गिजोलिएको लोकभाका : पिपलुलाई बर छ, लय संकलकको नियतमा खोट
अचेल लोक गीतमा
भाका भाँचीन्छन जोडीन्छन/यो चोरी होईन/ पुनर्निर्माण हो भनेर बुझ्नको लागी तलको
उदाहरण पढ्नुहोला । घट्दो सिर्जनशिलता र अरुको नक्कलगर्ने बानीले लोकगीत लाई आपसमै
जेलजाल पारेर अड्काएको छ/ न संकलन गर्न गाउगाउ डुल्ने जाँगर कसैलाई छ, न नयाँ सृजना गर्नकै लागी कोही लागीपर्छ-अन्त्यमा यस्तै गीत जन्मन्छन-
पिपलुलाई बर छ - !!-राम्रो गीतको गीजोलीएको भाका ..!!
१-अली पहिला सुबास केसीको “झमझम पानी परेको रात, त्यसै रात भएँ म बर्बात”
भन्ने गीत सुनें । खत्रा भाका । मदमत्त यौवनले पारेको अफ्ट्यारो
ईत्यादी, गीत सेक्सी र रोमान्चक थियो । भिडीयो खास राम्रो
थिएन, झुरै नभनौं सानो लगानीमा काम चलाउ थियो ।
हालांकी यो “हिक्क पार्नु” वाडुल्की टाईपको स्वर कटाएर गाउनु पनि पुरानै चलन हो । तरिका पुरानो
प्रयोग नयाँ हो । लोक तरीका हो- अग्रज लोक गायक कुमार बस्नेतले गाएको (पछी
धर्मेन्द्र सेवानले रिमीक्स गरेको) बुद्दी परियारको ”हेर्दाआ
रा^आ^म्रो माछा^आ^पुच्छ्रे” मा हिक्क पारेर गाईएको सुन्न सकीन्छ ।
अहिलेको नयाँ प्रयोक गरिएका “चट्ट कट-अथवा छोटो रोकावट”
पनि नजानिदो कीसीमको छोटो हिक्का या बाडुल्कीको छोटो स्वरुप जस्तै
सुनिन्छ ।
३-आज सुमन चापागाईं र सम्झना भण्डारीले गाएको “पिपलु लाई बर छ” सुनें । गीत राम्रो छ । सुमन
चापागाईंले शब्द राम्रो लेखेका छन राम्रै गाएका पनि छन सम्झना भण्डारीको स्वरको
जादु चलेको छ। भिडीयो नेपाली लगानी अनुसार राम्रै बनेको हो । रामजी खाँण र
निरन्जलीले राम्रै नाचेकाछन/भिज्युअल ईफेक्टहरु ठिकै छन ।ड्रेसअप झिलीमीली छ
।खर्चिलो भिडीयो हो ।
तर “पिपलुलाई बर” गीतको
भाका सुन्दा भने सुरुमा झमझम पानी सुनेझैं भयो त्यो कटेपछी ( ए लाईदेउ म^अ^याँ जे पर्छ त्यै टर्छ) भंगेरी चरी सुनेझैं भयो
-यो तरिकालाई लोक सांगीतीक क्षेत्रमा “भाँचेर जोड्ने”
भन्ने चलन छ । हुवहु होईन तर उस्तै उस्तै हुनेगरी तलमाथी पारेर
एरेन्ज गर्दिन्छन अरेन्जरले अनी नयाँ गीत तयार भैहाल्छ ।यो भाका पनि त्यस्तै तानतुन खिचखाच पारेर मिक्समाक्स पारीएको हो ।चोरेको होईन, लोक भाका प्रयोग गर्नु चोर्नु हुदैन, पाईन्छ। तर मिक्स माक्स र भाँचभुच पार्दा पनि अली पुरानो गीत भाँच्नु पर्छ / खेम सेन्चुरीले तात्तातै भाँचेर जोडेको देखीन्छ । खासगरी पुरानो प्रचलन अनुसारको शब्द उच्चारण / माया लाई ‘मयाँ’, पर्याछ, परेको छ लाई ‘परिच्च’ लगायतका उच्चारण हरुले तिब्रता पाईरहेको यो गीतमा पनि सुन्न सकीन्छ । टपरी र लालुमैले सेट गर्दिएको ट्रेण्ड भन्दा फरक पर्दैन।
गड्याँङ गुडुङ् आकाश संगै आथ्यो आँधीबेरी
नसोचेकै घटनाभो एकदिन भेट्दा खेरी..
झम्झम पानी परेको रात.....
यै बेलामा मनको कुरा सुनाम सुनाम लायो
मलाई मन पर्ने मान्छे मेरै छेउमा आयो
पिपलुलाई बर छ.....
अन्तरा भट्याएर सकींदा झमझम पानी
भन्छन की भनेको पिपलुलाई बर छ गाए गायकले / यसो गर्न लोक गीतमा अचेल पाईन्छ किनकी
लोक भाकाको प्रतिलिपी अधिकार कसैमा निहीत हुदैन । यो संगीतकारले रचना गरेको मौलिक
संगीत होईन । संकलन गरेको भाका पनि होईन । भाँचेर जोडेको भाका हो । संकलन गर्न
बाकी भाका नभएर होला अचेल लय संकलक हरुले भाँचेर जोड्छन । चोर्दैनन ।।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें