व्यक्तित्व विश्लेषण – प्रकाश सपुत र 'गलबन्दी' गीत
प्रकाश सपूतले भर्खरै बजारमा ल्याएको लोक दोहोरी गीत ‘गलबन्दी’
अत्यन्तै मिठो छ । कहीँ कतै नेपाली दोहोरी संस्कृतिको बारेमा उदाहरण
दिनुपर्यो भने गलबन्दी गीतको उदाहरण दिँदा हुन्छ । एक पटक दोहोरी लाई पाठ्यक्रममा
समावेश गर्ने कार्य सुरुवात भएको थियो तर
गीत उत्ताउलो पर्यो भनेर पछि हटाइयो ।
केही संवाद हरुमा कैँची चलाएर ‘गलबन्दी’ गीतलाई नेपाली दोहोरी क्षेत्रको प्रतिनिधि गीत मान्दै पाठ्यक्रममा समावेश
गर्दा फरक पर्दैन । गलबन्दी गीतले नेपाली लोक सांस्कृतिक परम्पराको प्रतिनिधित्व
गरेको छ ।
गीतको भिडियोलाई परम्परागत रोधीको स्वरूप दिन प्रकाशले सक्दो मेहनत गरेकाछन । परम्परागत रोधिका कतिपय अवस्था र वार्तालापहरुलाई जस्ताको तस्तै उतार्न गरिएको कोशिस सह्रानीय छ । शान्तिश्री परियारको स्वरले गीतलाई न्याय गरेको छ । अन्जली अधिकारीको अभिनय बेजोड छ, लयात्मक रुपमा अन्जलिले बजाएको थपडी र उनको लजालु अभिनयले भिडियोमा प्राण भरेको छ । कथाबस्तुलाई अन्य गीत संग जोडनको लागि भिडियोलाई तन्काउदा केहि लामो जस्तो देखिन्छ तर बीच बिचका मनोरन्जनात्मक वार्तालाप हरुले भिडियो बिचैमा छोडेर बन्दगर्न दिदैनन । भिडियोको लम्बाई हेर्दा यदि पुरा भिडियो हेरिदिए दर्शक ले भने रिलिजको ७२ घन्टामा गीत ट्रेन्डको एक नम्बरमा पुग्न सक्छ।
गीतको भिडियोलाई परम्परागत रोधीको स्वरूप दिन प्रकाशले सक्दो मेहनत गरेकाछन । परम्परागत रोधिका कतिपय अवस्था र वार्तालापहरुलाई जस्ताको तस्तै उतार्न गरिएको कोशिस सह्रानीय छ । शान्तिश्री परियारको स्वरले गीतलाई न्याय गरेको छ । अन्जली अधिकारीको अभिनय बेजोड छ, लयात्मक रुपमा अन्जलिले बजाएको थपडी र उनको लजालु अभिनयले भिडियोमा प्राण भरेको छ । कथाबस्तुलाई अन्य गीत संग जोडनको लागि भिडियोलाई तन्काउदा केहि लामो जस्तो देखिन्छ तर बीच बिचका मनोरन्जनात्मक वार्तालाप हरुले भिडियो बिचैमा छोडेर बन्दगर्न दिदैनन । भिडियोको लम्बाई हेर्दा यदि पुरा भिडियो हेरिदिए दर्शक ले भने रिलिजको ७२ घन्टामा गीत ट्रेन्डको एक नम्बरमा पुग्न सक्छ।
प्रकाश सपुतका बारेमा:
नेपाली लोक साङ्गीतिक क्षेत्रमा आफ्नो बहु प्रतिभा प्रस्तुत
गर्न चाहने कलाकार हुन प्रकाश सपुत । कहिलेकाहीँ उनको प्रस्तुति हेर्दा आफ्नो
वास्तविक खुबी नचिनेर अथवा आफ्नो कलाकारिताको बिट पत्ता नलागेर भट्किएका हुन कि
जस्तो पनि लाग्छ । हुन त कलाकारले कुनै निश्चित क्षेत्रमा या निश्चित धारमा मात्र
आफ्नो कला प्रस्तुत गर्नुपर्छ भन्ने छैन तर कला क्षेत्रमा सक्रिय अधिकांश कलाकारको
आफ्नो पहिचान भने हुने गरेको छ । हरेक कलाकारले यौटा निश्चित तरिकालाई आफ्नो
पहिचान बनाउने गरेका छन् ।
सपुतको हकमा त्यो पाटो भने कतै छुटेको आभास हुन्छ । त्यसलाई
छिट्टै चर्चित हुने चाहानाले बाटो बिराएको भन्न मिल्छ किनभने त्यो कुरा उनले पटक
पटक स्वीकार पनि गरेका छन् । जस्तै कि लोक ब्याटल भन्ने गीत गरेर मैले गल्ती गरेँ
भनेर उनले सार्वजनिक रूपमा माफी पनि मागे र लोक संस्कृति माथि आफू र आफ्नो सृजना
मार्फत पुगेको क्षतिपूर्ति स्वरूप आफूले बोलमाया गीत ल्याएको सार्वजनिक अभिव्यक्ति
पटक पटक दिए फेरी पनि उनी आफ्नो क्रियाकलाप गलत थियो भन्ने मान्यतामा अडिइरहन भने
सकेनन् । उनले बोलमाया गीतबाट पाएको वाह वाहि र तारिफ लगेर ब्याटल दुईमा खन्याए र
फेरी अग्रजको गाली खाए ।
मैले पहिलो ब्याटल सार्वजनिक हुने बित्तिकै लेखेको ब्लगमा
प्रकाश सपुतले समातेको धार लाई नेपाली लोक साङ्गीतिक क्षेत्रको ‘चुलबुले
धार’ भनेर व्याख्या गरेँ किनभने एक त उनको कलाकारितामा
प्रवेश र साधना अनि सङ्घर्षको समय लामो भइसकेको छैन अर्को के गरु कसो गरु र कसरी
छिट्टै चर्चामा पुगु भन्ने हुटहुटिले उनलाई ब्याटल तर्फ डोर्याएको हो भन्ने मेरो
निष्कर्ष थियो । र अहिले पनि मेरो बिचारमा म अडिग छु । दोहोरी बाट पप ब्याटल तर्फ
उन्मुख हुदै गरेको तर त्याहा सम्म पुग्न नसकेर बीच बीच तिरै अड्किएको जस्तो थियो
त्यो ब्याटल त्यसैले पनि मैले त्यस किसिमले व्याख्या गरेको थिएँ ।
सपुतले च्यानलबाट उक्त गीत हटाएको हल्ला चल्यो । उनलाई गीतमा
सुधार गर्न लगाइयो भनियो ती तमाम कुराहरूको मैले विरोध गरेँ किनकि यौटा कलाकारले गरेको
सृजना ‘जस्ताको
तस्तै’ दर्शक श्रोताले सुन्न र हेर्न पाउनुपर्छ भन्ने मेरो
मान्यता सुरु देखिकै हो । सुधार गरेर ल्याएपनि ब्याटल प्रतिको सपुतको पश्चात्ताप
कम भएन त्यसैले उनले ब्याटल बाट गरेको गल्ती सुधार्न बोलमाया गीत गरेको घोषणा गरे
जुन सर्वाधिक चर्चित समेत बन्यो ।
अब प्रश्न उठ्छ उनले
किन फेरी ब्याटल दुई गीत गरे त ? अमेरिकाबाट अग्रज लोक कलाकार मीन दर्लामी
कमेन्ट गर्छन् ‘प्रकाश सपुत भाइले बोलमाया, गलबन्दी जस्ता गीतबाट पाएको सह्राहनालाई मायालाई किन ब्याटल जस्तो गीतमा
लगेर खन्याउँछन्” ? दर्लामीको चासो ठिक थियो । एकजना अनुज
कलाकारले समाजको नजरमा ‘अरे वाह’ भन्ने
सृजना मात्र ल्याओस् भन्ने चाहाना राख्नु स्वाभाविक हो तर ब्याटल दुईको बारेमा
मेरा आफ्नै केही तर्कहरू छन् ।
ब्याटल दुई गीत त आउनै पर्थ्यो त्यसैले आयो किनभने एक जना
कलाकार आफैले गरेको सृजनाबाट बटुलेको वह-वाह को भोको भई रहन्छ जिन्दगी भरी ।
ब्याटल एक कतिले मन पराएनन् होला तर सपुतलाई अर्को ब्याटल गरुन् भनेर उक्साउने
दर्शक को सङ्ख्या लाखौँमा थियो । पहिलो कुरा त्यो समूहका दर्शकहरूको माग र दोस्रो कुरा डिजिटल प्लेटफर्मबाट अत्यधिक भ्यु
जाँदा आउने आर्थिक लाभ यी दुई कुराले ब्याटल दुई गीत ल्याउनको लागी भूमिका खेलेका
हुन र यी दुई सहायक कारण मात्र हुन मुख्य कारण भनेको उनको सिर्जना नै हो जुन उनले
मनमनै रचना गरे र त्यसलाई बजारमा ल्याई छाड्ने अठोट गरे त्यो अठोट पहिलो कारण हो
भन्ने म मान्दछु ।
ब्याटल दुई पछि सपुतमा पहिलो ब्याटल पछिको जस्तो बेचैनी
देखिएको छैन । उनी ढुक्क छन् र भनिरहेछन् ‘ब्याटल गरेर मैले गल्ती गरेको छैन’
यही कुरा मैले पहिलो ब्याटल मै भनेको थिएँ जुन कुरामा उनी आफै अडिग
हुन सकेका थिएनन् । पहिलो ब्याटल पछि बोलमाया र दोस्रो ब्याटल पछि गलबन्दी ल्याउनु
उनको त्यही ‘क्षतिपूर्ति’ वाला थ्यौरि
बाट उनी प्रभावित भएका हुन भने त्यस्तो थ्यौरी बाट उनी चाडै बाहिर निस्कनु पर्छ ।
म अरू भन्दा फरक छु, कोमल दिल भएको छु, गाली या आलोचना बाट दुखी हुने प्रकृतिको मान्छे हुँ भन्ने गर्छन् सपुत ।
हो कलाकार हरू भावुक हुन्छन् । कोमल हुन्छन् अझ कसै कसैले त पागल हुन्छ कलाकार
भन्छन् त्यो सबै कुरामा सपुत कता फिट हुन्छन् त्यो समयले बताउला तर गरिबी, अशिक्षा, अपुग, दुख, साना साना खुसीहरू लगायत आम नेपालीको साधारण जिन्दगीबाट माथि उठ्दै गरेका
कलाकार भएको कारण उनले आफ्नो धरातल पक्कै बिर्सने छैनन् भन्ने मेरो आशा हो –तर कहिलेकाहीँ उनला गीतको आलोचना हुँदा उनले देखाउने रवैयाले भने सफलताले
उनलाई स्वाँठ बनाउँदै लागेको त होइन भन्ने आभास पनि बनाउँछ जे होस् उनले आफ्नो
पृष्ठभूमि नभुली नेपाली साङ्गीतिक जगतलाई नयानायाँ सृजना प्रदान गरेर उनी आफै पनि
नेपाली कला क्षेत्रको नक्षत्रको रूपमा चम्किने छन् भन्ने कुरामा म आशावादी छु ।
–
सपुतलाई गलबन्दी गीतको सफलताको शुभकामना ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें