हेमन्त शर्मा र विष्णु माझीको स्वरमा बनमारा गीत बजारमा
दुर्लभ किसिमको लोक दोहोरी गीत ‘बनमारा’
बजारमा आएको छ । लोकप्रिय गायक हेमन्त शर्मा र चर्चित लोक गायिका
विष्णु माझीको स्वरमा बजारमा आएको बनमारा दुर्लभ किसिमको लोक दोहोरी गीत जस्तो
देखिन्छ । गायक हेमन्त शर्माले लोक स्वादका गीतहरू गाउदै आइरहेको भए पनि टिपिकल किसिमको
दोहोरी गीत दोहोरी गायिका सँगै युगल स्वरमा रेकर्ड गराएको भने यो पहिलो पटक हो ।
सार्थक डिजिटल प्रालिको प्रस्तुति रहेको बनमारा गीतमा शब्द
सङ्गीत र वाद्यवादन संयोजन यम थापाको रहेको छ भने उक्त गीतको भिडियोमा नायक पुष्प
खड्का र मरिस्का पोखरेलले अभिनय गरेका छन् । यस्तै शिव विकले कलात्मक रूपमा
कोरियोग्राफी गरेको भिडियो नवराज कार्कीले खिचेका हुन् ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें