सालिकरामकी श्रीमती सम्झनालाई लेखिन अन्जना ढकालले मार्मिक पत्र
प्रिय
बैनी सम्झना,
मिठो
माया शुभ आशीर्वाद तथा हजुरको समस्त परिवारलाई दुइहात जोडेर नमस्कार गर्दछु ।
क्षितिज पारीको यो दिदीको तर्फबाट तपाइलाई धेरै धेरै सम्झना ।
बैनी
सम्झना, तपाईँ जिन्दगीको सबैभन्दा ठुलो दुखको घडीमा
हुनुहुन्छ,यो कुरा जो सुकैले महसुस गर्न सक्ने कुरा होइन ।
बज्रपात भन्ने त्यस्तो कुरा हो जसको अनुभव जसमाथि बज्रेको हो उसले मात्र अनुभव
गर्ने कुरा हो । हजुर माथि परेको बज्रपातले आज संसारै मर्माहत भएको छ । यो
अवस्थाबाट जिन्दगीलाई सकुशल अगाडी बढाउन आवश्यक साहस भगवानले हजुरलाई प्रदान गरुन्
भन्ने कामना गर्दछु ।
खै
कहाँ ,कसरी र कुन शब्दबाट कुरा सुरु गरौँ भनेर धेरै
अन्योलमा परेँ अनि हजुरको श्रीमान् स्वर्गीय सालिकराम पुडासैनी जो अहीले यस
दुनीयामा हुनुहुन्न, वहाँले जनाएको, वहाँले
भिडियोमा व्यक्त गरेको तपाइको उमेर अनुसार
तपाइको उमेर मेरो भन्दा सानै रहेको देखिन्छ त्यसैले बैनी भन्ने शब्दले
सम्बोधन गर्दा मैले अझै आत्मीयता अनुभव गरेको छु र उमेर अनुसार हजुरलाई बैनी भनेर सम्बोधन गरेको छु कतै
गल्ती भए क्षमा पाउँ ।
सम्झना
बैनी, तपाईँ
जीवनसाथी गुमाएर विक्षिप्त हुनुहुन्छ, सालिक जी को
बुबा आमा परिवार यौटा असल छोरो गुमाएर
विक्षिप्त हुनुहुन्छ । अनि बाँकी परिवारले गुमाएको एउटा दाइ, भाइ, छोरा,
समाजले गुमाएको असल व्यक्तित्व र देशले गुमाएको यौटा निडर र
जुझारु पत्रकार यी सबै कुराको भरपाई अरू कुनै कुराले हुन सक्ला जस्तो लाग्दैन ।
यो
क्षति भनेको अपूरणीय क्षति हो । न कुनै विकल्पले तपाइको जीवनमा यो क्षति पुरा हुन
सक्छ न समाजको क्षति पुरा हुन सक्छ न देशले बेहोरेको क्षति नै पुरा हुन सक्छ । हामी सबैले ज्ञात
गर्नुपर्ने कुरा यही हो कि अब हामीले कुनै पनि मूल्यमा स्वर्गीय सालिक जी लाई फर्काएर
ल्याउन सक्दैनौँ ।
यो
अकल्पनीय अवस्थामा उल्येखित अवस्था भन्दा बाहिर पनि निकै धेरै भावनात्मक
क्षतिहरू भएका छन् । त्यस्ता क्षतिहरूलाई
शब्दमा बयान गर्न नसकिने रहेछ । यौटा
आत्महत्याको कारणले एकजाना प्रिय व्यक्तिको अनुपस्थितिले र अभावले जुन क्षति
सिङ्गो समाजले भोग्नु परिरहेको छ त्यत्तिकै क्षति व्यहोर्नु परेको अर्को सामाजिक
पाटोलाई पनि हजुरले बिर्सनु हुँदैन ।
हजुरको
श्रीमानको हत्या या आत्महत्या भन्ने कुरालाई हामी सबै मिलेर छानबिनको लागि दबाब
दिनु पर्नेमा हामी कुन बाटोमा गइरहेका छौँ अब एक पटक गम्भीर भएर सोच्नु पर्ने समय
भएको हो कि जस्तो मलाई लाग्दछ । सिङ्गो
देश माथि भएको यो अकल्पनीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा हदै
सम्मको कारबाही होस भन्ने चाहाना र त्यही
अनुसार अनुसन्धान भइरहेको बेला हजुरहरू को आफ्नै परिवार भित्रबाट आएको दुईवटा
अभिव्यक्ति मध्ये पहिलो ‘यो रडै रडले हानेर बेहाल पारेर मारिएकै हो’ भन्ने
अभिव्यक्ति र दोस्रो ‘त्यो घाउ त दुर्घटनाको कारण लागेको
थियो’ भन्ने अभिव्यक्ति बाझिन पुग्दा सिङ्गो समाज नै विभक्त
हुन थालेको आभास तपाइले गर्न सक्नुपर्ने होइन र?
यहाँ
आएर अन्तर्राष्ट्रिय स्तरमै हलचल भएको छ की छैन ? की कतै
हजुरहरू लाई कहीँ कतैबाट त्यस्तो दबाब दिइएर तपाईँहरूको बोली फेरिएको त होइन ? हुन त हजुरका पनि आफ्नै पिडाहरू
छन् । आफ्नै श्रीमानको शारीरिक अवस्था बाट बेखबर हुनुहुन्थ्यो तपाईँ भन्ने कुरा
त्यो भिडियो सन्देशले प्रस्ट पारेको छ । श्रीमानलाई कहाँ चोट लाग्यो कता दुख्यो या
कता पिडा भयो भनेर बुझ्न नपाउने अवस्था पनि कम पीडा दायी हुँदैन । सालिक जी ले
अन्तै बाँड्न थालेको आत्मीयताले तपाईँ सालिक जी को शारीरिक घाउ चोट हरू प्रति
अनभिज्ञ हुनुहुन्थ्यो भन्ने अनुमान गर्न गाह्रो हुँदैन।
यसरी
आफ्नै परिवार भित्र भएको हरेक कुरा परिवारका सबै सदस्यलाई जानकारी नभएपनि हजुरलाई त हुनुपर्ने हैन र बैनी भनेर पनि
प्रश्न गर्न मिल्थ्यो होला तर म त्यसरी सोध्न चाहन्न । नातामा बाँधिइरहनु र आत्मीय
सम्बन्ध कायम हुनु फरक अवस्था हुन् । श्रीमानको आन्तरिक कुरा थाहा पाउन आत्मीय
सम्बन्ध हुनै पर्छ । दुर्घटनाको कारण खुट्टामा लागेको चोटको बारेमा समेत अनभिज्ञ
हजुरले सालिक जी को मनमा लागेका चोटहरूको बारेमा थाहा पाउनु पनि त्यति सम्भव जस्तो
लागेन।
अन्तिम
अवस्था सम्म पनि सालिक जी ले हजुर प्रति दर्साएको प्रेम निकै नै गहिरो प्रतीत
हुन्छ तर त्यो भन्दा अगाडी कहीँ कतै कुनै अवस्थामा बाँडिएका केही पलहरू को
अवस्थालाई माफ गर्न सक्ने ठुलो हृदय सबै महिलालाई भगवान् ले प्रदान गरेका हुन्छन्, म त्यत्ति बुझ्दछु ।
आफ्नो
श्रीमानको हत्या, आत्महत्या के हो त्यो थाहा पाएर न्याय पाउनु
हजुरको आफ्नै अधिकार भित्र को कुरा हो, त्यसैले हजुर र
हजुरको समस्त परिवार लाई दुई हात जोडी फेरी भन्दछु अब पटक पटक आफ्नो बोली र बयान
नफेर्नु होला । सत्यको लागि कसैको दबाब, दमनमा नपरी निष्पक्ष
छानबिनको लागी अनुसन्धान वा छानबिन
समितिको टोलीलाई वास्तविकता नलुकाई कुनै लोभ, लालच, प्रलोभन, दमन, दबाब कसैको रवाफ
मा नआई निष्पक्ष छानबिन को लागी अनुरोध गर्नुहोला बाँकी सबै जनताले सधैँ सत्यको
लागी ,सालिकराम जी को सत्य तथ्य को लागी जुन पहल गरिरहेको
छन् त्यसलाई थप सहयोग गरेर दोषीलाई सजाय र निर्दोष लाई रिहाइ को लागी सक्दो पहल
गर्नुपर्छ कि पर्दैन भन्ने कुरा एक पटक आफ्नै अन्तर आत्मालाई सोधेर निर्णय
गर्नुहोला ।
अन्त्यमा
निर्दोष नफसाइयोस ,नफसुन दोषी जो कोही हुन सजायको भागीदार
हुनुपर्छ, हुनै पर्छ र त्यसकालागि सम्झना बैनीको अठोटको
आवस्यकता पर्दछ । तपाई स्वर्गीय सालिकरामको
दोषीलाई कानुन अनुसारको कारवाही गर्ने अठोट गर्नुस सिंगो नेपाली समुदाय तपाइको
साथमा रहन्छ भन्दै मेरा मनमा लागेका कुरा
हरू समाप्त गर्न चाहन्छु मेरा कुराले प्रिय
बैनी सम्झना र उहाँ को परिवारलाई कुनै चित्त दु:खाई भएछ भने म जुन सजाय
दिनुहुन्छ भोग्न तयार छु हजुर र हजुरको
परिवार अनि सिङ्गो देश प्रति न्याय होस
भन्ने तपाइको शुभचिन्तक –
उही
अन्जना ढकाल
हाल
जापान
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें