गायिका इन्दु बानियाँको नयाँ गीत “दिलाराजा दिलारानी” सार्वजानिक
काठमाडौ । गायिका इन्दु बानियाँ नेपाली सांगीतिक धरातलमा स्थापित गायिकाको रुपमा अघि बढेकी छिन् । उनका केही गीतहरु चर्चाको शिखरमा छन् । उनै गायिकाले प्रेम दिवस अर्थात “भ्यालेनटाईन डे” को अवशर पारेर अर्को नयाँ सांगीतिक कोसेली बजारमा ल्याएकी छिन् ।
“दिल राजा दिल
रानी” बोलको उक्त गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । यो
गीतले बजारमा निक्कै सफलता पाउँने अपेक्षा गरिएको छ । म्युजिक भिडियोमा अहिलेका
चर्चित नायक/नायिका पल शाह र आँचल शर्मालाई देख्न सकिन्छ । भिडियो निर्देशन गम्भीर
बिष्टले गरेका छन् भने गीतमा शब्द सुमन श्रापितको रहेको छ । युगल स्वर रहेको गीतको
गायनमा इन्दु बानियाँलाई वि.वि अनुरागीले साथ दिएका छन् । संगीतपनि वि.वि अनुरागी
कै छ ।
उसो त इन्दु बानियाँमा सानै
देखि नेपाली गीत संगीतप्रति विशेष प्रेम र चासो थियो । त्यहि प्रेमले हुनुपर्छ
सानोछँदा देखि नै गीतहरु गुनगुनाइरहन्थिन् विशेषतः अरुणा लामाका गीत भनेपछि
भुतुक्कै हुन्थिन् । तर आफुलाई गायिका नै बन्ने बाटोमा भने हिंड्न अलि ढिलो भएको
उनको बुझाई छ । परिवारलाई छोरीले लोकसेवा पढिदियोस् र सरकारी जागिर खाओस् भन्ने
चाहना थियो ।
परिवारको यस्तै यस्तै चाहना
र आफुले पनि परिवार सामु विद्रोह गर्न नसकेकाले सांगीतिक धरातलमा प्रवेश गर्न अलि
ढिला भएको उनी बताउँछिन् । इन्दुले ‘तिम्रो न्यानो त्यो काखैमा’ बोलको
गीतबाट आफ्नो सांगीतिक करियर शुरु गरिन् । राम अविरलको शब्द तथा सन्तोष श्रेष्ठको
संगीत रहेको उक्त गीतबाट नै उनको स्वरले निकै तारिफ पाउन सफल भयो । त्यसपछि
इन्दुको कर्णप्रिय आवाजले सजिएको ‘सबै गुमाएर बरु’ बोलको गीतको अडियो सार्वजनिक भएसँगै उनको गायकीले निकै तारिफ पायो ।
रेखा कौशल रेग्मीको शब्द
रचनामा रहेको गीतमा इन्द्र जी.सी.को संगित संयोजन रहेको यो गीत सुनेपछि बानियाँको
गायकीमा जो कोही मन्त्रमुग्ध अवश्य बन्नेछन् । पछिल्लो समयमा प्रतिभाशाली उदयीमान गायिकाको
पंक्तिमा दर्ज भएकी गायिका इन्दुको स्वर सजिएको अर्को गीत –‘राम
कसम चट्टै’ पनि चर्चाको शिखरमा छ । गीतको म्युजिक भिडियो
सार्वजनिक भए सँगै गीतले निकै चर्चा पाएको छ ।
यस गीतले नै इन्दुलाई गायनमा
स्थापित बनाएको छ । हुन त संगीतको बाह्रखरी पढ्दै छु तर पनि मलाई यस गीतले
स्रोतामाझ गायिकाको परिचय दिएको छ कुनै घमण्डनै नराखी इन्दु बताउछिन् । बिन्ध्यवासिनी
म्युजिक प्रा.लि.को युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीतमा मनोजराज शिवाकोटीको
शब्द, संगीत रहेको छ । उक्त गीतको म्युजिक भिडियो काजिस
श्रेष्ठले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली
अधिकारीको अभिनय निक्कै रोचक देखिन्छ ।
गीतको भिडियो सार्वजनिक
भएसँगै इन्दुको चर्चामात्र बढेको छैन सफल पनि भएको छ । सोही गीतबाट इन्दु राप्ती
म्यूजिक अवार्ड २०७४ का लागि सर्वोत्कृष्ट नवगायिका महिला सुगम संगीत विधाको
अन्तिम ५ सम्म छानिएकी थिईन ।
गायन क्षेत्रमा प्रवेश गरेको
छोटो समयमा र संख्यात्मक हिसाबले थोरै नै सिर्जना भएता पनि उनका हरेक गीतले चर्चा
र सफलता पाउने गरेकै छन् । पछिल्लो समयमा कृष्ण पौडेलको शब्द र दिपक शर्माको संगीत
रहेको ‘गाई
चराउने पाखैमा’ बोलको गीत रेकर्ड गराएकी इन्दुको बाँचुञ्जेली
नेपाली संगीतमा सक्रिय रहने र रहर योजना छ । उनी सर्बोत्कृष्ट नबगायिका
अवार्डद्धारा सम्मानित भइसकेकी छिन् ।
क्यापिटल इभेण्टद्धारा
आयोजित विशेष समारोहकाबीच गायिका इन्दुलाई उक्त अवार्ड प्रदान गरिएको थियो । विएफ
डियर हिल नेशनल क्यापिटल अवार्ड २०१८ अन्र्तगत मनोनित भएको गाई चराउने पाखैमा
(पहिलो प्रेम) बोलको गितबाट सुगम सङ्गीत तर्फ सर्बोत्कृष्ट नबगायिको अवार्ड
इन्दुलाई दिइएको हो । यस गीतमा गीतकार कृष्ण पौडेलले शब्द रचना गरेका छन् भने स्वर
इन्दुको रहेको छ । संगीत दिपक शर्मा, एरेन्ज उदयराज पौडेल र भिडियो डाईरेक्सन सान्त कुमार
थापा मगरले गरेका छन् ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें