वैदेशिक रोजगारीमा महिलाको शोषण : को कति जिम्मेवार
घटना २: केही दिन अगाडी सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सअप
लगायतका आन्तरिक च्याट रुम हरूमा एक जना अधबैँसे देखिने नेपाली महिलाको
अश्लील भिडियो भाईरल भयो । उनी एक जना बङ्गलादेशी मान्छे सँग नेपाली लवज मिसिएको
हिन्दी भाषामा बोलिरहेकी थिइन र शारीरिक सम्पर्कको अवस्थामा थिइन । चल्तीको भाषामा
भन्नुपर्दा आपत्तिजनक अवस्थामा थिइन । युएईका धेरै मान्छे हरूले चिन्ने ती महिला
स्वेच्छाले शारीरिक सम्पर्क गरिरहेको उनको वार्तालाप र क्रियाकलाप ले बताइरहेको
थियो । उनीसँग सहवासरत पुरुष भने उनको अश्लील भिडियो बनाई रहेका थिए । सहवासमा ती
महिलाको आपत्ति नभएपनि भिडियो खिचेकोमा भने उनी विरोध गरिरहेकी देखीन्छीन । जानकार
हरू उनीहरूका आमाछोरी नै दुबईमा कार्यरत रहेको बताउँछन् । ती महिलाकी छोरी बिदामा
नेपाल फर्केको समयमा उनको त्यो आपत्तिजनक भिडियो सार्वजनिक भएको थियो ।
घटना ३: दुबई सहरका केही बुद्धिजीवी हरू, सामाजिक सङ्घ संस्थामा आबद्ध नागरिक अगुवा हरू लगायत
केही युवती हरू समेत पिकनिकको लागी कुनै स्थानमा पुगे । त्यहाँ उनीहरूले मादक
पदार्थ सेवन गरे । पुरुषको तुलनामा महिला हरूलाई नसा बढी लाग्यो । त्यसपछि त्यहाँ
अश्लील हरकत हरू हुन सुरु भए । एक जना युवती सँग फरक फरक युवा हरूले हातपात गरिरहे
। त्यही समूहका कोही फेरी त्यही गलत हरकतको भिडियो खिचिरहे । नसाकै हालतमा भिडियो
एक जना बाट अर्कोमा सर्दै गई रह्यो । गण्यमान्य नेपाली अनुहार हरू समेत आलोचनाको
सिकार हुनुपर्यो । त्यस्तै काण्डमा एक जना भुर्तेल थरका व्यक्ति युवती सँग
आपत्तिजनक अवस्थामा पिकनिक स्पटको केही दुरीमा फिचर हुन पुगे अहीले दुबईको त्यो
डाँडोको नाम नै भुर्तेल डाँडोको नामले नेपाली हरू बिच कुख्यात हुन पुगेको छ ।
घटना ४: दोहाको कर्नेस बाट नजिकैको
एउटा पुरानो खण्हरमा मंगोलीयन अनुहार भएकी युवतीको अर्धनग्न लास फेला परेको हल्ला
चल्यो । लास नेपाली या फिलिपीनो युवतीको हुन सक्ने अनुमान हरू लगाइए । केही समय
पछि त्यो लास नेपाली युवतीकै भएको उनी पाकिस्तानी पुरुष सँग लिभीङ टुगेदरमा रहेको
र पाकिस्तानी घर फर्कने दिन बेलुका उनी भेट्न पुगेको, त्यहीँ उनको हत्या भएको र अहीले उक्त ब्याक्ती
पाकिस्तान पुगी सकेको हल्ला भित्र भित्रै जोडतोड सँग चल्यो । त्यही टोलमा बस्ने
नेपाली हरूले जनाए अनुसार कुनै न कुनै युवतीको मृत्यु भएको त पक्कै हो तर को
त्यसरी मारियो किन मारियो भन्ने कुरा सम्म आधिकारिक रूपमा बाहिर आउन सकेन । हल्ला
बिस्तारै सेलाउँदै गयो र हरायो ।
माथि उल्येखित प्रतिनिधि घटना हरूमा कुनै न कुनै रूपमा महिला हरू
पीडित नै भएको देखिन्छ ‘महिला माथि शोषण’ यो शब्द सुन्ने
बित्तिकै हाम्रो दिमागमा एक किसिमको चित्र घुमिहाल्छ । स्वदेशमा होस् या विदेशमा
महिला माथि भएका शोषणले हामीलाई भावुक बनाउँछ । दैनिक हामी हरू पत्रपत्रिकामा
पढिरहेका हुन्छौँ अथवा मिडियामा कतै लाइभ भिडियो कल हरू भइरहेको देखिरहेका हुन्छौँ
। प्रायः जसो खाडी मुलुक या अन्य ठाउँमा महिला हरू शोषणमा परेका र पीडित भएका
समाचार हरू अईरहेकै हुन्छन् । त्यस्तो दिन सायदै होला जुन दिन महिला पीडित भएको
समाचार बाहिर न आएको होस् ।
शोषण महिला माथि मात्र होइन पुरुष माथि पनि भएका हुन्छन् तर ती शोषणका
घटनाहरू बाहिर आउदैनन या बाहिर आएपनि शोषित पुरुषको कथा महिलाको जस्तो कारुणिक
लाग्दैन किनकि महिला शोषण सँगै यौन शब्द पनि सँगसँगै जोडिएर आउँछ । महिला शोषणमा
परेपछि पक्कै त्यहाँ यौन शोषण पनि भयो होला भन्ने अनुमान मात्रले हामीलाई बढी दुखी
बनाउँछ ।
खाडीमा हुने श्रम शोषण :
भिजीट भिसामा खाडी मुलुक जान बन्देज लगाएको छ नेपाल सरकारले । त्यसका आफ्नै
कारण हरू छन् । किन बन्देज लगाइयो अथवा बन्देज लगाउन पर्ने अवस्था कसरी निर्माण
भयो या यस किसिमको बन्देजले फाइदा या बेफाइदा के गर्यो भन्ने प्रश्न आफैमा जटिल छ
। विचौलीया या दलाल हरूले काममा लगाइदिने प्रलोभन दिएर गरिरहेको महिला तस्करी लाई
रोक्न र सोझा साझा जनता हरू लाई ठगिन बाट जोगाउनको लागी सरकारले त्यो किसिमको
बन्देज लगाएको हो । बन्देज लगाउन पर्ने त्यो बाहेक अरू कुनै कारण देख्दैन ।
सरकारले जसरी आफ्ना नागरिकको सुरक्षा हुने देख्यो त्यही गर्यो त्यो बन्देज को
विरोध गरिरहनु पर्ने आवश्यकता पनि देखिएन ।
तर के उक्त वन्देजलेपुर्णरुपमा विदेश जान चाहेका हाम्रा नागरिकहरू
सुरक्षित भए त ? अथवा महिला हरूको तस्करी रोकियो त? यो कुरा भने यद्यपि बहसकै विषय बनेर रहेको छ।
नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर वैदेशिक रोजगारीमाखाडी मुलुक
गएका युवती हरू यौन शोषणको मामलामा ९९ प्रतिशत सुरक्षित छन् । उनीहरूको श्रम शोषण यदाकदा सुनिने गरेको छ
त्यो किसिमको श्रम शोषणमा नेपाल स्थित म्यानपावर कम्पनी हरू पूर्ण रूपमा जिम्मेवार
हुन्छन् । कागजमा लेखिएको बाहेक थोरै तलब सुविधा दिनु तोकिएको काम बाहेकको अर्को
काममा लगाउनु श्रम शोषण हो । त्यसो गर्न पाइँदैन तर जाली कागज हरू बनाएर नेपाली
म्यानपावर कम्पनी हरूकै मिलेमतोमा नेपाली हरूको श्रम शोषण हुने गरेको तथ्य लुकेको
छैन । तोकिएको भन्दा थोरैको एग्रिमेन्ट गराउने या नेपालमा गरिएको त्रिपक्षीय
सम्झौता पत्र लाई फेरबदल गरेर तलब घटाएर अर्को सम्झौता गराउने चलन व्यापक रूपमा
रही आएको देख्न सकिन्छ । खास गरी खाडीका सरकारी कागजात हरूमा कम्पनी हरूले निकै
न्यून तलब देखाउने गरी कागज हरू पेस गर्ने गर्दछन् जसबाट आप्रवासी कामदार हरू
शोषित हुन्छन् । यो अवस्था लाई श्रम शोषण
अन्तर्गत परिभाषित गर्न सकिन्छ ।
खाडीमा हुने यौन शोषण : खाडीमा घरेलु कामदार लाई छोडेर अरू संस्थागत
कम्पनी हरूमा काम गरिरहेका कुनै पनि महिला कर्मचारी लाई कसैले पनि शारीरिक रूपमा
शोषण गर्न सक्दैन । हुन त शारीरिक शोषणको परिधि निकै व्यापक छ तर पनि शारीरिक
सम्पर्क या सहवास लाई आधार मानेर शोषण लाई हेर्दा खाडीमा संस्थागत कम्पनी हरूमा
काम गर्ने कुनै पनि कामदारलाई कसैले पनि त्यो कुरामा बाध्य बनाउन सक्दैन ।
प्राय:कार्यालय हरूका हरेक छेउ कुना क्यामराको निगरानीमा हुन्छन् । सुरक्षाको कडा
व्यवस्था र खाडीको कानुन सँग लाग्ने डर नै त्यहाँ महिला सुरक्षित हुने मुख्य आधार
हो । शारीरिक शोषणको उजुरी मात्रले हुने बर्बादीको त्रासको कारण पनि खाडीमा कुनै पुरुषलेकुनै
महिला लाई सोझो आँखाले हेर्न सक्दैनन् ।
त्यसमाथि कार्यक्षेत्रमा हुने दुर्ब्यबहार अथवा संवेदनशील अङ्गमा छोएर
गर्ने दुर्ब्यबहारका कुरा र बलात्कार गर्ने कुरा असम्भव प्राय: नै हुन । ठुला
कार्यालयका अधिकांश क्षेत्रहरू चौबिसै घण्टा क्यामराको निगरानीमा हुन्छन् र निवास
स्थानको सुरक्षा व्यवस्था कडा पारिएको हुन्छ । बाहिर जाने आउने समय तय गरिएको
हुन्छ । अनुशासनको एउटा दायरा तोकिएको हुन्छ । त्यत्ति हुँदाहुँदै पनि खाडीमा
बलात्कार हरू हुँदै हुदैनन भन्ने होइन । शोषण हुँदै हुँदैन भनेर ठोकुवा गर्न
सकिँदैन । खाडीमा पनि हुन्छ शोषण तर त्यसको लागी कसले नियम मिच्यो र को कति
जिम्मेवार हो भनेर विहीन अध्ययन हुनु जरुरी देखिन्छ । खाडीको नियम र सामाजिक परिधि
ननाघ्ने र नेपाल सरकारका वैदेशिक रोजगारीका नियम हरू उल्लङ्घन नगर्ने अनि आफ्नो
अनुशासन या एउटा सामाजिक लक्ष्मण रेखा ननाघ्ने हो भने कुनै पनि नेपाली नारी खाडीमा
यौन दुर्ब्यवहार या शोषणमा पर्नु असम्भव प्राय नै छ ।
खाडी मुलुक मध्येको सबैभन्दा उदार र विकसित देश युएईका दुबई अवुघावी
लगायत सहर हरू युरोप जत्तिकै विकसित भइसके र त्यहाँको समाज पनि युरोपियन समाज
जत्तिकै खुल्ला हुने क्रममा छन् । यद्दपी विवाह भन्दा बाहिरको सहवास लाई मुस्लिम
समाजले कदापि मान्यता दिनेछैन । तर पनि ती देश हरूमा नेपाली लगायत अन्य मुलुकका
महिला पुरुष हरू विवाह पूर्व या विवाहेत्तर रूपमा सँगै बसिरहेका समाचार हरू
आईरहन्छन बेला बेलामा । नेपाली हरू त्यस्तो कडा कानुन भएको ठाउँमा पनि कसरी अवैध
सम्बन्ध बनाएर बस्न सके त ? कुरा प्रस्ट छ, हामी हरू कतै न कतै सामाजिक
मूल्य मान्यता लाई अटेर गरिरहेछौँ र आफ्नो स्वच्छन्दताको लागि अरूको देशको कानुन
समेत पालना गरिरहेका छैनौँ ।
आफ्ना नागरिकको बिबाहेत्तर सम्बन्धको लागी खाडीको कानुन जति कडा रूपमा
लागु हुन्छ आप्रवासी हरूको लागी केही खुकुलो भएको कारण नै त्यस्ता सम्बन्ध हरू
मौलाउँदै गई रहेका छन् । अथवा उजुरी गरिदिने अथवा उजुरी पर्ने सम्भावना न्यून
रहेकै कारण त्यस्तासंबन्ध हरू मौलाउँछन् । पक्राउ परेमा कानुन त सबैको लागी बराबर
नै हो । पक्राउ नै नपर्ने खुराफाती आइडियाले दुबईमा धेरै जोडीहरू सुरुमा रमाएर
बस्छन् तर कैयौँ को सम्बन्ध शोषणमा पुगेर टुंगीन्छ । सामाजिक परिधि र नियम
उल्लङ्घन गरेको कारण सामान्य र राम्रा व्यक्तिगत सम्बन्ध हरू पनि कालान्तरमा
शोषणको रूपमा बाहिर आउँछन् । मन मिलुन्जेल
राम्रो भएको मेलमिलाप पूर्ण सम्बन्ध हरू समेत मनमुटाब सँगै दुर्ब्यबहार मा परिणत
भएको देख्न सकिन्छ ।
यो अचम्म लाग्दो कुरा हुँदै होइन । धेरै त्यस्ता क्षेत्र हरू छन् जहाँ
सहजताको लागी अथवा काम गरेको क्षेत्रमा टिकीरहनकै लागी महिला हरूले आफ्नो अस्मिता
सँग सम्झौता गर्नपरिरहेको छ । त्यस्ता सम्झौता हरूलाई सहजताका साथ लिने र आफ्नो
फाइदाको लागी प्रयोग गर्न नहिच्कीचाउने महिला हरू पनि भेटीन्छन समाजमा जसले
त्यस्ता सम्बन्ध हरू लाई आफू अनुकूल प्रयोग गरिरहेका हुन्छन् त्यो अवस्थामा त्यहाँ
शोषण भएको हुन्छ भन्न सकिँदैन । उनीहरूले आफूमा रहेको त्यस्तो शक्ति या सम्पत्तिको
प्रयोग गरेर प्रगतिका सिँढी हरू चढ्नु लाई आफ्नो सफलता मान्छन् । उनी हरूको हकमा
त्यो यौन प्रस्ताव यौटा अवसर बनेर आउँछ र त्यो अवसरको उपयोग उनीहरू आफ्नो हित
अनुकूल हुने गरी गर्छन् । त्यो उनीहरूको व्यक्तिगत अधिकार र स्वतन्त्रताको कुरा
मान्नु पर्छ ।
विदेशमा पुगेर शोषणमा पर्न सक्ने सम्भावना हरूको बारेमा सरकार जति सजग
छ त्यति नै जिम्मेवार विदेश जान चाहने महिला हरूले पनि बन्नुपर्ने हुन्छ । यदि
अनुशासनले शोषित हुन बाट जोगाउँछ भने शोषणमा परिसकेपछि पछुताउनु भन्दा आफै अनुशासित
हुने तर्फ बिचार पुर्याउनु पर्ने देखिन्छ
।
~दुर्गा पंगेनी
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें