अपडेट

पाल्पाली सेवा समाज कतारको छैटौं साधारणसभा सम्पन्न ,अध्यक्षमा महल केसी


अर्जुन पौडेल, दोहा, कतार ; 
पाल्पाली सेवा समाज दोहा कतारको छैटौं साधारण सभा सांगीतिक तथा कलाकार सम्मान कार्यक्रम कतारमा सम्पन्न भएको छ । संस्थाको साधारण सभा शुक्रबार कतारको सनैया स्थीत अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा सम्पान भएको हो l
समाजका अध्यक्ष ईश्वर काफ्लेको अध्यक्षता तथा वरिष्ठ कलाकार तथा चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा कतारका भिभिन्न संघ सस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्थी रहेको थियो l
कार्यक्रममा कतारमा रही सामाजिक अभियानमा सक्रिय ब्यक्तित्व, विभिन्न सामाजिक संस्थाहरुका नेतृत्वकर्ता लगायतले शुभकामना दिएका थिए । रमेश कनौजेको संचालनमा संचालित कार्यक्रममा राष्ट्रिय  कलाकारहरु नारायण रायमाझी, मञ्जु पौडेल शिरिष देवकोटा, बिक्रम परियार र सपना ढेंगाले आ–आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा कतारमा रहेका पाल्पालीहरुले रोपाई नाच समेत प्रस्तुत गरेका थिए ।
साधारणसभाले कतारमा आफ्नै व्यवसायमा सक्रिय रही सामाजिक अभियान चलाउँदै आएका युवा समाजसेवी महल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा शेख अब्दुल, द्धितिय उपाध्यक्षमा ढकेश्वर भण्डारी, महासचिवमा रामलाल खाती, सचिवमा अर्जुन पाठक, कोषाध्यक्षमा सन्तोष काफ्ले, सहकोषाध्यक्षमा ऋषिराम श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कमल केसी, धिरज प्रसाई, आल बहादुर गाहा, दामोदर पाण्डे, सोम बहादुर श्रेष्ठ, जनक खाँण, रामचन्द्र पाठक, तोया श्रेष्ठ, पशुपति राना, राजेन्द्र काफ्ले, बलराम भट्टराई, बिष्णु प्रसाद सुवेदी रहेका छन् ।
नव निर्वाचित पदाधिकारीहरुलाई संस्थाका पूर्व अध्यक्ष लिलम चिदी लगायतले सपथ गराएका थिए । सन् २००७ मा स्थापित यो संस्थाले कतार र नेपालका समेत बिभिन्न रचनात्मक अभियान चलाउँदै आएको छ।

संस्थाका निवर्तमान अध्यक्ष ईश्वर काफ्ले पाल्पालीले आफ्नो कार्यकाल सम्पन्न गरि नयाँ कार्यसमितिलाई संस्था हस्तान्तरण गर्न पाउदा आफु अत्यन्तै हर्षित भएको बताउदै संस्थाले आगामी दिनमा समेत पुराना सेवामुखी कामहरुलाई निरन्तराता दिदै नया क्षेत्रमा पनि सहयोगको दयारा फराकिलो पार्ने कुरामा आफु विश्वस्त रहेको कुरा ब्यक्त गरे। 

संस्थाका नव निर्वाचित अध्यक्ष महल केसीले 'सौहार्द वातावरणमा निस्वार्थ समाजसेवा र नेपाली एकता' मा आफुहरु प्रतिवद्द रहेको जनाउदै पाल्पा बाहिरका क्षेत्रमा पनि आवस्यकताको अवस्था हेरेर आफुहरु सेवाको लागि पुग्ने दृढता ब्यक्त गर्दै नयाँ कार्यसमितिमा आफुले प्राप्त गरेको जिम्मेवारीलाई सफलता पुर्वक पुरा गर्न आफु  प्रतिवद्द रहेको जनाए    
अन्त्यमा नेपाल बाट आमन्त्रित् कलाकार हरु साथै पत्रकार तथा पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, न्युज २४ टेलिभिजनका पत्रकार एवम् मोडल कृष्ण पाण्डे, तिलु शर्मा पौडेल लगाएत बिभिन्न सहयोगी हरुलाई खादा तथा सम्मपनपत्र द्वारा सम्मान गरिएको थियो l

कोई टिप्पणी नहीं