अपडेट

एनआरएन कतारमा युवाहरुको आकर्षण बढ्दो –माया केसी र पदम गिरी बीच महासचिपमा भिडन्त



आज जुलाई महिनाको अन्तिम दिन, कतारमा एनआरएन निर्वाचनको सरगर्मी बढ्दै गईरहेको छ । उमेदवारहरुले आकांक्षा ब्यक्त गर्ने क्रम बढ्दो छ । आज निकै महत्वपुर्ण मानिएको महासचिव पदमा कतारका होनहार दुइ व्यक्तित्वले दावेदारी प्रस्तुत गरेका छन् ।    

लामो समयदेखि कतारमा ब्यबसाय गर्दै आइरहेकी लोकप्रिय ब्यबसायी व्यक्तित्व माया केसी र कतारलाई नै कर्मक्षेत्र बनाएका अर्का कर्मठ युवा पदम गिरीले महासचिव पदमा दावेदारी प्रस्तुत गरेपछि निर्वाचन रोमान्चक हुने लक्षण देखिएको हो

माया केसी यहि कार्यकालमा युवा संयोजक भएर संस्थागत अनुभव हासिल गरिसकेकी उमेदवार हुन् भने पदम गिरि बिद्यार्थी राजनीति देखिनै सामाजिक काममा सक्रिय रहदै आएका अनि दोहामा पनि दर्जनौं संस्थामा रहेर सामाजिक कार्यमा योगदान गरिसकेका व्यक्तित्व हुन् । धेरै कुरामा समानता भएका यी दुइ युवा उमेदवारको प्रतिष्पर्धा निकै रोचक हुने देखिन्छ ।  दुइ उमेदवार बिचमा यौटा मात्र कुरा फरक छ त्यो के भने केसी ब्यबसायी हुन् भने गिरी जागिरे हुन् । दुवै जनाको जुझारु र हक्की पन संग दोहाका अधिकाँश पार्षदहरु परिचित छन् ।

राजनैतिक बिचार या पार्टीगत आवद्दताका हिसावले दुवै बामपन्थी विचारधारा बोकेका भनेर चिनिन्छन । पदम गिरि पार्टीका सक्रिय कार्यकर्ता नै हुन् भने माया केसी पनि बामपन्थी नै भनेर चिनिन्छन ।  

दुवै उमेदवारले दमदार बिज्ञप्ति प्रकाशित गरि दावेदारी प्रस्तुत गरेका हुन् –

माया केसीको बिज्ञप्ति
हार्दिक निवेदन:
समाजका आदरणीय अग्रज ज्यूहरु, सामाजिक अभियन्ता ज्यूहरु, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका परिषद सदस्य ज्यूहरु, पत्रकार ज्यूहरु तथा कतारमा रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु
सम्पूर्णमा नमस्कार,

गैरआवासीय नेपाली संघको कार्यकाल २०१९-२१ का लागि परिषद सदस्यता लिनु भई यस साझा अभियानमा सम्मिलित हुनु भएकोमा यहाँहरु सम्पूर्णमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु ।

२०१७-१९ कार्यकालमा युवासंयोजकको भुमिकामा जाँदै गर्दा मेरो सामाजिक यात्रालाई सहज बनाउन समन्वयकारी भुमिका निभाउनु हुने विभिन्न तप्का तहका आदरणीय व्यक्तित्वहरुलाई साथ र सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्दछु।

२०११ देखि परिषद सदस्य र समाजको जिम्मेवार नागरिकको हैसियतले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सामाजिक कार्यहरुमा लागिरहेको म २०१७-१९ कार्यकालमा एउटा विभागसँगै सिङ्गो कार्यसमितीसँग रहेर कार्य गर्दा अझ अगाडी बढेर आफ्नो क्षमताले भ्याएसम्म समाजको हरेक क्षेत्रका हितमा काम गर्ने आत्मबल बढेको छ। यसको श्रेय पूर्णरुपमा यही समाजलाई दिन चाहान्छु।

कार्यसमितीमा रहेर युवासंयोजकको भुमिका निर्वाह गर्दै गर्दा यो यात्राका दौरान सम्पादन गरेका कार्यको आयामिक निरन्तरता, बटुलेका अनुभव, सिकेका सीपलाई फेरी एकपटक यही सँस्थामा लगाएर सामाजिक जिम्मेवारीमा लाग्ने हेतुले अबको नयाँ कार्यकालमा पनि कार्यसमितीमा रहेर काम गर्ने सोच बनाएको छु।

यसर्थ, कतारमा रहनुभएका आदरणीय वुद्धिजिवी तथा सामाजिक अभियन्ता ज्यूहरु, विभिन्न संघ संस्थाहरुमा आवद्ध अग्रज ज्यूहरु, गैरआवासीय नेपाली संघका अभियन्ता ज्यूहरु, आदरणीय मित्रहरु तथा सम्पूर्ण शुभेच्छुकहरुको साथ, सल्लाह र सुझावलाई शिरोपर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१९-२१ को लागि महासचिव पदमा उम्मेद्धारी दिने निर्णय गरेको छु ।

कुनै पनि लक्ष्य सम्म पुग्नको लागि साथ अनि सल्लाहको जरुरत पर्दछ। यस्तै साथ, सल्लाह-सुझाव र सहयोगमा सकारात्मक सोचका साथ आफ्नो क्षमताले भ्याए सम्म सौहार्दपूर्ण वातावरणमा निष्पक्ष रुपमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै यहाँहरुको पूर्ण सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।

अन्तमा,
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आठौं राष्ट्रिय महाधिवेशन कार्यतालिका अनुसार २३ अगष्ट २०१९ मा नयाँ कार्यसमिती चयनका लागि निर्वाचन र ३० अगष्ट २०१९ का दिन महाधिवेशन हुने बारे सुचना प्रकाशित भई सकेको छ। यस महाधिवेशनले सक्षम, निष्पक्ष र समाजलाई सही दिशा तर्फ निर्देश गर्न सक्ने कार्यसमिती चयन गर्ने कुरामा म विश्वस्त छु र यस अभियानलाई पूर्ण रुप दिनको लागि सम्पूर्ण परिषद सदस्य ज्यूहरु र समाजका आदरणीय अग्रज ज्यूहरुले उल्लेखनिय भूमिका निर्वाह गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु ।

मेरो कार्यक्षेत्रको निरन्तरता बाहेक विशेष रुपमा स्थान दिएर यि बुँदाहरुमा काम गर्ने कोशीस गर्ने छु :

🔸 वैदेशिक रोजगारीलाई मर्यादित वनाउन तथा आइपरेका र संभावित समस्याहरुलाई निराकरण गर्न प्रयत्न गर्नेछु ।
🔸 युवा र महिलाको सशक्तिकरण साथै श्रमिकहरुको सीप विकासका लागि समन्वय गर्नेछु ।
🔸 नेपाली भाषा, कला, साहित्य, साँस्कृतिक तथा खेलकुद अभियानमा अन्तरराष्ट्रीय तवरले भुमिका निभाउने छु।
🔸 कतारको सरकारी संयन्त्र संग नेपाली समुदायको समन्वय बढाउने कोशीस गर्ने छु।
🔸 कतारमा कार्यरत अन्य देशका सामाजिक संघ संस्थाहरु संग समन्वय र सहकार्यका लागि पहल गर्नेछु ।
🔸 एनसिसिले विगतमा अवलम्वन गरेका नीति तथा नियमावलीहरुको संरक्षण, संवर्द्धन र निरन्तरता साथै परिस्कृत गरि समय सापेक्ष वनाउनेछु ।

धन्यवाद ।

लोकमाया क्षेत्री - (माया के.सी.)
परिषद सदस्य नं. QA0000010
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको
२०१९-२१ कार्यकालको लागि महासचिव पदको आकांक्षी ।

पदम गिरीको बिज्ञप्ति :
महासचिवमा उम्मेदवारी तथा नम्रतापुर्वक सहयोगको अपिल!

गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगमि महाधिवेशन मार्फत महासचिव पदमा मेरो उम्मेदवारी तथा अपिल:

आदरणिय कतारमा स्थापित विभिन्न उद्धेश्यका संघ संस्थाका प्रमुख तथा प्रतिनिधी ज्यूहरु,
आगामि कार्यकालका लागि पजीकृत सदस्य ज्यूहरु,
कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु,
पत्रकार साथीहरु,
सवैमा म पदम गिरीको तर्फवाट नमस्कार तथा न्यानो अभिवादन !

म पदम गिरी नेपालको तनहु जिल्ला स्थायी घर भै वैदेशिक रोजगारीको शिलशिलमा कतारमा विगत लामो समयदेखि कतारमा आफ्नो रोजगारीको अतिरिक्त कतारमा स्थापित नेपाली समाजको तर्फवाट मैले समाजिक कार्यहरुमा रचनात्मक सहभागि र समाजप्रति मेरो वर्कतले भ्याएसम्म समपर्ण रहेदै आइरहेको तथ्यको साक्षी तपाईहरुनै हुनुहुन्छ भन्नेमा म पुर्ण रुपमा विश्वस्त रहेको छु । यहाँहरुको न्यायको नजरवाट त्यसको मुल्यांकन हुनेछ भन्नेमा म पुर्ण आशा एवंम विश्वास समेत लिएको छु । 

तेश्रो मुलुकमा गठिन चाहे गैह्र आवसिय नेपाली संघ हो या तत् मुलुकमा गठित तिनै गैह्र आवसिय नेपालीहरुद्धारा संचालिल विभिन्न उद्धेश्यका निम्ति गठन भएका अन्य समाज किन नहोस सवैको कार्यक्षेत्र र दायराको विविध पक्षको अनुभवका कारण मैले आफुलाई आगमि कार्यकालका अर्थात २०१९-२०२१ का लागि महासचिव पदमा जाने सोच र त्यसैका आधारमा महासचिव पदमा रहेर संघको उद्धेश्य प्राप्तिका लागि अनरवत लाग्ने र संस्थाप्रति रहनुपर्ने ईमान सहितको संकल्पका साथ आगामि कार्यकालका लागि महासचिव पदमा जाने सोचका साथ सम्पुर्ण तयारीमा लागेको जनाकारी सम्वन्धित सवैमा जानकारी गराउन पाउदा गौरव महसुस गरेको छु साथ साथै उम्मेदवारी घोषणाको विशिष्ठ समयमा मैले आगामि कार्यकालको कयौ अवसर र चुनौतिहरुको समेत स्मरण गरिरहेको छु । तर सवै प्रकारका अवसर र चुनौतिका समाना र अवसरको व्यवस्थापनको जिम्माको कर्तव्य म प्रति रहेतापनि अन्तत हामि सवैको साझा कार्यभार हो भन्नेमा म पुर्ण रुपमा विश्वस्त रहेको छु ।

विगतको संस्थागत रुपमा हासिल गरेको अनुभववाट आगामि दिनहरुमा संघको उद्धेश्य प्राप्तिका लागि पुन आफुलाई योग्य र भाग्यमानी ठानी आगामि कार्यकालका लागि महासचिव पदमा उम्मेदवारीको घोषणा गर्दै सम्पुर्ण पन्जिकृत सदस्यहरुमा सहयोगको लागि अपिल गर्दछु । मैले यो प्रारिभ्भक घोषणा पत्रमा धैरै विषयहरुको उठान गरिरहन तत्कालका लागि उपयुक्त ठान्दिन किनकि अधिवेशन पश्चात निर्वाचित समितिले आफ्नो भावि कार्यक्रमहरु वनाउने र त्यसको सफलताको अभियानमा मैले आफनो नयां कार्यहरु समावेश गर्दे विशेष गरी कतारमा कार्यरत विभिन्न प्रकारले समस्या भोगिरहेका नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको अधिकतम हितका लागि नेपाली नियोगसंग परामर्स गर्दे उनीहरुको सुख दुखको साझेदारी भएर काम गर्नेछु । मलाई विश्वास छ यहांहरुको सहयोग मेरो लागि सफलताको वरदान सावित हुनेमा म पुर्ण आशा एवं विश्वास लिएको छु । अन्तमा म पुर्ण रुपमा विश्वास र यहांहरुको भरोषा सहित मलाई निर्वाचित गराई संघ मार्फत तपाई हामि सवैको सेवामा लाग्ने अवसर प्रदान गरिदिन हुनका लागि सवैमा सहयोगका लागि अपिल गर्दछु । 

हार्दिक धन्यवाद सहित ।

पदम गिरी
गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको
आसन्न महाधिवेशन मार्फत
महासचिव पदका लागि प्रत्यासी उम्मेदवार
पजीकृत सदस्यता नम्बर:QA0000054



कोई टिप्पणी नहीं