाजिक मा के सिकाउंछौ ? जबकी आफै यस्ता हर्कत गर्दै हिड्छौ भने ?" हेड मास्टर को भनाईमा सबैले हो मा हो मिलाए | उ मात्र घोप्टे मुन्टो लगाएर मौन बस्यो |
पिडितको गुनासो सुनेपछि अन्तमा कारबाहीको लागि प्र.अ ले बोल्ड डिसिजन लिए | अन्तमा हेडमास्टरले कालोमोसो दलेर चारपाटा मोड्ने भनेर उर्दी दिए | अनि सोहि अनुसार गाउँका महिलाहरु जुत्ताको माला र कालोमोसो को तयारि तिर लागे | लिलाधर लज्जित हुँदै गवाँ-गवाँ रोईरहेको थियो | हेडमास्टर ले भने " तिम्रा सामाजिक गुण सबै छर्लंगै भो, अब सामाजिक के हो ? म पढाउँछु | यसरि तिमि जस्ता नालाएकाले गर्दा बिषयको नै परिभाषा बदल्दियौ | तिमि जस्ता असामाजिक र कुकृत्य गर्नेको हाम्रो विद्यालयमा जरुरत छैन |"  यति भनेपछि मान्छे हरु कालोमोसो दल्ने र ढुंगा मुडा गर्न तिर लागे |
त्यसपछि उनले अनेक पिंडाका बिच आफ्नो एस.एल.सी. सक्काईन् | अनि गाउँमा अब धेरै बसाल्यो भने झन् धेरै कुरा हुन सक्ने देखेर उनका बाबु हर्कमानाले काठमाण्डौमा रहेकि आफ्नी दिदीलाई छोरीले कम्पुटर पढ्न खोजेको भन्दै सर-सल्लाह गरेपछि उनि काठमाडौं आईन | अनि एस.एल.सी. मा पास भएपछि उनि फुपुको मा बस्ने गरि काठमाडौं अईन | त्यसको केहि समय पश्चातउनकी फुपूले आफुले चिनेको केटासंग बिहेको लागि कुरा चलाईन | केटा छेत्री भएपनि जनजाती मौनतालाई ऊ श्रीमतीको रुपमा सहर्ष स्वीकार्न राजीखुसी भएपछी  बिहेको सम्पूर्ण चाजोपाँजो मिलाएर उनीहरु जिन्दगीको पहिलो घुम्ती बाट दोस्रो घुम्ती का लागि संगै घुम्न थाले |

कथा सुन्दै जाँदा तिन ओटा चिया कप रित्तिएको पत्तै भएन | उनका आँखामा आँशुले झरी काडेको प्रसस्तै देखिन्थ्यो | उनि संग यति ठुलो ब्यथा रैछ | जसलाई उनको पछिल्लो समयको सफलताले केवल कथा बनाईदिएछ् | उनि चाहन्थिन कसैले मेरो कथा सुनोस र लेखोस पनि | जसले गर्दा आघौँ को समयमा यस्तो सुन्न नपरोस ! अहिले उनि ब्याचलर पढ्दै छिन | श्रीमानको साथ् र समर्थन अनि आफ्नो लगनशीलता ले उनि एउटा दर्दनाक खाडलमा पुरिन बाट बन्चित भएकी छिन |
उनि भन्छिन, "अभाव के हो ? त्यो म संग सोध्नुस्,
दवाब के हो ? त्यो पनि सोध्नुस्
र प्रभाब के हो ? त्यो पनि मै संग सोध्नुस् |
त्यसको बैज्ञानिक परिभाषा त छैन म संग, तर पनि आफ्नै मौलिक तथा सृजनात्मक परिभाषा समेट्ने कोशिष गर्नेछु | हस्त सुमन जी ! कथालाई पुतली बनाएर न्याय संगत गरि लेखिदिनुहोला |"


लेखकको तर्फबाट, "उनको कथा सुन्दा मेरा आँखाका दुवै कपबाट आँशुका ढिल्का खासिमात्र रहे | रुमाल जो निथ्रुक्कै रुझेछ | जवकी यो भन्दा पहिले पसिनाले बाहेक आँशुले कहिले यसरि पुरा भाग रुझेको थिएन | यो बिषय यौटा सामाजिक बिषय बस्तु भएको महसुस गर्न सकिन्छ | मौनता पहिले मौन थिईन, अहिले आफ्नो व्यथालाई ठिक उल्टो गरि कथा बनाउन सकिन | एक नारीमा आत्मविश्वास चाहिन्छ भन्ने कुरा उनले सप्रमाण सिद्द पारेकी छिन | महिला सशक्तिकरण का लागि हामि धेरै बोल्छौँ | तर उस्तो बोलेजस्तो ब्याबहारमा लागु गर्दैनौं | कथा लेख्दा मैले उनलाई सुनेर आफुले ब्यक्त गरेको छु | कथामा केहि झर्रो भाषा र उमेर हकबन्दी लाग्ने केहि शब्दहरु छन् | जसलाई १८ बर्ष भन्दा माथिका ले मात्रै पढ्न अनुरोध गर्दछु |"










कोई टिप्पणी नहीं