अपडेट

द भ्वाइस् अफ नेपालको फिनाले तयारी पुरा


आगामी शुक्रबार कतारमा हुने द भ्वाइस् अफ नेपालको फिनाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ।
शुक्रबार दोहास्थित एसियन टाउन ग्राण्डमल सनैयामा हुने कार्यक्रकको सम्पूर्ण तयारी पुरा भएको यहाँस्थित आयोजक प्रविन गुरूङले  बताए ।
कार्यक्रममा नेपालबाट आउने कलाकारलगाएत सम्पूर्ण अतिथीको बासस्थानदेखि कार्यक्रम अवधिसम्मको सम्पूर्ण ब्यवस्था पुरा भएकोसमेत गुरूङले जानकारी दिए।
त्यसैगरी कार्यक्रमस्थलको सुरक्षादेखि टिकट काउण्टरसम्मको ब्यवस्थापन सकिएको उनले बताए।
गुरूङका अनुसार कार्यक्रम हुने दिनमा १ सय ६० जना कतारी प्रहरी खटिनेछन्।
त्यस्तै गरी कार्यक्रमै सुरक्षाका लागि ३ सय सुरक्षागार्ड हुनेछन्। कार्यक्रमलाई ब्यावस्थित गर्न कार्यक्रम हुने स्थानदेखि सय मिटर आसपासमा पनि सुरक्षा ब्यवस्था मिलाइएको छ ।
त्यस्तैगरी कार्यक्रममा आउने भीभीआईपीका लागि पार्किङको ब्यवस्था गरिएको बताइएको छ ।
फिनालेकै दिनमा टिकट काटेर कार्यक्रमस्थलमा जानेहरु धेरै हुनसक्ने भन्दै सो दिन कार्यक्रमस्थल क्षेत्रमा १ दर्जन टिकट काउण्टरको ब्यवस्था गरिने बताइएको छ ।
त्यसैगरी कार्यक्रममा आउनेलाई नेपाली खानेकुराको परिकारसहित ठाँउ ठाँउमा फुड स्टलसमेत राखिने बताइएको छ ।
त्यसको लागि पनि तयारी भइसकेको छ।
७९ देशका एनआरएन प्रतिनिधि आउँदै
द भ्याइस्को फिनाले कार्यक्रममा ७९ देशका एनआरएन प्रतिनीधि आउने आयोजकले बताएका छन् ।
७९ देशका एनआरएनए प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको गुरूङले  जानकारी दिए ।
त्यसैगरी कार्यक्रममा नेपालबाट धुर्मुस सुन्तली पनि आउने भएका छन्।
बिगतका कमी कमजोरीलाई केलाएर कार्यक्रमको सम्पूर्ण तयारी गरिएको भन्दै यस पटकको कार्यक्रम भब्य हुने आयोजकले दाबी गरेको छ।
हामीले बिगतको कार्यक्रमबाट पाठ सिकेका छौ, के गर्दा राम्रो हुन्छ भन्ने बारेमा सम्पूर्ण जानकारी छ, त्यही अनुसार कार्यक्रमको तयारी गरेका छौं,’ गुरुङले भने।
कार्यक्रममा मुख्य कुरा सुरक्षाको भन्दै उनले पहिलाभन्दा यो पटक सुरक्षामा दोब्बर तयारी गरेका बताए।
कार्यक्रममा आउनेहरूलाई सहजता होस भन्दै हामीले कार्यक्रमस्थलमै नेपाली परिकार पाउने गरी फुड स्टल समेत ब्यवस्था गरेका छौ’, उनले थपे ।
कार्यक्रम हुने हलमै गोरखाली रेष्टुरेण्टले नेपाली परिकार पाउने गरी स्टल राखेको छ, बाँकीले राख्ने तयारी गरेका छन्।
हाल सम्म ३१ बटा श्रृंखलाहरु मार्फत आफ्नो कार्यक्रम द भ्वाइस अफ नेपालको अन्तिम तथा ३२ औँ श्रृंखला कतारको दोहाको एम फि थियटरमा हुने भएको छ । प्रत्यक्ष प्रसारण नेपाली समय अनुसार राती १० बजे कान्तिपुर टि.भी., डिस होमको रमाइलो एच डी तथा द भ्वाइस अफ नेपालको युट्युव च्यानल मार्फत हेर्न सकिने छ । डिसेम्बर १४ मा हुने उक्त कार्यक्रममा पहिलो द भ्वाइस अफ नेपाल छनोट हुनेछन ।
को को छन् फाइनलमा पुग्नेहरू
१. कुशल आचार्य


११/१२ बर्षकै उमेर देखि गाउँदै आएका काकडभिट्टा, झापाका कुशल भ्वाइस अफ नेपालमा आफ्नो कुशल प्रतिभा देखाउँदै आएका छन्।
ग्लोबल गेट इन्टरनेशनल बत्तिसपुतली काठमाडौंमा अध्यनरत आर्चायले देश विदेशबाट निकै सर्मथन पाइरहेका छन्। कोच अभयाका कुशल लामो समयवाट बार, तथा क्लबमा पनि गीत गाउँदै आएका छन्।
कुशललाइ भोटिड़ भोट गर्ने तरिका
नेपालदेखि भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई भोटिङ कोर्ड 14 टाइप गरि 37000 मा सेन्ड गर्नुपर्छ।
नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोगकर्ताले 16667714 डाइल गरि भोट गर्न सक्नु सक्नेछन्।
भारतबाट भोट गर्नेले म्यासेज बक्समा गएर भोटिङ कोर्ड 14 टाईप गरी 53010 मा सेन्ड गर्नुपर्नेछ।
बाँकी विश्वका अरू देशमा हुनेले Android वा Apple को The Voice Of Nepal Apps डाउनलोड गरि Team Abhaya भित्र Kushal रोजी vote गर्न सक्नेछन्।
२. सी.डी. विजय अधिकारी

मदरल्याण्ड स्कुल पढेका पोखराका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा वि.वि.ए. तेस्रो वर्षमा अध्ययनरत छन्। उनी पी एन सी आइडल २०१० को विजेता पनि हुन भने उनी खोजी प्रतिभा २ र प्रथम विग आइकन २०१० मा दोस्रो स्थान हात पारेका थिए।
नेपालदेखि भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई भोटिङ कोर्ड 11 टाइप गरि 37000 मा सेन्ड गर्नुपर्छ।
नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोगकर्ताले 16667714 डाइल गरि भोट गर्न सक्नु सक्नेछन्।
भारतबाट भोट गर्नेले म्यासेज बक्समा गएर भोटिङ कोर्ड 11 टाईप गरी 53010 मा सेन्ड गर्नुपर्नेछ।
बाँकी विश्वका अरू देशमा हुनेले Android वा Apple को The Voice Of Nepal Apps डाउनलोड गरि Team Deep भित्र CD Vijay रोजी vote गर्न सक्नेछन्।
३. सिर्जय थपलिया

विराटनगरको पूर्वाञ्चल विश्वविद्यालयमा बिबिए अध्ययनरत सृजय ब्लाइण्ड अडिसनमा कोच अभायाको मन जित्न सफल देखिए, तर ब्याटल राउन्डमा उनलाई कोच प्रमोदले स्टिल गरेर यहाँ सम्मको यात्रामा निरन्तरता पाएका हुन्।
सिर्जयलाइ भोटिड़ गर्ने तरिका
नेपालदेखि भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई भोटिङ कोर्ड 25 टाइप गरि 37000 मा सेन्ड गर्नुपर्छ।
नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोगकर्ताले 16667714 डाइल गरि भोट गर्न सक्नु सक्नेछन्।
भारतबाट भोट गर्नेले म्यासेज बक्समा गएर भोटिङ कोर्ड 25 टाईप गरी 53010 मा सेन्ड गर्नुपर्नेछ।
बाँकी विश्वका अरू देशमा हुनेले Android वा Apple को The Voice Of Nepal Apps डाउनलोड गरि Team Parmod भित्र shrijaya रोजी vote गर्न सक्नेछन्।
४. सप्तक द्रूतराज

काठमाडौंका सप्तक दुतराज कोच सनुपका प्रतिश्पर्धी हुन्। डन बस्को कलेज पढेका सप्तक हाल ख्वप इन्जिनियरीङ्ग कलेजमा अध्ययनरत छन्।
सप्तकलाइ भोट गर्ने तरिका
नेपालदेखि भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई भोटिङ कोर्ड 23 टाइप गरि 37000 मा सेन्ड गर्नुपर्छ।
नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोगकर्ताले 16667714 डाइल गरि भोट गर्न सक्नु सक्नेछन्।
भारतबाट भोट गर्नेले म्यासेज बक्समा गएर भोटिङ कोर्ड 23 टाईप गरी 53010 मा सेन्ड गर्नुपर्नेछ।
बाँकी विश्वका अरू देशमा हुनेले Android वा Apple को The Voice Of Nepal Apps डाउनलोड गरि Team sanup भित्र saptak रोजी vote गर्न सक्नेछन्।

1


कोई टिप्पणी नहीं