सम्मान पूर्वक समयमै नेपाल फर्कन पाउने वातावरण बन्नु पर्दछ-चानक पोखरेल
संसार भरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस “कोबिड -१९” ले देश विदेशमा रहेका सम्पूर्ण नेपाली र विश्व जगत् नै त्रासदीपूर्ण वातावरणमा बाँच्नु परिरहेको छ । यसको रोकथाम र यसबाट बच्नका लागि अपनाउन सकिने सावधानीको बारेमा साथीहरूलाई बढीभन्दा बढी जानकारी दिनको लागि नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति, राष्ट्रिय समितिहरू, प्रवासी नेपाली एकता मञ्च र अन्य थुप्रै सङ्घ संस्थाहरू सक्रिय रूपमा लागि परेका छन् ।
तीव्र गतिमा फैलने यो भाइरसको प्रभाव
युरोप अमेरिका जस्ता अति विकसित मुलुकहरूमा जुन स्पिडमा बढेको छ त्यसको तुलनामा
मध्यपूर्व मा त्यो फैलिने स्पिड केही कम रहेजस्तो देखिन्छ तर पनि जनघनत्वको
अनुपातमा बिमारी कम भेटिँदैमा जोखिम कम रहेको भनेर ढुक्क हुनसक्ने अवस्था छैन ।
मध्यपूर्वमा रहनुभएका सम्पूर्ण हामी नेपाली दाजुभाइ दिदीबहिनी जोखिममा छौँ । जो
जहाँ जुनसुकै समयमा पनि सङ्क्रमित हुन सकिने आजको अवस्थालाई मध्यनजर राख्दै
सकेसम्म सावधानी अपनाएर सुरक्षित रहनुहुन म सम्पूर्ण मित्रहरूमा अनुरोध गर्न
चाहन्छु ।
विदेशमा खास गरी पहिलो विश्वमा रहेका
नेपाली जनताको बारेमा सरकारी स्तरको चासो हामीले मिडियामा पढेर पनि थाहा पायौँ
। खुसीको कुरा हो की देश बाहिर रहेका
जनताको बारेमा सरकार चिन्तित छ र
अप्ठ्यारो अवस्था आइपरेमा उद्दारको लागि तदारुकता देखाउने छ । खास गरी मध्यपूर्वमा रहेका नेपालीहरूको
परिस्थितिका बारे पनि हाम्रो सरकार जानकार छ
भन्ने कुरामा हामी मध्यपूर्वमा रहेकाहरू निकै आशावादी छौँ ।
कोरोना भाइरसको जोखिम सँग जुध्न
बनाएको उच्चस्तरीय समितिको सम्पूर्ण ध्यान अहिले सङ्क्रमित पहिचान गर्ने र बिमारीको उपचार गर्नेमा केन्द्रित रहेको छ ।
आवश्यक औषधिको आपूर्ति पनि उत्तिकै महत्त्वपूर्ण विषय हो । डाक्टरको सुरक्षा, अस्पताल, पिपीई लगायत तमाम आन्तरिक कुरामा
समिति अत्यन्तै व्यस्त छ, समितिका काम कारबाहीहरू
प्रभावकारी रूपमा अगाडी बढोस् भन्ने कामना पनि गर्दछु ।
त्यसपछिको सबैभन्दा महत्त्वपूर्ण कुरा
भनेको यो ‘कोभिड-१९’
समस्या केही हदसम्म सुल्झिएपछि अथवा अन्तर्राष्ट्रिय फ्लाइटहरू उड्न
थालेपछि मध्यपूर्वको अवस्था निकै जटिल हुनेछ । हामीले अनुमान गरेभन्दा धेरै
आप्रवासीले रोजगारी गुमाउन सक्ने अथवा स्वेच्छाले नेपाल फर्कनको लागि चाहाना
राख्ने नेपालीहरू अत्यधिक हुन सक्छन् । त्यो अवस्थामा देश फर्कन चाहने नेपालीहरूको
लागि सरकारले के कस्ता व्यवस्था गर्न सक्छ भन्ने कुराको आजै देखि अध्ययन गरी
त्यसको तयारीमा लाग्नुपर्ने देखिन्छ ।
विदेश बसुन्जेल रगत पसिना बगाएर एक एक
रुपैयाँ जोडेर रेमिटेन्स मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याएका हरेक नेपाली
दाजुभाइ दिदीबहिनीले सम्मान पूर्वक समयमै नेपाल फर्कन पाउने वातावरण बन्नु पर्दछ
। हाम्रो सरकारले आफ्ना जनताको स्वदेश
फर्कन पाउने अधिकार सुनिश्चित गर्ने वातावरण समयमै मिलाउन सकोस् र कोही पनि नेपाली
थप समस्यामा पर्न नपरोस् भन्ने शुभकामना पनि यसै साथ व्यक्त गर्न चाहन्छु ।
सम्पूर्ण मित्रहरूमा नयाँ वर्ष २०७७
को धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।
चानक
पोखरेल
अध्यक्ष, प्रवासी नेपाली एकता मञ्च,
कतार ।
Follow @ChanakPokharel
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें