अपडेट

‘एनआरएन’ कतारको द्धितीय उपाध्यक्षमा ईश्वर काफ्लेको उमेद्वारी


काठमाडौँ । गैर आवासीय संस्था एनआरएन’ कतारको अब हुन गइरहेको ८औँ अधिवेशनमा समाजसेवी ईश्वर काफ्लेले द्धितीय उपाध्यक्षमा उमेद्वारी दिएका छन् । पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा जन्मिएका काफ्ले बिगत १८ बर्ष अघिदेखि कतारलाई कर्मथलो बनाउँदै आएको जानकारी दिएका छन् । विदेशमै रहेर पनि उनि विभिन्न संघ संस्थामा आबद्ध भएर धेरै ठाउँमा सहयोग गर्दै आएका छन् ।


उनले गरेका सामाजिक कामलाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुले मुल्यांकन गरिरहेका छन् । यसै क्रममा गैर आवासीय संस्था एनआरएन कै द्धितीय उपाध्यक्षको पदमा रहेर अझै पिछडीएका विभिन्न वर्गलाई सहयोग गर्ने चाहनाले उमेद्वारी दिएको काफ्लेले बताए ।

दाङ जिल्लामा घरबार बिहिन भएका एक बृद्ध दम्पतीलाई घर बनाउँनदेखि लिएर आफ्नै गृह जिल्ला तथा जन्मस्थान पाल्पा रम्भा गाउँपालिकामा बिरामीहरुका सुविधाको लागि एम्बुलेन्स नभएर एउटा अभियान नै सञ्चालन गरि रु १३ लाखको एम्बुलेन्ससमेत सहयोग काफ्लेले गरेका छन् ।

१३ लाख मध्ये ३ लाख ७० हजार अभियानमार्फत उठेको र बाँकी उनको आफ्नै व्यक्तिगत सहयोग गरेको काफ्लेले जानकारी दिए । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाको प्रमुख आतिथ्य तथा राष्ट्रिय कलाकारहरुको सहभागितामा उनले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

त्यस्तै आँफैले सहयोग रकम संकलनको अभियान चलाएर चितवनको एउटा सानो घरमा करिब ३ लाख सहयोग तथा चितवनकै सहारा घरमा दुई वर्षसम्म आफ्नो तलवबाट रु १० हजार छुट्याएर सहयोग गरेको समाजसेवी काफ्लेले बताए । त्यसै गरि बसन्त फिल्मस प्रालिमार्फत पनि नेपालका १०९ जना राष्ट्रिय कलाकारहरुलाई कतारमै बोलाएर एक भब्य कार्यक्रम समारोहकाबीच उनले सम्मान गरेका छन् ।

सबै क्षेत्रमा महत्वपुर्ण योगदान तथा सहयोग गर्दै आएका काफ्लेले धेरै ठाउँबाट प्रसंसा पाएको बताए । निस्वार्थ रुपले आफ्नो पृष्ठभुमी र अभियानलाई नभुलेर निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाउँदै विश्वभरी छरिएको संस्था एनआरएनमा उमेद्वारी घोषणा गरेको उनले जानकारी दिए ।

१८ बर्ष अघिदेखि कतारलाई कर्मथलो बनाउदै आएँ र अरुका दुखलाई पनि आफ्नै दुख जस्तो ठानेर सहयोग गरेँत्यसैले अब झन् सशक्त ढंगले समाजसेवामा अघि बढ्ने चाहनाले नै द्धितीय उपाध्यक्षमा उमेद्वारी दिएको हुँ,’ काफ्लेले भने ।

काफ्लेको बिज्ञप्ति यस्तो छ:

गैह्र आवासिय नेपाली संघ एन आर एन आइसीसीका आदरणीय गल्फ संयोजक एबम उप संयोजक ज्यु, एनसीसी कतारका सम्पूर्ण मित्रहरु, एनआरएन सम्बद्द अग्रज ज्यु हरु, सामाजिक अभियन्ता मित्रहरु साथै सम्पूर्ण प्रवासी मित्रहरूमा सादर नमस्कार,

म ईश्वर काफ्लेविगत अठार वर्ष देखि कतारलाई कर्म क्षेत्र बनाएर जीविकोपार्जन गर्दै आइरहेको छु । नेपाली माटोमा हुर्किएको म एकजना साधारण युवाआफ्नो माटोमै हुर्कने फाल्ने फुल्ने इच्छा हुँदाहुँदै पनि त्यो सम्भव हुन सकेन ।  जसरी आम नेपाली मजदुर दाजुभाइ परदेश हिँड्न बाध्य हुनुहुन्छ त्यही बाध्यताले डोर्याएर म पनि कतारको राजधानी दोहा आइपुगेको हुँ ।

आफ्नो नियमित जागिरको अलावा प्रवासमा रहेका नेपाली हुन् या स्वदेशमै रहेर पनि अफ्ट्यारोमा परेका नेपाली नै किन नहुन म आजसम्म आफ्नो बल बुताले भ्याए  सम्म संस्थागत र व्यक्तिगत तवरमै पनि दीन दुखीको सेवा र सहयोगको लागि सदैव तत्पर रहँदै आइरहेको छु ।

हामी सबैलाई थाहा छसाधारण  र सामान्य कमाइमा गुजारा गरिरहेका हामीहरूलाई आफ्नो गाँस बास र कपास अनि परिवारको आवश्यकता भन्दा बाहिर गएर अन्य शिर्सकमा खर्च गर्न निकै धौ धौ हुने गर्दछ । तर हामी नेपाली दाजुभाइ दिदीबैनीहरुको मन निकै ठुलो छ । मैले आँटेका तमाम कामहरूमा यस्तै दाता र दयालु मनहरूबाट धेरै नै सहयोग प्राप्त गर्दै आइरहेको छु ।

दाङमा घरबार विहीन वृद्ध जोडीलाई घर बनाउने काम होस् अथवा पाल्पा रम्भा गाउँमा एम्बुलेन्स सञ्चालन गर्ने देखि लिएर दृष्टि विहीन विद्यार्थीहरूलाई पठन पाठनको लागि छात्रवृत्तिको व्यवस्था गर्नको लागि होस आजसम्म मेरो हातमा हात र काँधमा काँध मिलाएर मलाइ हौसला दिने तमाम मित्रहरू प्रति फेरि पनि आभार व्यक्त गर्न चाहन्छु ।

वसन्त फिल्म्स प्रालि कम्पनी मार्फत नेपाली कला र संस्कृतिलाई जोगाउनफैलाउन र लोक संस्कृतिको  जगेर्ना गर्ने लक्ष हेतु हामीले कैयौँ पटक सांस्कृतिक कार्यक्रमहरू गर्‍यौँ कतारमा ।  मनोरञ्जन गर्न चाहने तमाम दाजुभाइ दिदीबैनीहरुलाई निःशुल्क रूपमा कार्यक्रममा प्रवेशको व्यवस्था समेत गर्‍यौँ र नेपालबाट अन्य नेपाली कार्यक्रममा आउनुभएका सकेसम्म धेरै कलाकार ज्युहरू लाई सम्मान गर्ने कार्यक्रमहरू पनि राख्यौँ ।  जो जसले मलाइ ती तमाम कार्यमा संस्थागत या व्यक्तिगत तवरमा सहयोग गर्नुभयो म आफू वसन्त फिल्म्सको संस्थापक भएको नाताले  सम्पूर्ण मित्रहरूमा आभार प्रकट गर्न चाहन्छु ।

हामी नेपालीहरू फरक फरक जिल्लाबाट यहाँ आएका छौँ । त्यसरी नै हामी सबैका आफ्ना आफ्ना जिल्ला सेवा संस्थाहरू पनि बनाएका छौँ । जिल्लावासीहरूलाई एकताको सूत्रमा बाँधेर सुख दुख आदान प्रदान गर्ने र जिल्लाको विकासको निम्ति समेत काम गर्ने उद्यश्यले स्थापना भएको पाल्पा सेवा समाज कतार’ को मेरो अध्यक्षको कार्यकाल भर्खरै सकिएको छ । आसन्न निर्वाचनबाट नयाँ कार्यसमिति मार्फत संस्था अगाडी बढिरहेको छ । म अध्यक्ष हुँदा मलाई सल्लाह सुझाव मार्फत होस् या आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण मित्रहरूमा भित्री हृदय देखि नै आभार व्यक्त गर्न चाहन्छु ।

नमस्ते नेपाल हातेमालो संस्था कतार शाखाको संस्थापक अध्यक्ष, ठकुरी सहयोग संजालको मानार्थ सदस्य, लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालको मानार्थ सदस्य साथै प्रतिष्ठान कतार शाखाको सस्थापक सल्लाकार, पाल्पा सेवा समाजको निवर्तमान अध्यक्ष जस्ता जिम्मेवारीका पदमा रहेर मैले जे जति कार्यहरु गर्न सकें त्यसको मुल्यांकन आगामी समयले गर्नेनै छ ।  अझै धेरै सामाजिक कामहरुको निरन्तरताको लागि मैले सम्पूर्ण राजनैतिक संस्थाका मित्रहरूवैचारिक संस्थामा आबद्ध साथीहरूजिल्ला संस्था एवम् सामाजिक साहित्यिक सबै किसिमका संस्थाहरूमा रहनुभएका मित्रहरू साथसाथै कुनै पनि संस्थामा आबद्ध हुन नसक्नु भएकाआबद्ध हुन समय परिस्थिति नमिलेर संस्थागत अवस्था भन्दा बाहिरै रहनुभएका तमाम कर्मजिवी मित्रहरू समक्ष आज अर्को यौटा अनुरोध गर्न गइरहेको छु ।

कतारमा हामी नेपालीहरूको छाता सङ्गठन भनेको गैह्र आवासीय नेपाली सङ्घ नै हो । हामीहरूको अभिभावक संस्था भनेपनिहाम्रो सर्वोच्च निकाय भनेपनि अथवा हामी श्रमजीवी हरूको हकहितमा काम गर्ने संस्था भनेपनि गैह्र आवासीय नेपाली सङ्घ (एनआरएन-एनसीसी) नै हाम्रो आधिकारिक र मान्यता प्राप्त संस्था हो । आज सम्म मैले गरेका सामाजिक कामहरू र सेवाभावले मैले सम्पादन गरेका कामहरूलाई नियालेर हेर्दा अब थप सामाजिक काम गर्नको लागि यस पटक हुन गइरहेको गैह्र आवासीय नेपाली सङ्घ (एनआरएन-एनसीसी) को निर्वाचनबाट २०१९-२०२१ कार्यकाल को लागि म संस्थाको उपाध्यक्ष पदमा जाने र सोही छाता संस्था मार्फत सामाजिक कामहरू अगाडी बढाउने निर्णय गरेको छु ।

तसर्थ यस पटक हुन गइरहेको गैह्र आवासीय नेपाली सङ्घ (एनआरएन-एनसीसी) कतारको निर्वाचनमा मैले उपाध्यक्ष पदमा आफ्नो दावेदारी प्रस्तुत गरेको छु । प्रजातान्त्रिक पद्धति अनुसारको निर्वाचनमा सामेल र सहभागी भई प्रवासी दाजुभाइ दिदिबैनिहरुले मलाई  प्रदान गरेको भोटलाई उच्च सम्मान गर्नेछु भन्ने वचनवद्दता पनि यसै विज्ञप्ति मार्फत जनाउन चाहन्छु ।

साथै आगामी समयमा दिलोज्यानले अफ्ट्यारोमा परेका नेपाली दाजुभाइ दिदी बैनी हरूको सेवामा समर्पित हुनको लागि अनि हामीजस्ता तमाम मजदुर युवा साथिहरूलाई संस्था प्रति आकर्षित गराउँदै नेपाली समुदायलाई यौटै  सूत्रमा एकतावद्द  गराउनको लागि मैले सकेसम्मको पहल गर्नेछु । त्यो पहलकदमीको लागि मेरा अनन्य पार्षद मित्रहरूले मलाई निर्वाचनमा आफ्नो अमूल्य भोट दिएर विजयी बनाउनुपर्ने हुन्छ । म आशावादी छु कि मतदाता पार्षद मित्रहरूको नजरमा म एक सक्षम उम्मेदवार ठहरिने छु ।

ईश्वर काफ्ले
पाल्पा रम्भा गाउँपालिका वडा १
हाल दोहा कतार्
दिप्तिय उपाध्यक्ष पदको आकाङ्क्षी ।
QA0003057
धन्यवाद ।

कोई टिप्पणी नहीं