रेडियो र जागिरले सिकाएका कुरा - सुरज पौडेल
रेडियो
कर्ममा लगभग डेढ दशक भन्दा लामो समय बिताइसकेका सुरज पौडेलले लेखेको गीत “जबसम्म सास छ” भर्खरै बजारमा आएको छ । वित्त बजारको
व्यवसाय र जागिर सँगै रेडियो कर्म र ती लेखन सबै कामलाई सँगसँगै अगाडी बढाइरहेका
पौडेल चितवनका चर्चित रेडियो कर्मी समेत हुन् । उनको गीति लेखन यात्रा, साधारण जागिरे जीवन, व्यवसाय र अन्य सामाजिक
कर्महरूको बारेमा हामीले राखेका जिज्ञासाहरूको बारेमा के भन्छन् त सुरज आउनुस् एक
छिन पढौँ ।
हाम्रो
प्रश्न पछि अलि गम्भीर हुँदै सुरज अगाडी भन्छन्; सत्र वर्ष सम्म रेडियोमा प्राय: सबै
खाले कार्यक्रमहरू सञ्चालन गर्ने जुन अवसर प्राप्त भयो त्यसको लागि समयलाई मैले
धन्यवाद दिनै पर्छ । अहिले जस्तो डिजिटल प्लेटफर्म नहुँदा समेत टेपरिकर्डर मा
क्यासेट चक्का हालेर रेडियो चलाउनुको सुन्दरता अबको पुस्ताले अनुभव गर्न पाउने छैन
। एफ एम रेडियोको सुरुवाती चरण देखि अहिले युट्युबको जमाना सम्म आइपुग्दा सञ्चारको
क्षेत्रमा जति ठुलो क्रान्ति देख्न र अनुभव गर्न पाइयो त्यस्तै अनुभव जागिरे र
ब्यबसायिक जीवनमा पनि अनुभव भइरहेको छ ।
पैसाको
कारोबार कति झन्झटिलो थियो हाम्रो समाजमा, समाज बिस्तारै परिवर्तन हुँदै गयो ।
नोटका बिटा बोकेर विनिमय गर्ने समयको अन्त्य हुँदै गयो । अनलाइन बैंकिंग र अनलाइन
विप्रेषणलाई नजिकबाट नियाल्ने र त्यसैमा काम गर्ने सौभाग्य समेत यही समयमा प्राप्त
भयो । समयले प्रदान गरेको यो अर्को मौका पनि अमूल्य छ मेरोलागि ।
मैले
भविष्यको योजना आफै बनाउनु पर्छ भनेर सिक्ने समय आउनु अगाडी नै मेरो भविष्यको
बारेमा अथाह योजना बनाउन तल्लीन यौटा ठुलो परिवारको समूहको प्रिय पात्र थिएँ म ।
सरासर भन्नुपर्दा बाल्यकाल मै कुनै अमूर्त योजना मन भित्र बनेको भए बेग्लै कुरा हो
नत्र साधारण किशोरवयका सपना भन्दा माथिको सोच पलाउनु अगाडी नै यौटा बालकको भविष्यको
फैसला भइसक्ने अवस्था छ हाम्रो समाजमा।
छोरो
डाक्टर बन्छ कि इन्जिनियर यो बालकले बुझ्न सक्नु अगाडी नै तय गरेर आशावादी हुँदै
प्रतीक्षा गर्ने समाज हो हाम्रो । मेरो बारेमा पनि परिवारले त्यस्तै केही योजना
डिजाइन गरेको हुनु पर्दछ पक्कै । जस्तोसुकै योजना बनेको भए पनि त्यो मेरो हितमा
थियो होला पक्कै पनि ।
त्यस्तै
अरूले बनाएका योजनाहरू बोकेर दौडँदा दौडँदै कलेज लाइफ पछाडि मात्र बल्ल जिन्दगीलाई
फरक तरिकाले बुझ्ने मौका मिलेको हो कि? त्याग, समर्पण,
प्राप्ति, अप्राप्ति, इगो,
हार जीत, सन्तुष्टि असन्तुष्टि लगायत जिन्दगीका
अनेक दोबाटा चौबाटा हरूसँग जम्काभेट हुने समय बिस्तारै हाम्रो जिन्दगीमा आउँदै
जाँदै गर्ने रहेछन् । जे सुकै आए पनि जे सुकै गए पनि जति सुकै असन्तुष्टि हरू
भोग्नु परे पनि अन्ततः ती सबै परिघटना हरूले एक किसिमको सन्तुष्टि प्रदान गरेरै
जाने रहेछन् । हार भित्र पनि जितको आभास, जित भित्र पनि
अपनत्वको खुसी, कहिलेकाहीँ त अपमान पनि प्रेमिल नै लाग्ने
बेग्लै स्वादको समयबाट गुज्रनु पर्ने रहेछ । त्यो सबै कुराको समष्टिगत स्वरूप नै
जिन्दगी रहेछ ।
सुरुवातमा
रेडियो मेरो लागि अनपेक्षित थियो । रेडियोको माइक्रो फोन समात्नु अगाडी नै केही
थान जिम्मेवारीका भारहरू बहन हुनुपर्छ अब म बाट भन्ने अनुमान
मलाई भइसकेको थियो । एक किसिमको स्वप्निल कर्म जस्तै रेडियो कर्म मेरालागि सपना
भन्दा कम थिएन, यौटा सपना पुरा गर्ने गन्तव्य भेटे जस्तै हुर्रिएर रेडियो स्टेसन पुगेको
थिए म । त्यसपछि बल्ल थाहा भयो अब मैले सिक्नुपर्ने थियो धेरै तौर तरिकाहरू र
बदल्नुपर्ने थियो जिन्दगी हेर्ने नजरियालाई समेतलाई ।
ठ्याक्कै
बुँदागत रूपमा निर्क्योल गर्न सक्छु कि सक्दिन थाहा छैन तर रेडियोले मलाइ धेरै कुरा सिकायो । पैसा के हो ! आफ्नो
कमाइ के हो, अत्यन्त सानो कमाइमा समेत कसरी
खुसी भएर दैनिकी चलाउनु पर्छ त्यो बुझायो, एक एक पसिनाका
थोपा भित्र लुकेको पैसाको महत्त्व बुझायो । समय के हो? एक
सेकेन्ड ढिला हुँदा के छुट्न सक्छ र एक सेकेन्ड बचाउँदा के गर्न सकिन्छ भन्ने कुरा
सिकायो । रेडियोले नै समयको महत्त्व सिकायो
।
त्यस्तै मा
अईएमई मा कार्यरत छु । वित्त सम्बन्धी
जागिर र व्यवसायले मलाई ‘कामको दर्जा’ के हो भन्ने कुरा बुझायो, गैह्र ब्यबसायिक र बेरोजगार
रहँदाको मानसिकतामा व्यापक परिवर्तन गरायो, ओहोदामा
हुनेले सानो काम गर्न हुँदैन भन्ने भ्रमबाट मुक्त बनायो, जसरी
रेडियोले धेरै कुरा सिकायो मलाई त्यसरी नै आईएमई ले मलाइ कामको सम्मान गर्न सिकायो ।
समय नै सबै भन्दा बलवान रहेछ
। यो समयले नै मलाइ दुख के हो भन्ने कुरा बुझायो । काम नगरी दैनिकी चल्दैन भन्ने
कुरा त उदाहरण दिई दिई बुझायो र अझै मेहनती हुन सिकायो । आफ्नाहरूको स्वार्थ र लालचिपन
चिनायो र दुनियाँलाई आँखा चिम्लेर विश्वास गर्ने मलाइ सोचेर मात्र विश्वास गर्ने
बनायो । कतैबाट विश्वासघात हुँदा परिवारको
माया सम्झिने बनायो । केही सम्बन्धहरू अत्यन्तै प्रिय हुँदारहेछन जसले हरेक दुखमा
र अप्ठ्यारोमा समेत पारिवारिक प्रेम
देखाउँछन् तिनिहरुनै वास्तविक आफन्त हुन् भन्ने सिकायो।
रेडियोले मलाई जिन्दगीको
असली परिभाषा बुझायो, सामान्य
कुरालाई ठुलो बनाएर चिन्तित भइहाल्ने हाम्रो बानीलाई सहनशील भएर परास्त गर्न
सकिन्छ सजिलै भनेर सिकायो । मान्छेहरूको बानी जता काफल पाक्यो उतै चरी नाच्यो
भनेजस्तो छ संसारमा । त्यस्ता मान्छेहरूको दहीचिउरे स्वभाव चिन्न जागिरले सिकायो ।
अझ वित्त क्षेत्रको जागिरले
ईमान्दारिता, नैतिकता र चरित्रवान् बन्न सिकायो, कसैलाई नठग्नु, नलुट्नु ,नचोर्नु
भन्ने कुरा उदाहरण दिई दिई सिकायो । धेरै मान्छेहरू ठगीमा संलग्न भएका घटना देखेरै
आफूलाई कसरी ईमान्दार बनाइरहने भन्ने चिन्तनमा घोत्लिन सिकायो ।
धैर्य हुन सिकायो, केही नगरी
बा को पसिनाको कमाइमा रमाउने र आमाले बनाएको खाने बानी परेको जिन्दगीलाई आफैले
केही गर्न पर्छ भनेर सिकायो रेडियोमा
पसेपछि बल्ल पैसा कमाउन दुख रैछ भन्ने विचार मनमा आएको थियो आइएमई मा पसेपछि पैसा जोगाउन झन् धेरै गाह्रो
रैछ भन्ने कुरा त्यो जागिरले बुझायो ।
मैले खास रेडियो कर्म र जागिरे
जीवनबाट सिकेका कुराहरू यिनै हुन् । कतिपय अभिव्यक्तिहरू साथीहरूलाई नकारात्मक पनि लाग्ला
। मैले केवल सकारात्मक सोच राखेर आफूले अनुभव गरेका कुराहरू बोलेको हुँ । मेरो नयाँ गीत “जबसम्म सास छ”
भर्खरै बजारमा आएको छ । अन्य आधा दर्जन गीतहरु बजार मा छन्, आदरणीय
गायक शिशिर योगीको स्वरमा रहेको ‘जुनको किरण’ र भद्र ध्वज गुरुङको आवाजमा रहेको “तिम्रो मुहार” लगायत गीतहरू पनि मैले तपाईँहरूको
मूल्याङ्कनको लागि बजारमा छोडेको छु हेरेर मनोरञ्जन गर्नुहोला र मलाई सल्लाह सुझाव
दिनुहोला –धन्यवाद ।
जुनको किरण –सुरज पौडेल
जवसम्म सास छ –सुरज पौडेल
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें