अपडेट

विचरा म त - कबिता


Image may contain: 1 person, closeup
विचरा म त - कबिता
बबिता देबकोटा तिमिल्सिना 
जब मेरी आमा
मेरो कुरुप गुन्दुक जस्तो कपाललाई
बसाउने तेल लगाउदै
रातो रिवनले चुल्ठो सजाउनु हुन्थ्यो ।
सुन्दर सरस्वती माता पनि मेरो कुरुपता सँग प्रसन्न हुन्थ्यो ।

तर आज
म शिक्षित विद्धान र बैज्ञानिक हरुको मण्डलभित्र हराइरहेछु
एउटा अनपढ बोल्न सक्ने तर लाटी अपाङ्ग सरह ।

कोही छैन यहाँ यस्तो
जसले मेरो नमिलेको सानो ओठलाई नहेरी
म भित्रको ठुलो भावना बुझ्न सकोस।

विचरा म त
रङगिन फुलहरुको माझमा
कोख कोखले भरिएका आमाहरुको साथमा
उस्तै हुन नसकेकी मलजल नपुगेकि बाझी नारी।


कोही भेटदिन यहाँ यस्तो
जसले रुप र रङ नहेरी उसलाई चिन्न सकोस।
कोही देख्दीन यहाँ यस्तो जसले
सटिफिकेटको कागज नहेरी
उसको क्षमता बुझ्न सकोस।

विचरा म त
यस्तै यस्तै ठुला मानिसका
चचित ठानिएका
अमुल्य मान्यता सगँ जुध्न नसकेको
ग्रसित दीर्घ रोगी ।


कोही भेट दिन यहा यस्तो
जसले मेरो छोटो हात हेरेर
लामो जिन्दगी विताउने सपना बुन्न सकोस।

विचरा म त
मोटा चिल्ला र आर्कषकहरुको ठुलो जमात सग
आखाँ जुधाउन नसक्ने कुपोषण पीडित कुरुप नारी।

बबिता देबकोटा तिमिल्सिना 

कोई टिप्पणी नहीं