क्यान्सर पिडित रमेश के.सी को उपचारको लागि सहयोगको अपिल
भनिन्छ नि दीन लागोस तर दशा नलागोस दीन र दशा एकैपटक आइलाग्दा कस्तो हुन्छ होला कल्पना गर्न सम्म डर
लाग्छ । यस्तै माण्डवी गाउँपालिका वाड न.२ ढिकाबन प्युठान निवासी १३ वर्षीय बालक
रमेश के.सी विगत एकवर्ष देखि घाटीको क्यान्सरबाट हस्पिटलको बेडमा जीवन र मिर्त्यु
सँग लडिरहेका छन ।
उनी न त बाबाको मायां पाएको छन न त
आमाको । आमा अर्कै सँग विवाह गरी गएको र बाबाले पनि अर्को श्रीमती लिएर भारतमा
बेपत्ता हूदा पीडितको हजुरबुवाको काधमा सम्पुर्ण जिम्मेवारी रहेको छ । बिमारी बालक
बुबाले अर्कै महिला संग बिवाह गरि घर बाहिर रहेको र आज सम्म सम्पर्कमा न आएको
बुझिन आएको छ । बिमारी छोराको हालखवर सोध्न समेत फोन नगरेको र उपचारमा बाबुले कुनै
सहयोग गरेका छैनन् ।
अहिले सम्म निजको आफन्तीले ऋण धन गरी
जसो तसो उन्को जीवनलाई बचाइरहेको जानकारी आएको छ । अहिले सम्म बाजे रिख बहादुर
छेत्री र बज्यै सावित्र छेत्रीले जसो तसो उपचार गराईरहेका छन् । उनीहरुको आर्थिक
अवस्था एकदमै दयनीय रहेको कारण सहयोग को अपिल गर्नु परेको कुरा सहयोगी मध्यका
श्रीष्टि जीएम र आशा ओलीले बताए ।
आर्थिक हिसाबले पनि अलिक कम्जोर
परिवार भ्एको ले त्यो वालकको जीवनदानको लागि पीडित पक्षले सहयोगको याचना गरिरहेका
छन । त्यसैले सेवा नै धर्म हो भन्छन जति सक्छौ एकदिनको खाजा खर्च कटाएर भए पनि
त्यो बाबुको जीवन दान गरिदिनुहुन अनुरोध छ । इच्छुक सहयोगी मनहरुले तल रहेको
फेसबुकमा इनबक्स गर्नु सक्नुहुन्छ अथवा त्यहा रहेको फोन नम्बरमा सोझै सम्पर्क गर्न
सक्नुहुन्छ ।
सहयोग गर्न ईच्छुक सहयोगीहरुले रमेश
केसी को प्रभु बैंक मा
रहेको बिमारीको दिदि कालिका छेत्री नामको खाता नं -०१७१०७०१२४२७१८०००००१ मा सोझै जम्मा
गरिदिनुहुन समेत अनुरोध गरिएको छ
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें