प्रतिष्ठान भित्र यस्तो मनोमानी, अश्लीलताको आरोप महिला कलाकारलाई मात्र लगाईन्छ
राष्ट्रिय लोक तथा दोहोरि
गीत प्रतिष्ठान नेपालको विधानमा गल्ती गरेको कलाकार सँग स्पष्टीकरण सोध्ने र जवाफ
चित्त नबुझे कारबाही गर्ने प्रावधान पनि छ तर यसको मतलब यो होइन की प्रतिष्ठान
सम्बद्ध हुँ भन्दैमा जसले जहाँ सुकै जो सुकैसंग स्पष्टीकरण माग्न पाइने हुँदैन ।
कलाकारको तालुकवाला
शाखाले हो प्रष्टीकरण माग्ने । जिल्ला, अञ्चल
(हाल प्रान्त), उपत्यका समन्वय, वा
समन्वय मातहतका शाखाले आफू मातहतका कलाकारलाई अफीसीयल स्पष्टीकरण सोध्न सक्छ र
जवाफ चित्त नबुझे कारबाही गर्न पनि सक्छ ।
केन्द्रले आफू मातहतका
शाखालाई समेत कारबाही गर्न सक्छ । कलाकारलाई प्रक्रियागत ढंगल् कारबाही गर्नु भनेर
निर्देशन समेत दिन सक्छ । यसको मतलब गल्ती गर्यो कुनै कलाकारले भने बाटो घाटो
छेकेर ल अव माफी माग भन्न कुनै पनि सदस्य या अध्यक्षलाई विधानले त्यो अधिकार
प्रत्यायोजन गरेको छैन ।
स्पष्टीकरण सोध्ने विषयमा
अध्यक्षले निर्णय लिन सक्छन्, अध्यक्ष स्तरीय या
उपाध्यक्ष अथवा सचिव स्तरीय कार्वाही या निर्देशनका प्रावधान हरू पनि हुनुपर्छ तर
त्यसको आफ्नै तौर तरिका हुन्छ । बैठक बाट पारित हुनुपर्ने या माईन्युटमा नोट
गरिनुपर्ने जस्ता संस्थागत तरिकाहरूलाई पाखा लगाएर कोही कसैले पनि भेटिएको
अवस्थामा स्पष्टीकरण लिन पाउँदैन र दिने मान्छे बाध्य पनि हुँदैन ।
त्यो भन्दा फरक कुरा के
भने विमला विकको हकमा उनले कुनै प्रोडक्सन हाउसको युट्युब च्यानलको लागी त्यो गीत
गाएको देखिन्छ । कार्यक्रम लाइभ थिएन । त्यस्ता द्विअर्थी शब्दहरू बग्रेल्ती
गाइन्छ दोहोरीमा । त्यो प्रत्यक्ष दोहोरीको सुन्दरता पनि हो भनिन्छ । केही शब्दहरू
भल्गर भए पनि युट्युबमा अपलोड गर्नु अगाडी काट्न सकिन्थ्यो तर युट्युब वाला ले
त्यसो नगरेर त्यही शब्दलाई हाईलाईट गकेको देखिन्छ ।
यस हिसाबले सबैभन्दा
पहिला युट्युबरको नियत माथि प्रश्न उठ्नुपर्नेहो । युट्युबर लाई कसैले प्रश्न गर्न
सकेन किनकि उ साहु हो । प्रश्न निर्धो कलाकार माथि थोपरियो र माफी उसैलाई मगाइयो ।
उग्र आलोचना हुन थालेपछी गीत बाट ती शब्द हटाइयो होला अथवा भिडियो डिलीट गरियो
होला ती गौंण कुरा हुन तर नियत पूर्वक युट्युबमा त्यसरी भिडियो हाल्नेलाई बेवास्ता
गर्दै कलाकारको भिडियो त्यसरी सामाजिक सञ्जालमा हाल्नु संस्थागत कमजोरी हो ।
स्पष्टीकरण सोध्ने तरिका
हुन्छन् । लिखतमा जवाफ लिएर उक्त जवाफ चित्त नबुझे कारबाहीमा जाने प्रक्रिया हुन्छ
त्यसको विपरीत भिडियो खिचेर कलाकारको अपमान गर्ने जुन कार्य भयो त्यो निन्दनीय छ ।
त्यसमा स्पष्टीकरण लिनेले दिनेलाई जस्तो व्यवहार गर्पनि हुन्छ जसरी कायल बनाएपनि
हुन्छ भन्ने संस्थागत दम्भ त्यहाँ देखिएको छ जुन सर्वथा गलत हो ।
दोहोरी रेष्टुरेष्टमा
गाइने शब्दहरू, स्टेजमा अग्रज गायक हरूले केही गायिका सँग
गरेका डाईलगवाजी हरूलाई पनि कारबाहीको दायरामा ल्याउने हो भने सिङ्गै लोक दोहोरी
क्षेत्र कारबाहीको भागीदार हुन्छ तसर्थ केही राम्रो काम देखाउने लहडमा जो बाट यो
माफी महाउने काम र रेकर्ड गर्ने काम भयो त्यो कामले सही सन्देश दिन सकेन । म त्यस
किसिमका क्रियाकलाप हरूको विरोध गर्दछु ।
संस्था व्यक्तिगत दम्भ
बाट माथि उठोस् । साहु र मजदुर हरूलाई समान व्यवहार गरोस् । यहाँ सम्म की जब जब
देह व्यापारका प्रसङ्ग आउँछन् तब तब दोहोरी रेष्टुरेण्टको नाम जोडिएर आउँछ । रक्सी
खाएका ग्राहकले दुरब्यबहार गरेका र कलाकारले सहेका बग्रेल्ती कथा हामीले पढेका छौँ
। संस्थाले आफ्ना रेस्टुरेन्ट हरूमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ त्यता नलागेर
यसरी कलाकारको मान मर्दन हुने गरी स्पष्टीकरण लिनु न्याय र तर्कसङ्गत देखीदैन ।
संस्था विधि अनुसार नचलेको हो? भनेर प्रश्न उठाउने
प्रशस्तै ठाउँ हरू छन् ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें