अपडेट

नौटंकी मायाँको चर्चा -एक हप्ता नहुँदै सिर्जनाको च्यानलमा १२ हजार सब्क्राईबर

एक हप्ता नपुग्दै “सिर्जना खत्री” युट्युब च्यानलमा बाह्र हजार सब्क्राईबर र भिडियोमा तीन लाख भ्यु सहित गायिका सिर्जना खत्रीको नयाँ गीत नौटंकी मायाले दर्शकको माया पाइरहेको छ । हाउडे मायाँ, लाहुरे मायाँ पछी अहिले नौटंकी माया बोलको गीत ल्याएपछि मायाका किसिम र प्रकार जाति सबैमा गीत बनाउने र गाउने उनको अभियान अझै अगाडी बढेको छ ।

सिन्धुपाल्चोकमा जन्मेकी एक प्रतिभावान गायिका हुन सृजना खत्री (हाउडेमाया) उनको पहिलो एल्बम हाउडेमाया सार्बजनिक संगै उनी सृजना नाम भन्दा नि हाउडेमाया नामले बढी चिनिने गरेकी छिन ।

लाहुरेमाया बोलका गीत संगै उनले आफ्नै युट्युब च्यानल मार्फत नौटंकि माया नामक गीत बजारमा सार्बजनिक गरेकी छिन । माया प्रेमको शब्द चयन गर्दै माया प्रेममा हुने शंकाको भाबलाई समेटेर माया गर्छु पनि भन्नी टाडा नि जानी के हो के हो हो कि होइन भन्नी भाव गीतमा देखिएको छ ।

माया प्रेमको शब्द चयनमा खप्पिस मानिने हाउडेमायाले नौटंगी मायामा स्वर, शब्द, लय आफैले गरेकी छिन । र्‍यापमा मिस्टर आर जेले साथ दिएका छन । अर्जुन तिवारीले चलाएको क्यामेरालाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन । राजिब समरले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा आचल शर्मा र यसराज गराजको अभिनय रहेको छ ।

कोई टिप्पणी नहीं