परदेश बाट नै दशैं तिहार गीत सार्वजानिक
संसारको जुनसुकै कुनामा पुगेपनि लोक गीत संगीतलाई माया गर्ने
र त्यसै प्रति समर्पित हुने कलाकारहरु गीत संगीत प्रति समर्पित भइरहेको देख्न सकिन्छ
। यसै क्रममा खाडी मुलुक कतारमा नै तयार पारिएको दशैं तिहार गीत युट्युब मार्फत
सार्वजानिक भएको छ ।
दिल राना मगर र पुर्णिमा मगरले आफ्नै शब्द संकलनको गीतलाई
बजारमा ल्याएका हुन् जसमा पुनामाया मगरको संगीत र निरज थापाको वाद्यवादन संयोजन रहेको
छ ।
कतार मै तयार पारिएको यस गीतमा लोक गायिका नानु घलेको अभिनय
रहेको छ भने अन्य कलाकार हरुमा सागर गुरुङ, बिन्दु सापकोटा आदिको अभिनय रहेको छ, बाल
कलाकार सिभाली सापकोटाले पनि यो गीतमा अभिनय गरेका छन् ।
निरज थापाले बनाएको गीतको म्युजिक भिडियो ‘संगीत महल क्रियशन’
युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको छ ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें