अपडेट

प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा चानक पोख्रेल मनोनित


कतार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेश स्थित भातृसंगठनको टुंगो लगाएको छ । नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो ।

प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा चानक पोख्रेल मनोनित भएका छन्, खोटांग जिल्लाको दिक्तेल बजारमा २०३२ सालमा जन्मिएका पोखरेलले २०४६ सालको आन्दोलनमा समेत सहभागिता जनाएका थिए । २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरेका उनी सन् १९९६ देखि कतारमा कार्यरत छन् ।

राजनीति र  समाजसेवालाई संगसंगै अगाडी बढाइरहेका पोखरेल लगभग दुइ दशक देखि कतारमा कार्यरत छन । कुटनैतिक पहुँच, सरकारी नियोग संगको समन्वय, गैर आवासीय नेपाली संघ जस्ता संस्थामा प्रभावकारी भूमिका खेल्ने उनी कतार स्थित नेपाली समाजका प्रभावशाली व्यक्ति हुन्

यसैगरी सचिवमा मोहन कार्की मनोनित भएका छन् भने सदस्यहरुमा द्रोणबहादुर बस्नेत, चानीलाल राजवंशी, जियाबाबु खान, गणेश शिवा परियार, प्रभात त्रिपाठी, चुडामणि कार्की, छविरमण कटुवाल, चन्द्र विक, धर्मेन्द्र खड्का, विजयविक्रम बस्नेत, रेणु चौलागाईं कार्की, गणेशप्रसाद ढकाल, सन्तोष खड्का, भीम तरामु मगर, धर्मसिं विक, बालकृष्ण भित्रीकोटी, तानबहादुर खन्डलुक मगर, नन्दप्रसाद ढुंगाना, जीतबहादुर सार्की, मित्रबहादुर विक, चिन्तामणी पौडेल, राजु डुमे्र, जैवी राई, पुष्प लम्साल, बुद्धिप्रसाद भण्डारी, महेश दाहाल, अमित गौतम, गंगा विक, नानु घले, राज देवकोटा, श्रद्धाम हुसेन, रामप्रसाद खनाल, नेत्र आचार्य, गणेश तामाङ, बिमल न्यौपान परवेज नवाज, तिलकराम भुसाल, धर्म नेपाल, रोशन विक चयन भएका छन् ।

कोई टिप्पणी नहीं