अपडेट

पर्वत सेवा समाजबाट पिडितलाई राहत


गुल्मी; गुल्मीका एक पिडितलाई पर्वत सेवा समाज नेपालले आर्थिक सहयोग गरेको छ। ईजरायलमा कार्यरत समाजकी संयोजक दिपीका भुसालले नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी मार्फत गुल्मी ईस्मा गाउँपालिका का चार बर्षिय बालक उमेश कुमालको उपचारका लागि ४६ हजार रुपैयाँ सहयोग संकलन गरी पठाउनु भएको हो।

केहि दिन अघि घरको तलाबाट खसेका ति बालक पकाई राखेको दालमा परेर घाइते बनेका थिए। परिवार संग उपचार गर्ने खर्च नभए पछि तम्घास अस्पतालका स्वास्थ्यकर्मीहरुको चन्दा सहयोगमा घाईते बालकको उपचार भईरहेको थियो।

गुल्मीमा उपचार सम्भव नभए पछि ति बालकलाई पाल्पाको मिसन अस्पतालमा भर्ना गरी उपचार गरिएको छ। नेता भण्डारीले नेपाल प्रेस युनियनको सातौँ जिल्ला अबिधेशनको अवसरमा उक्त रकम हस्तान्तरण गरी युनियनलाई बालकको अक्षय कोष स्थापना गर्न लगाउनु भएको छ। बालकलाई अन्यत्रबाट पनि सहयोग जुट्ने क्रम सुरु भएको छ।

दिपिका भुसाल, सरिता बिष्ट, बिबेक अधिकारि, कृष्ण ढकाल, उषा भुसाल, राज छत्कुली, दिपक के सि, नितु कार्की, निर्मला नेपाल, ओबि भुसाल, पबित्र क्षेत्री बजागाई, देबि खरेल, सुमना त्रिपाठी, रानु सुवेदी बस्नेत, सारादा तामाङ, राम ढकाल, ममता बस्नेत, उमा अधिकारी, राजी कार्की, राजु ढकाल, कमला बोहरा, रिता कार्की र रामकृष्ण शर्मा (अस्ट्रेलिया) लगायत दाताहरुको सहयोगमा उक्त रकम जम्मा भएको कुरा संयोजक दिपिका भुसालले बताईन।

पर्वत सेवा समाज आगामी दिनहरुमा पनि सामाजिक सहयोगमा निरन्तर रुपमा लागि पर्ने जनाउदै समाजकी अध्यक्ष मुना भुसालले सहयोगी हातहरु प्रति धन्याबाद ज्ञापन गरिन।

कोई टिप्पणी नहीं