कतारले फुटवल जितेको खुशीमा समाजसेवी ईश्वर काफ्ले द्वारा विपन्नलाई सहयोग
पाल्पा । पाल्पाली सेवा समाज दोहार
कतारका अध्यक्ष इश्वर काफ्लेको आर्थिक सहयोगमा ९ जना बालबालिकाहरुलाई अध्ययन
सहयोगार्थ आर्थिक सहयोग उपलब्ध गराईएको छ । उनले उक्त रकम इन्सेक पाल्पा जिल्ला
प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना मार्फत उपलब्ध गराएका थिए ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय आउँदा जाडोमा ज्याकेट र जुत्ता समेत लगाउन नसक्ने विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा किन्नका लागि रकम उपलब्ध गराइएको हो । रम्भा गाउँपालिका १ हुँगी घर भई १८ बर्षदेखि रोजगारीको सिलसिलामा कतारमा रहेका इश्वर काफ्लेले रोजीरोटीको जोहो गरिदिएको कर्मथलो कतार एसिएन फुटवलको बिजेता भएको खुशीमा २३ हजार रुपैयाँ उपलब्ध गराएका थिए ।
उक्त रकम खानीगाउँ माध्यमिक विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थी, बगनासकाली गाउपालिका–८ बराङ्दी पाडे गाउका १४ वर्षीय दामोदर पाण्डे र उनका भाई ११ वर्षीय ऋषिराम पाण्डे तथा कालिका आधारभुत विद्यालयका २ जना विद्यार्थीलाई इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना बरांगदीका वडा सदस्य मिनप्रसाद न्यौपाने र पत्रकार दयाराज न्यौपानेले हस्तान्तरण गरे ।
सो अवसरमा खानीगाउँ माध्यमिक विद्यालयकी प्रधानाध्यापक कल्पना कुमारी भुसाल, कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक जीवराज घिमिरेले यसप्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले रोजीरोटीको सिलसिलामा कतारमा रहेका इश्वर काफ्लेले सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा यसप्रकारको सहयोग रहने विश्वास ब्यक्त गरे । पत्रकार दयाराज न्यौपानेले परिवारको खुशीको लागि विदेश गएको छोरोले यसप्रकारको सहयोग गर्नु सराहनीय काम भएको बताए ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें