काड्स अर्गनाइजेसन कतारको प्रथम अधिवेशन सम्पन्न
मिति २०१९ अगस्ट ३० तारिख
शुक्रवार अर्थात् विक्रम सम्बत २०७६ भदौ १३ गते "काड्स अर्गनाइजेसनको अभियान, कृषि पर्यटन उद्योगमा लगानी आर्थिक समृद्धि र
पुर्णनिर्भरता" भन्ने मूल नाराका साथ “ऊर्जाशील कार्य योजना जिम्मेवार विकास
समाज” (काड्स अर्गनाइजेसन), दोहा कतारका अध्यक्ष विशाल
भण्डारी ज्युको सभापतित्वमा कन्सुलेट एक्सन प्लान अफ रेस्पोसिबल डेभलपमेन्ट
सोसाइटी प्रा. लि. नेपालका कार्यसमिति सदस्य एवम् काड्स अर्गनाइजेसन कतारका विदेश
विभाग प्रमुख श्री मोहन बहादुर कार्की छेत्री ज्युको प्रमुख आतिथ्यमा "प्रथम
अधिवेशन -२०१९" कार्यक्रममा सनैयाको प्लाजा मलमा अवस्थित लालीगुराँस
रेस्टुरेन्टमा सम्पन्न भयो ।
कार्यक्रममा विशिष्ट
अतिथिहरू लि:ल (फङ) घले समाज दोहा कतारका अध्यक्ष कुल बहादुर घले (आयुस), कोषाध्यक्ष सोम बहादुर घले, सह
कोषाध्यक्ष प्रेम घले, राष्ट्रिय लोक तथा दोहोरी गीत
प्रतिष्ठान नेपाल कतार शाखाका दृतिय उपाध्यक्ष इमान सिङ ठकुरी, प्रदेश नम्बर ६ समन्वय परिषद् कर्णाली सह-संयोजक नवराज शाही, नेपाल मगर संघ बाट रेसम बहादुर आले मगर, निर्भाणिक
यात्री एकता समाज दोहा कतार संयोजक राज धिमाल, सचिव राज राई,
कोषाध्यक्ष माया राई, समाजसेवी, बुद्धिजीवी तथा व्यवसायीहरू, सल्लाहकार, कलाकाररु आरुन योञ्जन, भुवन परियार, ज्ञानेन्द्र बि सी, डिपलब थापा, रोमित पौडेल, नन्द किशोर थारु, सन्दीप परियार, विभिन्न स्थानबाट आउनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू र विभागका प्रमुखहरू
रहेका थिए ।
कार्यक्रमलाई सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू
बाट ब्यानर अनावरण गरेर सुरुवात् गरिएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय गान
र कतार राष्ट्रिय गान उपस्थित सम्पूर्णले गाएका थिए । नेपालबाट कतारमा श्रमिकका
रुपमा आई जीवन गुमाउनु हुने सम्पूर्ण श्रमिकहरू
प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै
एक मिनेट मौन धारण गरिएको थियो। उपस्थित सम्पूर्णलाई ऊर्जाशील कार्य-योजना
जिम्मेवार विकास समाज कतारका सांस्कृतिक विभाग प्रमुख रोशन बि.क. ज्युले स्वागत
मन्तव्य राखेर स्वागत गरेका थिए। खुल्ला सत्र कार्यक्रम सदस्य विमल घले ज्यु र
बन्द सत्र कार्यक्रम सल्लाहकार असारमन राईले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा विशेष अतिथिहरू प्रदेश न. ६ सह संयोजन, निर्भाणिक यात्री एकता समाज, काड्स
कर्पोरेसन नेपालका अध्यक्ष एब अर्गनाइजेसनका संरक्षक श्री मिकि माउस लिम्बू ज्युले
पठाउनु भएको शुभकामना सन्देश काड्स अर्गनाइजेसनका सल्लाहकार असारमान राई ज्युबाट
वाचन भएको थियो ।
लि:ल फङ (घले समाज) दोहा
कतार, काड्स कर्पोरेसन नेपालका प्रशासन विभाग प्रमुख गणेश
भण्डारी ज्यु र मानव संसाधन विभाग प्रमुख श्री प्रेमध्याज लामा ज्युको शुभकामना
सन्देश प्रदान गर्नुभएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाका दृतिय
उपाध्यक्ष इमान सिङ ठकुरी ज्युले शुभकामना मन्तव्य र आफ्नो प्रस्तुति राख्नुभएको
थियो, गायक अरुण योञ्जन, काड्स
अर्गनाइजेसनका उपाध्यक्ष नानु घले ज्युले शुभकामना मन्तव्य साथै आफ्नी प्रस्तुति
राखेर कार्यक्रम लाई मनोरञ्जनात्मक बनाउनुभएको थियो । स्थानीय कलाकारहरू बाट अतिनै
राम्रो नेपाली कला संस्कृतिको प्रस्तुति भएको थियो,
काड्स अर्गनाइजेसनका
सल्लाहकार निम प्रसाद पौडेल ज्युले मुक्तकबाट काड्स के हो भन्ने बारे जानकारी
गराउनुभएको थियो र कार्यक्रम सफलताको शुभकामना ब्याक्त गर्दै नयाँ चयन हुने
कार्यसमितिलाई अग्रिम बधाई दिनु भयो।
प्रमुख अतिथि कन्सुलेट एक्सन
प्लान अफ रेस्पोसिबल डेभलपमेन्ट सोसाइटी प्रा लि (काड्स कर्पोरेसन )नेपालका
केन्द्रीय कार्यसमिति सदस्य, काड्स
अर्गनाइजेसन विदेश विभाग प्रमुख श्री मोहन बहादुर कार्की क्षेत्री ज्यु ले
कार्यक्रमलाई सम्बोधन गर्दै दोहा कतारमा रहेको काड्स अर्गनाइजेसन र नेपालमा रहेको
काड्स कर्पोरेसन बारेमा जानकारी गर्दै भाबि दिनमा हुने कार्ययोजना साथै छिटो नै
नयाँ शेयर खुल्ला हुने बारेमा जानकारी गर्दै कार्यसमितिलाई सफलता पूर्वक आफ्नो
कार्यकाल पूरा गरेकोमा धन्यवाद दिँदै नयाँ चयन हुने कार्यसमितिलाई अग्रिम शुभकामना
दिनुभयो।
कार्यक्रममा संस्थाको प्रगति
प्रतिवेदन सचिव भुपाल खड्का ज्यु, आर्थिक
प्रतिवेदन कोषाध्यक्ष राम कुमार राई, र विधान संशोधन समितिका
सदस्य विमल घले ज्युले विधान प्रस्तुत गर्नु भयो। प्रस्तुत गरिएका प्रतिवेदन र
विधानलाई महाधिवेशनबाट पारित गरियो।
कार्यक्रमका सभापति ऊर्जाशील
कार्य-योजना जिम्मेवार विकास समाज (काड्स अर्गनाइजेसन) दोहा कतारका अध्यक्ष विशाल
भण्डारी ज्युले संस्थाको निमन्त्रणालाई स्विकार्दै उपस्थिति हुनुहुने प्रमुख अतिथि, बिशिस्ट अतिथिहरू, अतिथिहरू,
समाजसेवी, बुद्धिजीवी, पत्रकार,
ब्याबसायी र एकै पटक धेरै कार्यक्रमहरू एक अर्कोमा समय जुधेको भएता पनि कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, पहिलो कार्यकाललाई सफल बनाउने सम्पूर्ण टिमलाई धन्यवाद दिँदै पहिलो
कार्यसमितिको बिगठन भएको घोषणा गर्दै निर्वाचन समिति गठनका लागि स्वीकृत गर्दै
पहिलो अधिवेशन कार्यक्रम समापन गरिएको थियो
।
निर्वाचन समिति संयोजक श्री
मोहन बहादुर कार्की छेत्री, सञ्चालक असारमान राई र सदस्य निम प्रसाद पौडेल हुने
गरी तिन सदस्य निर्वाचन समिटी गठन गरियो । निर्वाचन समिति बाट सर्वसम्मति विशाल
भण्डारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरियो ।
कार्यसमितिको नामावली क्रमशः
संरक्षक मिकि माउस लिम्बु, वरिष्ठ उपाध्यक्ष श्याम बहादुर लिम्बू, प्रथम उपाध्यक्ष नानु घले ब्लोन, उपाध्यक्ष धर्मराज
नेपाल, महासचिव विमल घले, वरिष्ठ सचिव
भूपाल खड्का, सचिव रमेश थापा, सह-सचिव
अम्बर बहादुर राई, कोषाध्यक्ष राम कुमार राई, सह-कोषाध्यक्ष प्रदिप राई, युवा विभाग प्रमुख
तीर्थराज पोखरेल, यातायात विभाग प्रमुख तेज बहादुर बुढाथोकी,
सञ्चार विभाग प्रमुख लाल बहादुर हमाल, कला तथा
सांस्कृतिक विभाग संयोजक रोशन बि क, सदस्यहरू गणेश परियार,
तारा प्रसाद जैसी, अब्दुल खलिक शेक, माया राई, प्रमुख सल्लाहकार / विदेश विभाग प्रमुख
मोहन बहादुर कार्की क्षेत्री, सल्लाहकारहरू असारमान राई,
निम प्रसाद पौडेल रहनुभएको छ ।
नव निर्वाचित कार्यसमितिलाई
कन्सुलेट एक्सन प्लान अफ रेस्पोन्सिबल डेभलपमेन्ट सोसाइटी प्रा.लि. नेपालका
कार्यसमिति सदस्य, काड्स अर्गनाइजेसन कतारका विदेश विभाग प्रमुख श्री
मोहन बहादुर कार्की क्षेत्री ज्युले शपथ ग्रहण गराउनुभएको थियो।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें