अपडेट

क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय पर्वत समाजको सहयोग


अन्तर्राष्ट्रिय पर्वत समाजको संयोजनमा इजरायलमा रहेका नेपाली द्वारा  सङ्कलित  रकम रु. साठी हजार पर्वतको कुस्मा निवासी क्यासर पीडित मीनबहादुर परियार लाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधि मुना भुसालले उक्त रकम बिमारीका आफन्तलाई हस्तान्तरण गर्नु भएको थियो।

आन्द्रामा क्यान्सर भई लामो समय देखी उपचाररत उनलाई अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष दीपिका भुसालको पहलमा इजरायलबाट सङ्कलन गरिएको रकम अन्तर्राष्ट्रिय पर्वत समाजकी नेपाल प्रतिनिधि मुना भुसालले पीडितकी श्रीमती हिना परियारलाई प्रदान गर्नुभएको हो । पीडित परियारको उपचारार्थ सहयोग गर्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि भुसालले जानकारी दिनुभयो ।

रकम हस्तान्तरण गर्दै भुसालले पीडित परियारको उपचारार्थ सहयोग सङ्कलन अभियान  अन्यत्र  समेत जारी रहेको बताउनु भयो । उहाँले दुःखमा नआत्तिन आग्रह गदै आगामी दिनमा थप रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै रकम सङ्कलन गर्न पहल गर्ने दीपिका भुसाल लगायत सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई धन्यवाद दिनुभयो ।

साथै भुसालले एक साता अगाडी पर्वत समाज नेदरल्याण्डवाट प्राप्त सहयोग रकम ६० हजार ७ सय ४९ रुपैयाँ पनि पीडितको घरमा पुगेर हस्तान्तरण गर्नुभएको थियो । उक्त रकम पीडितको उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ । पीडितकी श्रीमती हिनाले घरको अवस्था नाजुक रहेकाले आफ्ना श्रीमानको उपचारमा सहयोग गर्न आग्रह गर्दै उपचारका क्रममा धेरै रकम खर्च भइसकेकाले थप रकम जुटाउन मुस्किल परिरहेको बताउनु भयो ।

इजरायलबाट पीडित परियारलाई सहयोग गर्ने सहयोगी मनहरू लाल दुरा, सूर्य राना, माया खनाल, इशा शर्मा, सुशिला हमाल, रमा जोशी, देवी खरेल पाण्डे, दीपिका भुसाल, अनु थापा, प्रभा खत्री, राजकुमारी कार्की, उमा पौडेल, रन्जु ढकाल, निरु श्रेष्ठ, राधा जोशी, राजेन्द्र श्रेष्ठ, नरेश श्रेष्ठ, माया आचार्य, राज क्षेत्री, सुशीला बस्नेत, विद्या थापा मगर,  मित्र सिवाकोटी, बिबेक अधिकारी,  सुमना बस्नेत, उषा भुसाल, मञ्जु गुरुङ लगायत रहनुभएको थियो ।

कोई टिप्पणी नहीं