ठालु नारदमुनीको बिजोक -लघुकथा
एकादेशमा जनता बेच्ने यौटा
लोक थियो । त्यो देशका जनता परलोक गएर पैसा कमाउँथे र देश चलाउँथे । एक दिनको कुरा
हो । परलोक जान अनुमति दिने कार्यालयमा उता जानेहरूको अत्यन्तै भिड थियो । चाडपर्व
पछिको सिजन भएकोले होला सबैका खल्ती
रित्ता प्राय: भइसकेका थिए त्यसैले सबैलाई हतार थियो कतिलाई छिट्टै जानुपर्ने थियो
कसैलाई जसरी नि जानै पर्ने थियो सकेसम्म त आजै गएर भोलि देखि नै पैसा कमाउनु पर्ने
थियो ।
त्यो लोकका हाकिम लाममा
लागेका दुखी जनलाई एक एक गर्दै परलोक जाने टिकट दिँदै थिए, एक किसिमको चटारो थियो । भिडको पेलमपेलको असर यस्तो
थियो कि त्यहाँ जो भएको भए पनि कर्कश र निरसिलो देखिने । न परलोक जानेको अनुहार
हँसिलो छ न पठाउनेको मन खुसिलो छ ।
हाँसी खुसी विहीन उक्त लोकका
हाकिम अति कडा ! हाकिम कडा हुनु स्वाभाविक पनि थियो । उनी अलिकति नरम हुने
बित्तिकै झुक्क्याएर परलोक पठाउनेहरूको बिगबिगी ह्वात्तै बढ्छ ।
लोक र परलोकको तार्तम्य
मिलाउने भिडमा कस्लाई कसको मतलव!
त्यति नै बेला परलोकका एक
सुकिलो ‘नारद’ भिड छिचोल्दै हाकिमसम्म
पुग्छ र हात तेर्स्याउँदै भन्छ म पर्लोकबाट आको, उता
परलोकतिरको म ठालु हुँ र यता लोकतिर त मेरो पहुँच बडाहाकिमसम्म छ त्यसैले म लाइन
बस्न सक्दिन मेरो काम यता द्रुतगतिमा गरिदिनु पर्यो !
यस्तो कुरा के सुन्याथे चिर्चिरे हाकिम बम्कीहाले । बम्कने मात्र होइन ती नारदको अनुहार भित्र कतै ‘ठग’ त लुकेको छैन भनेर सोध खोज समेत गरे अनि लाइनबाटै आउनुपर्ने आदेश कडा रूपमा दिए । एक हिसाब ले उक्त ठालु लाई गलहत्त्याएर औकात देखाइदिए।
यस्तो कुरा के सुन्याथे चिर्चिरे हाकिम बम्कीहाले । बम्कने मात्र होइन ती नारदको अनुहार भित्र कतै ‘ठग’ त लुकेको छैन भनेर सोध खोज समेत गरे अनि लाइनबाटै आउनुपर्ने आदेश कडा रूपमा दिए । एक हिसाब ले उक्त ठालु लाई गलहत्त्याएर औकात देखाइदिए।
नारदमुनी को 'ठालु' रवाफ एकक्षिनमा
स्वाहा! आलु रवाफ बनाइदिए !
पचास लाख पर्लोकका प्रजाको
स्वघोषित ठालु, बडाहाकिम सम्म पहुँच भको नारदको अपमान? अहँ कुनै हालतमा उसलाई पाच्य हुने कुरै आएन अनि कट्वाल चौतारोमा आएर
फलाक्न थाल्यो त्यो लोके हाकिमले हेप्ने; नटेर्ने?
-इति श्री ठालु पुराणे, संजेल
खण्डे, श्रम स्वीकृति महात्मे परदेश गमनम तथा हाकिम द्वारा ठालु गलहत्याइम् प्रथम
अध्याय: कथा समाप्तिम ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें