दुर्गा सापकोटा र सुर्य खडकाकाे नैना रेशम टिकटक देखि ट्रेण्डिङ सम्म [भिडियो सहित]
पराइ भुमिमा
रहेपनि नेपाली गीतसंगितमा अनाबरत रूपमा लागिरहेका परदेशी गायक सुर्य खड्काको ‘नैना
रेशम’ बजारमा आएको छ ।
यति बेला सोहि गीत
टिकटक देखि भाईरल बन्दै ट्रेण्डिङमा समेत परेको छ । जापानमा रहेर पनि सुर्यले
नेपाली मौलिकता झल्किने गितहरू बजारमा ल्याएका छन ।
केही दिन अघि
मात्र आएको लोक दोहोरी गीत नैना रेशमले आम श्रोताको राम्रो प्रतिक्रिया पाएको गायक खड्काले जानकारी दिए । सर्जक शिव अखेली शब्द
सुर्य खड्का को लयमा रहेको सोहि गीतमा स्वयम्ब खड्का र दुर्गा सापकोटाको आवाज रहेको छ ।
निकै मेहनतका
साथ छाँयाङकन गरिएको भिडियोमा नयाँ अनुहार लाई देख्न सकिन्छ सागर लम्साल,प्रिन्सि
खतिवडा र प्रिस्म खतिवडाको नृत्य रहेको यस गितमा काजिस श्रेष्ठ निर्देशन, दिपक बिष्टको सम्पादन र अजय रेग्मीको
छायाङकन रहेको छ ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें