ज्ञानेन्द्र शाह पुर्व राजा हुन् भने प्रचण्डलाई पुर्व 'आतंककारी' किन नभन्ने ? -अन्जना ढकाल
एउटा सिंहलाई खोरमा
थुनेर हजारौं स्यालले हुइया गर्दैमा र सिंहको खोल ओड्दैमा स्याल सिंह नहुने अञ्जना
ढकालले बताएकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारमा पनि निकाल्ने
भन्ने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति प्रति आपत्ती प्रकट गर्दै
सामाजिक सञ्जाल फेसबुकमार्फत ढकालले यस्तो बताएकी हुन् ।
प्रचण्डप्रति आक्रोश
व्यक्त गर्दै ढकाल अगाडि लेख्छिन् हिम्मत छ नागार्जुनबाट हटाउन सक्ने कमरेड
प्रचण्ड ? आकाशको
जुन र चामलको घुन तुलना गर्न मिल्छ ? हिरासँग कीरा तुलना
गर्न मिल्छ कमरेड प्रचण्ड ?
ढकालले यसै विषयमा उनले ज्ञानेन्द्र शाहलाई संम्झेर एउटा कविता पनि
कोरेकी छिन् ।
कविता यस्तो छ ।
सुनसान मसानघाट झै सुक्यो यीनको
जीन्दगी,
हजार हजार रहस्यमै लुको
यिनको जीन्दगी !
थाहा छैन दोषीको हुन् बिरेन्द्र कस्ले मारेको हुन्,
थाहा छैन दोषीको हुन् बिरेन्द्र कस्ले मारेको हुन्,
भाइमारा हो भनी
दुनीयाले भुक्यो यिनको जीन्दगी !!
यदी यीनकै दोष छ भने देखाउ प्रूफ
राख्देउ जेलमा,
हैन भने कानून बिना
चुको यिनको जीन्दगी !
१७ हजार मारेको चाहीं गार्ड लिएर हींड्नु पर्नी ,
१७ हजार मारेको चाहीं गार्ड लिएर हींड्नु पर्नी ,
नागार्जुन फाल्छु भन्दै
फुको यिनको जीन्दगी !!
जनता जस्तै बिना डर र बिना सीपाही
हिंड्ने गर्छन,
यती हुँदानी कीन अपमान
मै ? झुको
यिनको जीन्दगी !
यीनकै दोष र यीनै दुस्ट हुन्थे भने देशको लागि पछी
यीनकै दोष र यीनै दुस्ट हुन्थे भने देशको लागि पछी
गुहारेर आउ देश बचाउमा
कीन पुग्यो यिनको जीन्दगी ?
प्रचण्डको पछिल्लो अभिब्यक्ति यस्तो !
सत्तारुढ नेपाल
कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युएइ बाट फर्किए
लगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह विरुद्ध कडा शब्दमा प्रहार गरेका छन् । पछिल्लो
समय राजावादीका अभियान अस्वाभाविक रुपमा बढेपछि सशंकित भएका प्रचण्डले बढि बकबक
गरे पूवराजालाई नागार्जुन बाट नै निकालिदिने चेतावनी दिएका छन् ।
केहि दिन अघि राप्रपाका
अध्यक्ष कमल थापाले नेतृत्व होइन व्यवस्थानै परिवर्तन गर्नुपर्ने भनेर अभिव्यक्ति
दिएपछि त्यसको जवाफमा प्रचण्डले कडा जवाफ फर्काएका छन् । कतिपयले प्रचण्डको
अभिव्यक्तिलाई हतासको अभिव्यक्ति र मनको बाधले खाएको होकी भनेर पनि टिप्पणी गरेका
छन् । प्रधानमन्त्री केपी ओली सिंगापुर जानु अघिल्लो दिन रक्षा मन्त्री इश्वर
पोखरेलले पूर्वराजालाई शंकास्पद रुपमा भेटेको भन्ने खबर सुनेपछि प्रचण्ड थप सशंकित
भएका थिए ।
राजावादीहरुले आफ्नो
गतिविधि बढाउँदै लगेपछि प्रचण्ड थप झस्कीएका छन् । राजसंस्था र पूर्वराजा
ज्ञानेन्द्रप्रति अत्यन्त कठोर अभिव्यक्ति दिने गरेका पूर्व प्रधानमन्त्री तथा
सत्तारुढ नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो पटक
राजसंस्थाका पक्षधरहरुमाथि खनिएका छन् ।
रामेछापमा आइतबार
आयोजित एक कार्यक्रममा उनले उनकै शब्दमा ‘गणतन्त्रविरुद्ध चलखेल गरे राजामहाराजाका दास
र दलालहरुलाई खरानी पार्ने’ चेतावनी दिए ।
प्रचण्डको
अभिव्यक्तिपछि त्यसको व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति
र त्यसमा प्रयोग भएको भाषाको अधिकांशले निन्दा गरेका छन् । उनीहरुले प्रचण्डले
निकृष्ठ भाषा प्रयोग गरी अभिव्यक्ति दिएको सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले
उल्लेख गरेका छन् ।
सो अभिव्यक्तिपछि
आलोचनाको भुङ्ग्रोमा परेका प्रचण्डले व्यापक आलोचना खेपिरहेका छन् । सामाजिक
सञ्जालमा भ्रष्टाचार तथा उनकी बुहारी मन्त्री रहेको मन्त्रालय अन्तर्गत मेलम्ची
आयोजनामा भएको ढिलाईसहितका विषयमा पनि प्रश्न गरिएका छन् ।
प्रचण्डले ज्ञानेन्द्र
शाहलाई नागार्जुनबाट पनि निकाल्ने बताएकोमा केहीले अब ज्ञानेन्द्रलाई त्यहाँबाट
पुनः नारायणहिटीमा स्थापित गर्ने पनि उल्लेख गरेका छन् ।
पदिय मर्यादा विपरित
हास्यास्पद अभिव्यक्ति, असुरक्षित
मनस्थितिको आक्रोश।राम्रो काम गरेर जनताको मन जित्नोस, कसै
प्रति आक्रोश देखाउनै पर्दैन। सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युपादक हुन
सक्छ। समय मै बिचार गरौं।जनयुद्धकालिन शब्द र भाषा पनि अब सुहांउदैन।
अपराधिक मानसिकताबाट
राजनीतिमा आएकाहरुको परिवर्तन पछी पनि मनस्थिती हिंसक उग्र उदन्ड नै हुनेरहेछ।राजाले
त राजा आउँ देश बचाउ भन्दै चिच्याउनेलाई जनता आउँ देश बचाउ भन्ने गरेका छन।किन
अत्तालिए छवीलाल ।राजाको शालिनता कि भद्र कुटनितीले !
राष्ट्रिय प्रजातन्त्र
पार्टीका अध्यक्ष कमल थापाले शनिबार आयोजित कार्यक्रममा अब सरकार होइन सिस्टम नै
फेर्ने बेला भएको बताएका थिए । उनले ओली सरकार ढालेर प्रचण्ड सरकार अथवा देउवा
सरकार गठन गर्दैमा मुलुकले गति लिन नसक्ने भएकोले ‘ड्राइभर होइन बाटो नै फेर्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।
थापाको यो
अभिव्यक्तितर्फ लक्षित हुँदै प्रचण्डले रामेछापमा भने ‘राजाले निरंकुशता
लादेपछि, अझ भनौँ हजारौँलाई भुटेर ठिक गर्छु भनेर अघि बढ्दा
जो मन्त्री थिए उनीहरुले अब सरकार फेर्ने होइन रे, अब
सिस्टमै फेर्ने बेला आयो रे भनेर भनेको सुनेपछि मैले यत्तिको खबरदारी र सुझाव दिनु
परेको हो, तिनीहरुलाई खरानी हुन क्षणभर पनि लाग्ने छैन भन्ने
हेक्का रहोस् ।’
प्रचण्डले
गणतन्त्रविरुद्ध बकबक गरिरहे तीन करोड नेपालीको आवेगले उनीहरु खरानी हुने चेतावनी
दिएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न
आएकाले ज्ञानेन्द्र शाहलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे हविगत झनै खराब हुने
चेतावनी दिए ।
‘तानाशाह
र निरंकुसताका पुजारीहरु एकथरी राजामहाराजाका दासहरु, दलालहरु
अहिले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बकवास गर्न थालेका छन्, म तिनीहरुलाई चुनौती दिन चाहन्छु’, प्रचण्डले भने ‘ज्ञानेन्द्रले नागार्जुनबाट पनि निस्कने अवस्था आउन सक्छ ।’
जिन्दगीभर तानाशाहहरुको
चाकरी गर्नेहरुले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गर्न खोजे जनताले खरानी
पार्ने चेतावनी प्रचण्डले दोहोर्याए ।तर प्रचण्डको यो चेतावनीलाई राष्ट्रिय
प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भने हाँस्यास्पद अभिव्यक्तिको संज्ञा
दिएका छन् ।
‘पदीय
मर्यादा विपरीत हाँस्यास्पद अभिव्यक्ति, असुरक्षित
मनस्थितिको आक्रोश । राम्रो काम गरेर जनताको मन जित्नोस, कसै
प्रति आक्रोश देखाउँनै पर्दैन’ सामाजिक सञ्जालमा ट्विट गर्दै
थापाले भनेका छन् ‘सिसाको घरमा बसेर ढुंगा हान्ने काम
प्रत्युपादक हुन सक्छ । समय मै विचार गरौँ । जनयुद्धकालीन शब्द र भाषा पनि अब
सुहाउँदैन ।’
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें