अपडेट

बिरानो भो माइतीको आँगनी मै चेली लाइ -सबिता पोखरेल

तीज पर्व नजिकिए संगै तिजी गीत हरुको बाढी नै आइरहेको छ । तीज पर्व त्यसका मान्यता र तीजका भाखा हरुलाई ओझेलमै पार्ने गरि सयौं गीत हरु बजारमा आएका छन् । तीज पर्वलाई कतिपय नयाँ कलाकारहरुले कलाकारिता मा प्रवेश गर्ने माध्यम समेत बनाएका छन् । कतिपय ले मौसमी लोकप्रियताको लागि समेत तीज गीतमा लगानी गरेका छन् । कतिपय अग्रज कलाकार हरुका सिर्जनाहरु समेत तीजको परम्परा र मर्म बिपरितका संदेश लिएर आइरहेका छन् ।

तर केहि कलाकार र सर्जकहरु भने चर्चाका लागि भन्दापनि वास्तव मै तीज पर्वको मौलिकता जोगाउनकै लागि गीत लेखिरहेका छन् । केहि नयाँ सर्जकहरु समेत तीज पर्वको मर्म जोगाउन लागि परेका छन् । यसै मेसोमा तीजको परम्परागत भाका र चेलीको बेदना लिएर आइपुगेकी छन संचारकर्मी एबं सर्जक सबिता पोखरेल ।

सबैले सस्तो चर्चाको लागि फरक ट्रयाक का गीतहरु बनाइरहेको अवस्था र वास्तविक तीज गीतहरुको ब्यापार घाटामा गईरहेको अवस्थामा किन परम्परागत गीत लेख्नुभो भन्ने मेरो प्रश्नमा गीतकार पोखरेल भन्छिन । "मैले वास्तवमै आमा र माइतीघरको सम्झनामा डुबेर लेखेको गीत हो यो" । मेरो मात्रै नभएर सबै चेलीको यथार्थता बोकेको छ । चेली पुर्वेली हुन् या पश्चिमेली सबैको तीजको बेदना उस्तै हो । मेरो मनमा माइती प्रति जस्तो भावना पैदा हुन्छ अधिकांश चेलीको भावना त्यस्तै हुनु पर्दछ । अपवादमा कोहि फरक होला तर हाम्रो सामाजिक परिवेश र महिला माथिको उत्तरदायित्वले गर्दा एकजना चेली चाहेरै पनि माइती संग नजिक भईरहन सक्तिनन । भावनात्मक रुपमा छुट्टिनै नसक्ने गरि जोडिएका चेली हरु भौतिक रुपमा माईति संग टाढा हुनु पर्दाको अवस्था लाइ गीतमा केलाउने प्रयाश गरेकी छु । एक हिसाव ले यो मेरो आफ्नै परिवेशको गीत हो ।"



Birano Bho MaitiKo Aagani | Kabya Aacharya | Sabita Pokharel | Teej song 2018 विरानो भो माइतीको आँगनी ।। काव्य आचार्य ।। सबिता पोखरेल Vocal: Kabya Acharya Lyrics: Sabita Pokharel Music: Kabya Acharya Arrange: Bipin Acharya Artist: Reena Thapa Magar ll Melina Thakuri ll Reena Raut Cinematographer: Krishna Shrestha Editor: Dinson Shah Director: Rajiv Balami

कोई टिप्पणी नहीं