अपडेट

खाडीका साझा व्यक्तित्व नरेन्द्र भाटले एनआरएनए आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने



कतार -२ सेप्टेम्बर,२०१९:
गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए) भन्ने बित्तिकै यो प्रवासी नेपाली हरूको छाता सङ्गठन भन्ने बुझिन्छ । विश्वभर छरिएर रहेका नेपालीहरूको आस्थाको धरोहर हो यो संस्था । यो संस्थाको उपस्थिति अहिले विश्वका ८० वटा देशहरूमा भइसकेको छ । जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ एनआरएन ।  यस संस्थाको नेपालका लागि नेपाली भन्ने मुलमन्त्रका साथ २००३ मा बेलायतबाट सुरुवात भएको हो ।

एक पटक को नेपाली सधैँको नेपाली भन्ने मूल मान्यता राख्ने नरेन्द्र भाट खाडीमा संस्थाका जन्मदाता मानिन्छन् । उनी लगायत केही साथीहरूको संलग्नतामा खाडीमा एनआरएनको अभियानको सुरुवात भएको थियो । खाडीमा संस्थालाई दह्रो सँग स्थापित गराउनको लागि नरेन्द्र भाट अहोरात्र खटिएका व्यक्तित्व हुन् ।

सन् २००२ बाट कतारमा बस्दै आएका नरेन्द्र भाट एनआरएनए कतारका शिलान्यास कर्ता समेत हुन् भन्न सकिन्छ । एनआरएनमा आवद्द हुन भन्दा अगाडी देखि नै भाट कतारमा सामाजिक कार्यमा निकै सक्रिय रहेका व्यक्ति हुन् । उनले २००७२००९ कार्यकाल सम्म एनआरएन कतारको महासचिवको पदमा रही काम गरेका थिए 

२००९-०११ कार्यकाल कतार एनआरएनको अध्यक्ष पदको लागि चुनिएका भाटले आफ्नो कार्यकालमा संस्थालाई समस्त नेपालीहरू समक्ष पुर्‍याउन र संस्थाको जग बलियो बनाउन समय खर्चेका थिए । ०११-०१३ कार्यकाल भने उनले मध्यपूर्व संयोजकको रूपमा एनआरएनएमा रही मध्यपूर्व भरि छरिएर रहेका नेपालीहरूको प्रतिनिधित्व गरेका थिए।  

उनको संस्थागत संलग्नता अगाडी बढ्दै गयो र ०१३-०१५ कार्यकालको लागि आइसिसी उपाध्यक्षमा उम्मेदवार साथै सल्लाहकार भएर पनि संस्थालाई अगाडी बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सम्पूर्ण एनआरएनहरूको साझा मुद्धाहरुमा खाडीका मुद्दा फरक रहेको भन्दै खाडी हेर्ने संस्थागत दृष्टिकोण परिवर्तन गराउन भाटले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

०१५- ०१७ कार्यकालका लागि आइसिसी उपाध्यक्ष साथै सङ्गठनको सल्लाहकारकै पदमा रही आफ्नो भूमिका निर्वाह गर्दै सङ्गठन प्रति बफादार भएर अघि बढिरहेका नरेन्द्र भाटले अगिल्ला निर्वाचनहरूमा खाडीबाट अध्यक्षतामा दाबी गर्नु कति उचित भन्ने बहसमा आफ्नो स्पष्ट धारणा राख्ने गरेका थिए । खास गरी खाडीले संस्थाको नेतृत्व पाउनु पर्दछ तर निर्वाचित हुने उमेदवार भने सक्षम हुनु पर्दछ भन्ने भाट हल्लाको भरमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने र अन्तिम समयमा फिर्ता गर्ने प्रचलनको भने कडा आलोचक हुन् ।  

हाल उनले सङ्गठनमा एउटा सम्माननीय  सल्लाहकारको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन् भने आशन्न निर्वाचन मार्फत पुन: आइसिसी उपाध्यक्षको लागि उम्मेदवारी दिने उनको मनसाय रहेका बताएका छन् ।


कोई टिप्पणी नहीं