सुरज पौडेलको ‘जबसम्म सास छ’ गजल बजारमा
चितवनका चर्चित सञ्चारकर्मी सुरज पौडेलले नयाँ वर्षको अवसरमा नयाँ गजल
बजारमा ल्याएका छन् । लामो समय देखि सञ्चार कर्ममा रहँदै आएका पौडेलले आफ्नो पाचौं
सांगीतिक कोशेलीको रुपमा ‘जबसम्म सास छ’
बोलको गजल सार्वजनिक गरेका हुन् ।
पौडेलको शब्दमा रहेको उक्त गजलमा अर्का संचारकर्मी दिपकराज विश्वकर्माले
सांगीत भरेका छन् । गजलमा अहिलेकी व्यस्त तथा चर्चित गायिका मेलिना राई र बुद्ध
मोक्तानको स्वर रहेको छ । युट्युबमार्फत सार्वजनिक गरिएको गजलको म्यूजीक भिडियोलाई
दर्शकहरुले मन पराइरहेका छन् । म्यूजीक भिडियोलाई अशोक विकले निर्देशन गरेका छन् ।
गजलको भिडियोमा अभिषेक ओली र एलिना देउजाको अभिनय छ । ओएसआर डिजिटलले उक्त भिडियो
युट्युबमा सार्वजनिक गरेको हो ।
पौडेलले चितवनमा पहिलोपटक सिनर्जी एफएममार्फत उक्त गजल सार्वजनिक गरेको बताए । उनले नयाँ वर्ष २०२० को संघारमा आफ्नो गजल सार्वजनिक गर्न पाउँदा खुसी लागेको भन्दै सम्पूर्ण श्रोताहरुलाई नयाँ वर्षको शुभकामना कोसेली स्वरुप गजल समर्पण गरेको बताए ।
पौडेलको रचना रहेको ‘छम्म–छम्म नाचिदेउ सोल्टी’ बोलको गीत २०६० सालमा रेकर्ड भएको थियो । चर्चित गायक तिलक बम मल्लको परिवेश ब्याण्डको पाचौं एल्बमको शीर्ष गीत “छम्म–छम्म” ले उक्त समयमा राम्रो चर्चा पाएको थियो । त्यसैगरी पौडेलको रचना रहेको ‘किन होला प्यासी नजर’ बोलको गीत चितवनका अग्रज गायक प्रसाद श्रेष्ठको आवाजमा रेकर्ड भएको छ । त्यस्तै, ‘जुनको किरण’ बोलको गीत शिशिर योगी र ‘तिम्रो मुहार’ बोलको गीत भद्रध्वज गुरुङको आवाजमा रेकर्ड भएको छ ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें