मिनबहादुर गुरुङ जन सम्पर्क समिति हंगकंगका सभापति चुनिएका छन्
मिती:६ जनवरी २०१९ । २०७५ पुष २२ गते
पर्वत जिल्लाको आर्थर डाँडाखर्कमा जन्मिएर
लामो समयदेखि हंगकंगलाई कर्मथलो बनाउदै आएका मिनबहादुर गुरुङ जन सम्पर्क समिति
हंगकंगका सभापति चुनिएका छन् । नेपाल छदै देखि नेपाली कांग्रेसका सक्रिय
कार्यकर्ता रहेका गुरुङ नेपाली कांग्रेस महाअधिवेशनका हंगकंग प्रतिनिधि समेत हुन् ।
यस अघिको कार्यकालहरुमा महामन्त्री हुदै बरिष्ठ उपसभापतिको भूमिका उत्कृष्टता पुर्वक सम्पन्न गरेका
गुरुंगले हंगकंगमा संगठनलाई नया उचाई प्रदान गरिने बताए ।
पच्चीस वर्ष देखि हंगकंग बसोवास गरेका मिन
गुरुङ समाजसेवीका रुपमा पनि चिनिन्छन । पाको उमेर, लामो अनुभव र दिलोज्यानले कांग्रेस
प्रति आफु आस्थावान रहेको कारण पार्टी भित्र कुनै बिमति भए मेलमिलाप र सहमतिका
हिसावले बिबाद हरुलाई निष्कर्षमा पुर्याउने आफ्नो पहिलो दायित्व हुने कुरा समेत
गुरुङले बताए ।
सम्पूर्ण नेपाली कांग्रेसमा आस्था राख्ने
मतदाता साथिहरु, समकक्षि मित्रहरु र सहयोगी हरुलाई धन्यबाद ज्ञापन गर्दै गुरुङले आफु
सधै नेपाली कांग्रेसको ईमान्दार सिपाही रहेको समेत बताए ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें