अपडेट

पाल्पा सहकारी चोरी प्रयास प्रकरण: अझै पक्राउ परेनन् चोरहरु



पाल्पाको रम्भा गाउँ पालीका हुँगीमा स्थानीय द्वारा संचालित शुभकामना बचत तथा ऋण सहकारी संस्थामा केहिदिन अगाडी चोरीको असफल  प्रयास भएको थियो । तीजको दर खाने दिन अधिकांश गाउलेहरु ब्यस्त हुने र रमाइलोमा भुल्ने समयको दुरुपयोग गर्दै सहकारी फोडेर चोरी गर्न तीनजना चोरहरुले प्रयास गरेको सिसिटिभीको फुटेज सार्वजानिक भएको थियो । चोर हरुले सहकारीको झ्याल फुटाई भित्र प्रवेश गरि वाईफाई राउटर लगायत जिन्सी सामान चोरी गरेका थिए भने नगद चोरी हुनबाट जोगिएको थियो । शुभकामना बचत तथा ऋण सहकारी संस्थामा दुइसय आठ जना सेयर सदस्य रहेका छन् ।

चोरी भएको लामो समय बितिसक्दा समेत अहिले सम्म चोर पहिचान हुन नसक्नु र प्रहरीले चोर पक्राउ गर्न नसकेको कारण गाउलेहरु थप त्रसित भएका छन् । सहकारीमा दैनिक जम्मा भएको रकमको सुरक्षा मात्र होइन व्यक्तिगत सम्पत्तिको सुरक्षा जोखिम समेत बढेको कारण गाउँलेहरु चिन्तित भएका हुन् ।

दिउसोको समयमा घरमा ताला लगाएर खेत बारीमा काम गर्न निस्कन समेत समस्या भएको कुरा स्थानीय हरु बताउछन । सहकारी चोरीमा संलग्नहरु धेरै टाढाका व्यक्ति हुन नसक्ने समेत स्थानीय हरुले आशंका ब्यक्त गरेका छन् । उक्त सहकारीको बारेमा सबैकुरा थाहा पाएका ति चोरहरु पक्कै पनि त्यो गाउँका हरेक घरहरुको बारेमा उत्तिकै जानकार छन् । जुनसुकै समयमा जोसुकैको घरको झ्याल फोड्न या काट्न सक्ने हतियार लिएर हिंडेका चोर बाट गाउँ पुरै अशुरक्षित् हुन पुगेको छ त्यसैकारण पनि गाउलेहरु ले चोर चाडो पक्राउ गर्न माग गरेका छन् ।

सहकारी चोरीमा संलग्न चोरहरुको भिडियो फुटेज समेत लगेर प्रशासनलाई बुझाउदा समेत प्रहरीले अहिलेसम्म चोर पक्राउ गर्न नसक्नु दुखद कुरा हो भन्दै स्थानीयहरु आक्रोशित बनेकाछन । केहि समय पहिला रामपुरको सुरक्षा सहकारीमा पनि यस्तै प्रकृतिको चोरीको घटना घटेको थियो । दुवै चोरी एकै प्रकृतिका भएको कारण चोर हरुको समूह पनि उही हुनसक्ने आशंका प्रहरीले गरेको छ तर अहिलेसम्म अनुसन्धानमै अल्झिएको प्रहरीले चोरहरु पक्राउ गर्न सकेको छैन ।

चोरको पहिचान भईसकेर पनि कहिँ कतै कुनै राजनैतिक स्वार्थका कारण चोरलाई बचाउन पो खोजिएको हो कि भन्ने धेरैको आशंका रहेको कुरा समेत चर्चा चल्ने गरेको उक्त सहकारीका सेयर होल्डर समेत रहेका स्थानीय  ईश्वर काफ्ले ले बताए




कोई टिप्पणी नहीं