अपडेट

अनु थापाको अध्यक्षतामा भोजपुर सेवा समितिको नयाँ कार्यसमिति चयन ।


भोजपुर सेवा समितिको यहीँ जुलाई १३ तारिखमा  अनलाइन मार्फत  सम्पन्न भएको  अधिवेशनले सर्वसम्मत  रूपमा नयाँ कार्यसमिति गठन गरेको छ।कोभिड-१९ महामारीको कारण डिजिटल रूपमा आयोजना गरिएको अधिवेशन मार्फत समितिको उपाध्यक्षमा  सुमिन पाख्रिन, मिना राई  र सरस्वती राई चयन भएका छन् भने महासचिवमा झकिन्द्र खतिवडा, सचिवमा  मचिन्द्र तामाङ  चयन भएका छन्  यस्तै  कोषाध्यक्षमा सुनिता गुरुङ  र सह कोषाध्यक्ष विमल घले चयन भएका छन्।
सन्  २०१७  मा इजरायलमा  स्थापना भएको समाजले भोजपुर जिल्लाको शिक्षा र स्वास्थ्यको क्षेत्र, दैबिप्रकोप दीन दु:खी हरूलाई सहयोग गर्ने मुख्य उद्देश्य राख्दै आएको छ । परदेशमा रहेर समाजसेवालाई प्राथमिकता दिँदै आउनुभएका सहयोगी हातहरूको समिति भोजपुर सेवा समितिका सदस्यहरू मा दिपा राई, रोजी गोले, सीता विष्ट रहेका छन् । यस्तै बालकुमार राई संरक्षकको रूपमा रहेका छन् भने प्रमुख सल्लाहकार कृष्ण रायमाझी साथै सल्लाहकारहरू मा   विष्णु तामाङ र  इन्दिरा अधिकारीलाई   चयन गरिएको कुरा नव निर्वाचित अध्यक्ष अनु थापाले बताइन।

यसअघि समाजको  संस्थापक सह कोषाध्यक्ष  एंब सचिवको रूपमा काम गरिसकेका नव निर्वाचित अध्यक्ष थापाले  आफूलाई सर्वसम्मत  रूपमा अध्यक्ष बनाई सामाजिक कार्य गर्ने मौका दिने सबैमा धन्यवाद व्यक्त गरेकी थिइन् ।
समाजको विधान नै  भोजपुर  जिल्लामा शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने रहेको छ । संस्थाको   प्राथमिकता पनि शिक्षा र स्वास्थ्यमा प्राथमिकताका साथ सहयोग गर्ने रहेको साथै  भोजपुर घर भई इजरायलमा बसोबास गर्ने र सम्पूर्ण भोजपुरी नेपालीहरूलाई आपत् बिपतको घडीमा संस्थाले सहयोग गर्दै आइरहेको छ।

संस्थाको उद्देश्य भनेको दीन दू:खी  हरूलाई सहयोग गर्ने र  भोजपुर जिल्लाको विकासमा टेवा पुराउने  रहेको भन्दै  नव निर्वाचित अध्यक्ष अनु थापाले आफ्ना भावी कार्य योजनाहरू  बारे बताएकी थिइन।  

कोई टिप्पणी नहीं