एनआरएन कतारको द्वितीय उपाध्यक्षमा यस कारण ईश्वर काफ्ले
गैह्र आवासीय नेपाली सङ्घ
एनआरएन कतारको निर्वाचनको मिति नजिकिँदै छ । यही अगस्त २३ तारीकमा हुन गइरहेको
निर्वाचनलाई मध्यनजर राखेर उमेदवारहरु आफ्नो आफ्नो प्रचारमा व्यस्त भएको देख्न
सकिन्छ ।
सधैँ झैँ यो निर्वाचनमा पनि
दुई स्पष्ट प्यानलको प्रतिस्पर्धा हुने खाका बाहिर आएपनि केही त्यस्ता खास
व्यक्तित्वहरू यो निर्वाचनमा प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका छन् जसले चुनाव
जितेमा संस्थामा केही राम्रो काम गर्न सक्छन् की भन्ने कुरामा आशावादी हुन सकिन्छ
।
तिनै मध्येका एक उम्मेदवार
हुन ईश्वर काफ्ले पाल्पाली । समाज सेवा र सामाजिक काममा लामो समय देखी सक्रिय
काफ्ले आम मजदुर वर्गको प्रतिनिधित्व गरेर एनआरएनमा जान लागेका उम्मेदवार हुन ।
विभिन्न संस्था मार्फत
सामाजिक काममा लामो अनुभव बटुलेका काफ्ले विगत अठार वर्ष देखि कतारलाई कर्म
क्षेत्र बनाएर समाज सेवामा सक्रिय व्यक्तित्व हुन् । आफ्नो नियमित जागिरको अलावा प्रवासमा रहेका
नेपाली हुन् या स्वदेशमै रहेर पनि अफ्ट्यारोमा परेका नेपाली नै किन नहुन उनी
आजसम्म आफ्नो बल बुताले भ्याए सम्म
संस्थागत र व्यक्तिगत तवरमै पनि दीन दुखीको सेवा र सहयोगको लागि सदैव तत्पर रहँदै
आएका देखिन्छन् ।
काफ्लेले गरेका सामाजिक
कामहरूको फेरिहस्त निकै लामो छ । दाङमा घरबार विहीन वृद्ध जोडीलाई घर बनाउने काम
होस् अथवा पाल्पा रम्भा गाउँमा एम्बुलेन्स सञ्चालन गर्ने देखि लिएर दृष्टि विहीन
विद्यार्थीहरूलाई पठन पाठनको लागि छात्रवृत्तिको व्यवस्था गर्नको लागि अक्षयकोषको
स्थापना गरेर होस आजसम्म उनले अन्य श्रोत र सहयोगीहरू सँग हातेमालो गरेर धेरै
सामाजिक कामहरू सम्पन्न गरिसकेका छन् ।
संस्थागत संलग्नताको कुरा
गर्दा उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका मानार्थ सदस्य हुन् ।
नेपाली लोक कला र संस्कृति प्रति विशेष रुचि र चासो भएका काफ्लेले लोक गीतको
संवर्धनमा समेत निकै चासो देखाउँछन् ।
कतार मै समेत वसन्त फिल्म्स प्रालि कम्पनी मार्फत नेपाली कला र संस्कृतिलाई
जोगाउन, फैलाउन र लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष हेतुले उनको नेतृत्वमा
कैयौँ पटक सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भइसकेका छन् । मनोरञ्जन गर्न चाहने तमाम दाजुभाइ
दिदीबैनीहरुलाई निःशुल्क रूपमा कार्यक्रममा प्रवेशको व्यवस्था समेत गरेका छन् र नेपालबाट अन्य नेपाली कार्यक्रममा आउनुभएका
सकेसम्म धेरै कलाकारहरू लाई सम्मान गर्ने कार्यक्रमहरू पनि राखेर सयौँ कलाकारहरूको
योगदानको कदर गरेका छन् ।
कतारमा निकै नै क्रियाशील
रहेको ‘पाल्पा
सेवा समाज कतार’ मा उनको कार्यकाल भर्खरै सकिएको छ उक्त समाजको नेतृत्व गरिरहँदा उनले पाल्पा
रम्भा गाउपालीकामा एम्बुलेन्स सञ्चालन अभियान चलाएका थिए जुन कामको सम्पूर्ण
नेपाली समाजले मुक्त कण्ठले प्रशंसा गरेको थियो ।
नमस्ते नेपाल हातेमालो
संस्था कतार शाखाको संस्थापक अध्यक्ष, ठकुरी
सहयोग सञ्जालको मानार्थ सदस्य, लोक तथा दोहोरी गीत
प्रतिष्ठान नेपालको मानार्थ सदस्य साथै प्रतिष्ठान कतार शाखाको संस्थापक सल्लाकार,
पाल्पा सेवा समाजको निवर्तमान अध्यक्ष जस्ता जिम्मेवारीका पदमा रहेर
उनले समाजमा सेवाको लागि जुन तदारुकता देखाएका छन् त्यो सम्पूर्ण कार्यहरू
नियाल्दा उनले गैह्र आवासीय नेपाली सङ्घ कतारको द्वितीय उपाध्यक्ष पदमा विजयी भएको
खण्डमा अन्य धेरै सामाजिक कार्यहरू गर्न सक्नेछन् भन्ने कुरामा विश्वस्त हुन
सकिन्छ ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें