पदम गिरि एनआरएन कतारको महासचिवमा अत्यधिक मतका साथ विजयी
तनहुँ राम्जाकोट घर भई हाल कतारमा कार्यरत पदम गिरी गैह्र आवासीय
नेपाली सङ्घ राष्ट्रिय समन्वय परिसद कतारको २३ अगस्टमा सम्पन्न भएको आठौँ
महाधिवेशन मार्फत महासचिव पदमा अत्यधिक बहुमतका साथ विजयी भएका छन् । आफ्नो
प्रतिद्वन्द्वी उमेदवारलाई सात सय चौतिस मतले पछि पार्दै गिरि महासचिव चुनिएका
हुन् उनले १९०५ मत प्राप्त गरेका थिए । गैह्र आवासीय नेपाली सङ्घ कतार कि युवा
संयोजक एवम् प्रतिष्ठित व्यवसायी माया केसी सँग गिरिले महासचिव पदको लागि चुनावी मैदानमा
प्रतिस्पर्धा गरेका थिए ।
एनआरएनए एनसिसि कतारलाई श्रमिक मैत्री बनाउनका लागि सबैभन्दा पहिले नेतृत्व विकाशलाई प्रभाकारी
बनाउन आवश्यक रहेको बताउने गिरी आफू विजयी भएपछि कतारमा रहेका सङ्घ संस्था र मजदुर
वर्ग सँग कसरी सहकार्य गर्दै अगाडी बढ्ने भन्ने रणनीति निर्माणमा आफू लागेको
बताउँछन् ।
एनआरएनए आइसिसी ट्राभल सेफ्टी एण्ड रोड सेकुरेटी विभागमा मध्यपूर्व
सदस्य समेत रहेका गिरी गण्डकी प्रदेश समन्वय परिषद् कतारका संस्थापक सदस्य, तनहुँ
सेवा समाज कतारको महासचिव, दशनामी समाज कतार शाखाका वरिष्ठ उपाध्यक्ष लगायत
विभिन्न पदमा रहेर काम गरिसकेका व्यक्ति हुन् । उनी युवा पुस्ताका सक्रिय सामाजिक अभियान्ता पनि
हुन ।
आफूले त्यस्तो कुनै ठुलो महत्त्वाकाङ्क्षा नबोकेको तर आफू यौटा श्रमिक
भएको नाताले संस्थामा आम श्रमिक वर्गको सहभागिताको लागि भने दिलोज्यान ले लागिपरेर
काम गर्ने कुरा उनले बताए । आफूलाई एउटा श्रमिकले खाडी मुलुकमा कस्ता कस्ता
समस्याहरू झेल्नु पर्दछ भन्ने राम्रो ज्ञान रहेको र मजदुर सहभागिता बिना मजदुर
वर्गको उत्थान पनि सम्भव नरहेको कारण आफ्नो पहिलो प्राथमिकता कतारमा रहेका
सम्पूर्ण नेपालीहरूलाई एकतावद्द गराउने आफ्नो ध्येय रहने कुरा समेत बताए ।
कतारमा रहने नेपालीहरूलाई यो संस्था साँच्चीकै साझा र अभिभावक संस्था
हो भन्ने आभास दिलाउने छु साथै आफू आम मजदुर हरूको समूहबाट निर्वाचित भएको
कारण मैले अब एनआरएन धनी मान्छेहरूको
मात्र संस्था हो भन्ने दुबिधाबाट साथीहरू लाई बाहिर निकाल्नु छ । कतारमा लाखौँको सङ्ख्यामा रहेका हामी
नेपालीहरू किन आज साझा संस्थामा केही हजार मात्र आबद्ध छौ, किन
युवा श्रमिकहरू यो अभियानबाट बाहिर छन्, भन्ने कुरा आफ्नो
चासोको विषय रहेको भन्दै यही सेरोफेरोमा
रहेर काम गर्ने कुरा नव निर्वाचित महासचिव पदम गिरीले बताए ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें