अपडेट

यूएईमा कार्यरत अर्घाखाँची छत्रदेवका युवाहरू द्वारा आगलागी र मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण ।



यूएई यूएईमा कार्यरत अर्घाखाँची छत्रदेव गाउँपालिकाका युवाहरूले आफ्नो गाउँका आगलागी र मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।

अघिल्लो महिना भएको आगलागीका कारण घर गोठ तथा बस्तुभाउ जलेर नष्ट हुँदा समस्यामा परेका छत्रदेव ८ अर्घातोषका गोपाल रिमालको परिवारलाई यूएईमा कार्यरत युवाहरूले ३५ हजार सहयोग गरेका हुन् ।
त्यस्तै उनीहरूले सोही गाउँकै मिर्गौला पीडित १४ वर्षीय मनीषा नेपालीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

छत्रदेव गाउँपालिकाबाट यूएई आएर रोजगारी गरिरहेका युवाहरूको सङ्गठित संस्था बल्कोट दुबई सम्पर्क समिति यूएईमार्फत डेढ सातामा ६० हजार रुपैयाँ सङ्कलन गरेर आर्थिक सहयोग गरेको समाजका अध्यक्ष तुमलाल पाण्डेले जानकारी दिए   

सङ्कलित रकमबाट ६० हजार सम्बन्धित परिवारलाई प्रदान गरिएको र अझै करिब १० हजार रुपैयाँ सङ्कलन गर्न बाँकी भएको र  सो रकम समेत आपतकालिन कोषमार्फत विपदमा परेका परिवारलाई प्रदान गरिने समाजले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल, वडा नम्बर ८ का अध्यक्ष राजकुमार श्रेष्ठ र ३ नम्बर वडाका अध्यक्ष तेजप्रसाद खनालको रोहबरमा समाजका कोषाध्यक्ष नमराज भुसालको उपस्थितिमा मगलबार एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरिएको हो ।





कोई टिप्पणी नहीं