नवोदित साहित्यिक वाचनालय कतारको एघारौँ अधिवेशन समपन्न भएको छ
तिलु शर्मा पौडेल
दोहा कतार; “भाषाको
उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निर्माण हाम्रो अभियान” भन्ने मूल नारा सहित २०६५ सालमा दोहा कतारमा स्थापित नवोदित साहित्यिक
वाचनालय कतारको एघारौँ अधिवेशन समपन्न भएको छ । नज्माको शालिमार रेस्टुरेन्टको
सभाहलमा संस्थाका अध्यक्ष दीप मिलनको सभापतित्व तथा अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा
समपन्न भएको हो । ब्यनार अनावरण दीप प्रज्वलन सहित अधि बढेको कार्यक्रममा दोहा
कतारमा स्थापित विभिन्न सङ्घ संस्था प्रमुख तथा पूर्व विशिष्ट श्रोताहरूको बाक्लो
उपस्थिति रहेको थियो ।
दुई चरणमा समपन्न
कार्यक्रममा पहिलो चरण लाइ दिलीप पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने चक्र
कार्कीले आदिकविको जीवनी जानकारी गराएका थिए । कार्यक्रममा संयुक्त रचना वाचन
कार्यक्रम, २०५ औँ
भानु जयन्ती समारोह, कृति अवार्ड-२०७६, अनेसास - नवोदितको ९४ औँ साहित्यिक वाचन डबली र स्रष्टा सम्मान कार्यक्रम
पनि गरिएको थियो । संयुक्त रचना वाचन अन्तर्गत महेन्द्र खड्का र अखिल अनुरागले
आफ्नो विशेष रचना वाचन गरेका थिए । नाबोदितले हरेक दुई वर्षमा हरेक दुई वर्षमा
प्रदान गर्दै आइ रहेको कृति अवार्ड यो वर्ष पिपिरीका लेखक मीनराज बस्नेत(बागलुङ)
विजयी भएको पुस्तक छनोट समितिका संयोजक तिर्थ संगम राईले बताएका थिए । कार्यक्रममा
स्रष्टा सम्मान अन्तर्गत नेपाली डायस्पोरा कतारमा रहेर
नेपाली साहित्य जगतका
चम्किला नक्षत्रहरू सिताराम थापा र लेख कार्की सम्मानित भएका थिए । कार्यक्रममा
शुभकामना मन्तव्य दिने वक्ताहरूले प्रवासबाट नेपाली भाषा र साहित्यको क्षेत्रमा
कमल चलाउँदै पुराएको योगदानको सर्जकहरूको खुलेर तारिफ गरे । कार्यक्रमलाई सहजीकरण सँगै
कार्य प्रगति प्रतिवेदन महासचिव तिलु शर्मा पोडेलले प्रस्तुत गरेका थिए भने प्रमुख
अतिथि भट्टराईले आफ्नो सिर्जना वाचन सहित सफलताको कामना गरे । पहिलो चरणको समापन
गर्दै सभापति मिलनले कार्यक्रम भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्ने सबैलाई
धन्यवाद ज्ञापन गर्दै कार्यक्रम बन्द सत्रमा प्रवेश गरेको घोषणा गरेका थिए ।
बन्द सत्रले दिलीप
पराजुलीको अध्यक्षतामा प्रथम उपाध्यक्षमा चक्र कार्की, द्वितीय उपाध्यक्षमा
सन्तोष अधिकारी, मोबाइल पुस्तकालय संयोजकमा रूप रसाइली,
महासचिवमा तिलु शर्मा पौडेल, सचिवमा दीप
प्रदीप कुमार, कोषाध्यक्षमा शेखर बस्नेत र सहकोषाध्यक्ष
महेन्द्र खड्का चयन गरिएका छन् । सदस्यमा नारायण निर्जल, लीलानाथ
घिमिरे, अनिल परिवर्तन, सन्ध्या अर्याल,
सुरेश परियार आभास, राम आचार्य शायर र विनोद
अधिकारी निर्विरोध चयन गरेको थियो । निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई
निर्वाचन संयोजक प्रेम प्रसाद भट्टराईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
शपथ लगतै नव निर्वाचित अध्यक्ष पराजुलीले नेपाली भाषा र साहित्यको श्रीबृधिका लागि
डटेर लाग्ने प्रतिबद्धता जनाएका थिए ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें