अपडेट

अग्रज गायीका सिता थापा माथि खुकुरी प्रहार



राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालकी संस्थापक कोषाध्यक्ष सिता थापा माथि खुकुरी प्रहार भएको छ । आफ्नै घरमा आफ्नै आफन्त (जेठानी) ले खुकुरी प्रहार गरि घाइते बनाएको कुरा थाहा हुन आएको छ । सामान्य घरायसी किचलो भएको र त्यहि किचलोको कारण गायीकालाइ पछाडी बाट खुकुरी प्रहार गरि घाइते बनाइएको हो । अहिले घाइतेको अल्का अस्पतालमा उपचार भईरहेको छ ।

घरायसी झगडा भएको कारण गायीका स्वयम् ले खवर मिडियामा न आओस भन्ने आशय ब्यक्त गरेका कारण उनलाई भेट्न गएका संचारकर्मी हरुले पनि समाचार नलेखेको कुरा थाहा हुन आएको छ ।

अहिले भने जावलाखेल प्रहरी वृत्तमा उजुरी दर्ता भई कारवाही अगाडी बढेको कुरा समेत श्रोतले बतायो । यस बिषयमा प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी संग जिज्ञासा राख्दा पिडित कलाकार लाइ न्याय दिलाउन आफुहरु सकेसम्म लागि परेको कुरा बताए ।

कोई टिप्पणी नहीं