गीता राई र सगुन श्रेष्ठ अभिनित तीज गीतको म्युजिक भिडियोको सुटिङ हिजो सम्पन्न
चर्चित मोडल द्वय गीता राई र सगुन श्रेष्ठ अभिनित तीज गीतको
म्युजिक भिडियोको सुटिङ हिजो सम्पन्न भएको छ । बिष्णु न्यौपानेको शब्द र लयमा तयार
गरिएको सो तीज गीतमा लोक गायिका सुनिता सुनार र गायक खेमराज पौडेल ले स्वर दिएका
छन ।
बसन्त लामाको निर्देशान् र बिष्णु सेवाले छायांकन गरिएको उक्त
भिडियो चितवनको चोक बजार स्थित रोयल बेंकेट पार्टी प्यालेशमा छायांकन गरियोको थियो
।
एक जमना म्युजिक भिडियो तर्फ बलियो खम्बाको रुपमा आफुलाई
स्थापित गराइ सकेका मोडल सगुन श्रेष्ठ र झन्डै सात सय
मुजिक भिडियोमा अभिनय गरी सकेकी चर्चित मोडल गीता राई लाइ यो गीतमा कम्मर मर्काउदै
गरेको देख्न सकिनेछ ।
बाह्रसय भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय तथा तीन चार
सय म्युजिक भिडियोको निर्देशन गरी सकेका चर्चित मोडल सगुन श्रेष्ठले यो गीतमा
भरपुर मेहनत गरेको बताए ।
गीता राइले अभिनय गरेका तिते करेलीले, झिम झिम
सानु, पछेउरी लेउ बैना, निस्ठुरी
मायालु, जस्ता दर्जनौ गीत हरु सुप्पर हिट भएका थिए भने सगुन
श्रेष्ठ द्वारा अभिनित, छम छम पाउजुले, डाँडै काटी जाउ बरु निर्माया, यो मोबाइल फोनले,
स्याङजालीलाइ नभन झाली, बोले हुन्छ बरु मुख
खोलेर, साइनो लाइदेउन, बोले हुन्नर,
सिलाइदिउला भोटो, जाम त भने बनको बाटो,
हिमाल राम्रो हिउले जस्ता दर्जनौ गीतहरु सुपर हिट भएका थिए ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें